कम्युनिष्टहरुका होलिवाईन् माता तथा'एसिया प्यासिफिक युनिफिकेश चर्चकी प्रमुख, आफूलाई सच्चाई माता भनेर दावी गर्ने ८३ वर्षीय मदर मुनलाई कोरियामा अदालतले २ वर्ष जेल सजाय सुनाएको छ।
https://t.co/6uWeCyX6Dy
🌻भानुभक्त आचार्य रचित नेपाली भाषाको रामायण निकै लोकप्रिय छ र कैयौंलाई यसका धेरै श्लोक कण्ठस्थ पनि छन्.
तर भक्तपुरका दुखी भारोले नेपाल संवत् ८२३ तिर भानु जन्मनु भन्दा १११ वर्ष अघि नै नेवारी भाषामा वाल्मीकि रामायणको अनुवाद गरेका रहेछन्.
नेवार भाषामय उपत्यकामा यो किन लोकप्रिय भएन?
कुनै एक विदेशी(भीयतनामी)ले त्रिशुली इलाकामा
नगद बॅाड्दै गरेको भीडीयो हेर्न पुगियो।
अन्यत्रको दृश्य ल्याएर जोडेको हो भने प्रहरी छानबीनबाट प्रष्ट भैहाल्ला, सही हो भने
त्यस्तो कृयाकलाप तुरुन्त रोकिनु पऱ्यो।
नगद वितरण गर्नुपरे स्थानीय पालिका वा सरकारी निकायको माध्यमबाट अभिळेख राखेर मात्र
गर्नुपर्ने व्यवस्था गरियोस्। तत्कालै …
परोपकारी आकृतिले विकृति
निम्त्याएको पो हो कि ?
सावधान !
भोटेकोशी को बाढीबाट प्रभावित नानीहरूको बारेमा पढेर, देखेर र सुनेर "हिलिङ नेपाल" @healingktm फेरि एकपट जुरमुर्याएर उठेको छ।
नदी किनारको गाउँका नानीहरूलाई शिक्षकहरूले सुरक्षित उचाइ पुर्याउन सफल भए तर उन्का बाबुआमा र अरू पारिवारिक सदस्यलाई त्यो बिहान आएको प्रलयले लिएर गयो। 😢
हिलिङ नेपाल स्कुल व्यवस्थापन समिति र स्थानीय निकाय संग समन्वय गरेर सबै बालबालिकाको भविष्य लाइ सुरक्षित दिशा दिन कटिबद्ध छ।
आजकल अनेक किसिमका "मानव तस्कर" हरू पनि यस्तो अवस्थाबाट फाइदा उठाउन प्रयास गरिरहेको पाइन्छ जसबाट बालबालिकाहरूलाई संरक्षण दिन हिलिङ नेपालले सरकार तथा सुरक्षा निकाय हरू सँग समन्वय गर्नेछ।
यसमा हिलिङ नेपाल लाई तपाई साथीहरू सबैको सहयोग अपेक्षित छ।
@thapa_sushil@PawanBarshaShah@meghraj_joshi@wahakiparvat@deepakgajurel@shishirdahal@funnyguy744
सबै भन्दा ठूलो समस्या नानी हरू संरक्षणविहीन हुँदा उनीहरू मानव बेचबिखन, शोषण, दुर्व्यवहार र बालविवाहको उच्च जोखिममा पर्नु हो।
"१५ भदौमा प्रकाशित युनिसेफको प्रतिवेदनले यो समस्याको भयावह रूप दर्साउँछ । प्रतिवेदनअनुसार, कम्तीमा १०७ जना बालबालिका आफ्ना अभिभावक वा हेरचाहकर्ताबाट छुटेको अनुमान छ ।
प्रतिवेदनले थप २२ हजार १०० बालबालिकालाई तत्काल मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श, पारिवारिक खोजी तथा पुनर्मिलन, केस व्यवस्थापन र रेफरल सेवासहितको बाल संरक्षण सहयोग आवश्यक रहेको अनुमान गरेको छ ।
यी तथ्याङ्कले बेपत्ता परिवारका सदस्यहरूको खोजीभन्दा गम्भीर समस्यातर्फ संकेत गर्छन् ।
अचानक बालबालिका अभिभावक, हेरचाहकर्ता, आश्रयस्थल वा आफूले चिनेजानेका वयस्कहरूबाट संरक्षणविहीन हुँदा उनीहरू मानव बेचबिखन, शोषण, दुर्व्यवहार र बालविवाहको उच्च जोखिममा पर्न सक्छन् ।"
