आफूमाथि विश्वास राख्नुहोस्,
कसैसँग अनावश्यक अपेक्षा नराख्नुहोस्।
विशेष गरी दुई जिब्रे मानिसहरूसँग त झन् कहिल्यै नराख्नुहोस्।
किनकि यस्ता अपेक्षाहरूले अन्ततः अरूलाई होइन,
आफ्नै मनलाई दुःखी बनाउँछन्।
“जुन पार्टीको बहुमत आयो, त्यही पार्टीमा बसाइँ सर्ने स्वार्थलम्पट फिरन्तेहरू राजनीतिक अवसरवादी हुन्।
निष्ठा बेचेर सत्ता खोज्नेहरूलाई जनताले चाँडै चिन्छन्।
✍️
'भारत भ्रमणमा रहेका नेपाली नेतालाई भारतका लागि अमेरिकी राजदूतले भेट्नु नेपालमा अमेरिकी दूतावास खुलेपछिको दुर्लभ घटना हो । सन् १९५९ मा अमेरिकाले काठमाडौंमा दूतावास खोल्नुअघि भने नेपाल मामिला पनि हेर्ने अमेरिकी राजदूतहरूले नेपाली नेताहरूसँग भेटघाट गर्ने गरेका थिए ।'
लिपुलेक र लिम्पियाधुरा कुन जिल्लामा पर्छन् भनेर सोध्दा माननीयले “थाहा छैन” भनेछन्।
नजान्नु गल्ती होइन। तर नजानेको विषयमा पनि जान्ने जस्तो गरेर ताली पिट्नुचाहिँ गल्ती हो।
थाहा नहुनु समस्या होइन, आफूलाई थाहा छैन भन्ने थाहा नहुनु नै समस्या हो।
अस्ति जे देखियो !