बालेन झापा– ५ मा उठ्ने विषयलाई कतिपयले ‘रिस, इगो र व्यक्तिगत टकराब’का रुपमा चित्रण गरेको पाइयो। तर मलाई त्यस्तो लाग्दैन। लोकतन्त्रमा लड्ने–भिड्ने भनेकै ‘ब्यालेट’मा हो। ब्यालेट ब्याटलभन्दा सुन्दर कुरा अर्को छैन। फेरि २२ गतेअघि र २५ गतेपछिको नेपाल अलग हो भन्ने मान्यतासहित अघि आएका बालेनले झापा रोजेर एउटा ‘पोलिटिकल म्यासेज’ दिन खोजेका हुन् भने त्यसलाई गलत भन्नुपर्ने जस्तो लाग्दैन। राजनीतिमा यस्तो अभ्यासको अहम् अर्थ हुन्छ। जितहार आफ्नो ठाउँमा होला, लोकतन्त्रमा ब्यालेटको सम्मान गर्नेहरु सबैलाई सम्मान गरौं। उसका कुरा सुनौं। 🙏
सच्चिने, सुध्रिने, पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको कुरै छैन! षड्यन्त्र हो, अपराध हो, हिंसा हो, यसका विरुद्ध लड्ने हो भन्ने मान्छे उकास्ने, आफु चाहीँ कैले कुलेलम ठोक्ने, कैले गुण्डा सर्कलको ५ लेयर प्रोटेक्सनमा बस्ने! कस्तो सैतानी मान्छे हौला ओली सर?🤔