https://t.co/oLQT2ayv7U
राजनीतिज्ञहरू गरिब र पीडीत बस्तीमा उनीहरूको समस्या समाधान गर्न जाँदैनन्। उनीहरू त मानिसहरूको लाचारीको फाइदा उठाउन जान्छन्। उनीहरू मिठो मुस्कान, झुटा बाचा र मानिसहरूको भविष्य खोसेर ल्याएको पैसाले किनेको चामल बोकेर आउँछन्। उनीहरू सत्तामा पुगेपछि राम्रो जीवन दिने बाचा गर्दै दुखी आमाको हातमा केही नोटहरू थमाइदिन्छन्। पीडीतहरू आफूलाई पनि कसैले सम्झियो भनेर खुसी मनाउँछन्।
तर जब चुनाव सकिन्छ र कुर्सी सुरक्षित हुन्छ, राजनीतिज्ञहरू गुन्डा र सुरक्षाकर्मीहरूसँग हिँड्न थाल्छन्। उनीहरू एउटा पनि बाचा पूरा गर्दैनन्। बरु, सत्तामा पुगेपछि चुनावमा खर्च भएको पैसा उठाउन राज्यको शक्ति प्रयोग गर्छन्।
म्याकियावेलीले शताब्दीयौँ अगाडि नै र पीडाको उपयोग गर्छ, ताकि भोलि फेरि तपाईंलाई भोट बेच्न बाध्य पार्ने त्यही गरिबीलाई उसले बचाइराख्न सकोस्।
युरोपेली संघको 'कोपेर्निकस क्लाइमेट चेन्ज सर्भिस' (C3S) का अनुसार, २२ अगस्त २०२६ मा विश्वव्यापी समुद्री सतहको औसत तापक्रम २१.१ डिग्री सेल्सियस पुगेर रेकर्ड ब्रेक गरेको थियो।
सामान्यतया महासागरको तापक्रम मार्च र अप्रिल महिनामा उच्च हुने गर्छ, तर अगस्ट महिनामै यो बिन्दुमा पुग्नु वैज्ञानिकहरूको लागि अनौठो र चिन्ताको विषय बनेको छ।
यसको मुख्य कारण मानवीय गतिविधिले निम्त्याएको जलवायु परिवर्तन र प्रशान्त महासागरमा विकसित भइरहेको बलियो एल निनो (El Niño) को प्रभाव हो।
यस्तो अत्यधिक तापक्रमले समुद्री इकोसिस्टम, कोरल रीफ र समुद्री जीवहरूमा गम्भीर असर पार्छ। साथै, यसले समुद्री सतहमा वृद्धि र extreme मौसमी घटनाहरू निम्त्याउन सक्छ।
- श्री राम न्यौपाने, फिल्ड मै
"Trishuli 3A Update
भित्रबाट मानिसको आवाज आएको जानकारी उद्दाररत सेनाबाट प्राप्त भएको छ। नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङ भित्र प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेको छ। सुरुङ भित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त हुनु आशाजनक संकेत हो।
हिजो साँझसम्म इन्जिनियरको भूमिकामा साइटमै रहेर उद्धार तथा खोजी कार्यमा संलग्न थिएँ। अब सांसदको हैसियतमा हेलिकप्टर प्रयोग नगरी पैदल जनसंवाद गर्दै विदुरसम्म पुग्ने र त्यसपछि गाडी मार्फत काठमाडौं फर्कने तयारीमा छु।
उद्धार कार्यमा खटिनुभएका नेपाली सेना, सशस्त्र प्रहरी, प्राविधिक टोली तथा सम्पूर्ण उद्धारकर्मी प्रति हार्दिक सम्मान व्यक्त गर्दछु। आशा छ, सकुशल उद्धारको सुखद खबर छिट्टै सुन्न पाइनेछ।"
प्रश्न आयोजना फेरि चल्छ कि चल्दैन भन्नेमात्र होइन। प्रश्न हो— हामी उही गल्ती फेरि दोहोर्याउँछौं कि यसपटक केही सिक्छौं?
