मनमा उठेका बहु-विकल्पका केही मोडेलहरु मन्थनका लागि प्रस्तुतः
१. भएको जनसंख्या टिकाउने योजना,
२. गएको जनसंख्या फर्काउने योजना,
३. घट्दो जन्मदर स्थिर राख्ने योजना,
४. बाहिरको जनसंख्या भित्र्याउने योजना,
५. न्युन जनसंख्यामा काम गर्ने योजना,
के गर्न सकिन्छ? तपाइँहरुको राय सुनौं ।
बहु-वैकल्पिक विकास मोडेलमा छलफल गरौं
नेपालका पहाडी गाउँहरु हरेक दिन खाली हुँदैछन् । तराईमा पनि सम्भवतः यही हुँदैछ तर आफैंले देखेर यकिन गर्न बाँकी छ । पहाडी गाउँ, बजार, स्कुल, बस, अस्पताल सबै सुनशान बनिरहेका छन् ।
यस्तो विकाराल स्थिति आइसक्दा पनि संघ, प्रदेश र स्थानीय सरकारका प्रायः वार्षिक योजनाहरुमा देखिने र सुनिने गरी यो सवालको सम्बोधन गरेको भेटिँदैन । यस्तो स्थितिमा हामी छिटो गरेर बहु-वैकल्पिक विकास मोडेलको छलफलमा बस्नुपर्ने, निचोड निकाल्नुपर्ने र काम थालिहाल्नुपर्ने अवस्था देखियो ।
टिकटक बन्दबारे आफ्नो कुरा
हामी सूचना प्रविधिकै रोडबाट विकास घरतिर घस्रिरहेका छौं । यस्तो अवस्थामा दाउन लागेको बहरले हलो पनि भाँच्यो भनेर गोरुको खुट्टै काट्ने र खेतै बाँझो राख्ने गरी रिसाहा निर्णय लियौं भने जीविका चल्दैन । हली, हलो र हल सबै सदाएर चलाउनुपर्छ । तब मात्र जीवन चल्छ ।
@SwagatNepal ॐ नै हटाउनु त भयंकर षढयन्त्र हाे । सम्बन्धी अरु समाचारकाे लिंक पनि पाउँ न । बाेल्नैपर्ने विषयमा धेरैजना माैन बसे जस्ताे देख्छु । किन यस्ताे भइरहेकाे छ ?
गहिरो पीडा, अग्लो विचार र फराकिलो प्रेम प्रकट गर्न एक मिनट समय पनि धेरै लामो हुन्छ।
तर मान्छेहरू घण्टौं भाषण गर्छन् र समय अभावले मेरा दुई शब्द यहीं अन्त गर्छु भन्छन्। यसको मतलब उनीहरुले खास कुरा केही भनिरहेका हुँदैनन्।