थोरै ‘हेड’ बढाएर केही प्रतिशत बढी बिजुली निकाल्ने र लागत घटाउने लोभमा नदीको सक्रिय बाढी हुलेर मैदानमा सतही विद्युत्गृह बनाउने प्रवृत्ति अब रोक्नुपर्छ। किनकि कागजमा सस्तो देखिएको डिजाइनको वास्तविक मूल्य विपत्पछि तिर्नुपर्छ। मर्स्याङ्दी, कालीगण्डकी, कुलेखानी–१, खिम्ती र तिनाउका भूमिगत संरचनाले जोखिम घटाउन सकिन्छ भन्ने देखाएका छन्
@hitendash@HitendraShak22 https://t.co/kiNz2Othpp
अन्तर्राष्ट्रिय जगतको सम्पूर्ण चासो हिमालय क्षेत्रको सुरक्षा र जलवायु संकटमा रहेको छ । प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको मञ्चमा उभिएर यी विषयमा नेपालका कुरा राख्नुजति अथेन्टिक त अरु केही हुन्न’ 'प्रधानमन्त्री गएर यी विषय राख्दा विश्वभर बढी हाइलाइट हुन्छ।’ https://t.co/bf0xkOxb21
चीन सरकार द्वारा उद्धार कार्यमा प्रयोग गर्नको भनेर सहयोग स्वरूप प्राप्त ४ वटा ठुला ड्रोनहरुको परीक्षण भयो। एउटा ड्रोनको क्षमता ८० किलो ग्राम बोक्न सक्ने छ। ति ड्रोनहरु आज रसुवा तिर पठाईदै छ ।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
यो ‘ग्रीन आर्मी नेपाल’
एमालेको वाई सी एल जस्तो पो देखियो।
सरकारी स्वीकृतिमा दर्ता भएको देखिने कागज पढ्दा यस्तो जत्था सञ्चालन गर्न दिने सरकारका
प्रमुख ओली रहेछन्, रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा (बादल)।
सेनाको जस्तो बर्दी लगाएर नुवाकोट पुगेका (कलिला
बाल-बालिका समेत) मानिसले समाजमा भ्रम छर्ने काम गरेको भीडियो देखियो। यसबारे नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी प्रेमसिंह बस्न्यातले सामाजिक सञ्जालमा प्रश्न उठाएको पनि पाइयो।
यसमा तत्काल प्रतिबन्ध लगाउनु पर्छ।पहिलेको सरकारले अनुमति दिएकै रहेछ भनेपनि अहिलेको सरकारले त्यो निर्णय तुरुन्त रद्द गर्नुपर्छ।कानूनी आधार खडा गरेर यस्ता सबै गतिविधिहरू नरोके देशमा
अराजकता आउॅंछ।अहिले नै अस्तव्यस्तता
बढिरहेको छ। (२०८३/५/१८/५)
आज बेलुकी चीन सरकार बाट तेश्रो खेपमा मिलीटरी हवाईजहाज द्वारा उद्वार सामाग्रीहरु आयो र महामहिम राजदूतज्यूले सामानहरु नेपाल सरकारलाई हस्तान्तरण गर्नु भयो । आज आएका सामानहरूमा केहि महत्वपूर्ण सामानहरु जस्तै DNA जाँच्ने मशिनहरु र 70 kg सम्म वोक्ने ड्रोनहरु छन् । चीन सरकार लाई धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जब कृष्णभीरको सडक भासिन्छ तब मात्र हामी चेपाङ मार्ग "भण्डारा-मलेखु ६५ किमि " सम्झन्छौं ! चेपाङ मार्ग तत्काल संचालन गरियोस ! यो साना गाडिको निम्ति बैकल्पिक मार्ग हो !
अत्यन्तै जरुरी आग्रह !
यो खबर सहयोगी र सरोकारवाला सम्म पुगोस ।
बेत्रावती बगर क्षेत्रमा लासहरु धेरै देखिन थालेको छ ! त्यहाँ धेरै मात्रामा फिनेल र बलिया प्लास्टिक ब्याग (लास अट्ने) १०० पिस जति तत्काल तुरुन्तै कोहि कसैले कुनै पनि तरिकाले पुर्याउनु भए लास ब्यवस्थापनको लागि त्यहाँ खटिएका स्वयंसेवक तथा नेपाली सेना, प्रहरी साथीहरूलाइ सहज हुने थियो !
कृपया : चाडै भन्दा चाडै ब्यवस्थापनकोलागि आग्रह गर्दछौं!
बेत्रावतीमा रहेका स्वयंसेवक साथीहरुको सम्पर्क नं:
ईश्वर थापा-9860904101
सुरज लवट-9843375146
मिलन श्रेष्ठ -9849733688
सुजन लवट-9741895406
(Ramesh Babu Bhattarai को पोष्ट साभार)