सबभन्दा अन्तीममा लेखिएको थियो
"you cant reply this conversation"
त्यसको अलीमाथी तिर खोतल्दै जाँदा भेटीन्थे बर्षौसम्म भएका हाम्राकुरा
हाम्रा पुरा नभएको सपनाहरु को कुरा
बाचाकशमका कुरा
मायाप्रेमका कुरा,चाहनाका कुरा
भाबनाका कुरा,
बहानाको कुरा
घुर्कीका कुरा,
फकाएका कुरा..
#सम्झनाहरु
#भ्यालेन्टाइननोट
सम्बन्ध बन्धन हो घिस्याइरहनु पर्छ,
सम्बन्धले बाँधीराख्छ,
प्रेमगर्नलाई सम्बन्ध चाहीदैन।
प्रेम अथाह समुन्द्र हो, विशाल आकास हो
प्रेम जतीगर्यो लाखौगुणा बढदै जान्छ,
भेटीनु छुट्टीनु भनेको त केनै हो र
प्रेम नमेटीनुनै ठुलोकुरा हो
प्रेम गर र यस्को मीठास अनुभव गर❤️❣️
#kissday
kissday भन्लान
hugday भन्लान
जोगीनु त्यस्ता बाट ...
जस्ले एकपटक तिम्रो शरीर छुनको लागि कयौ पटक तिम्रो मन छुने कुरा गर्नसक्छन..
याद रहोस शरीर सुम्पिएर प्रेम बढदैन।
#hugday
प्रेम गरेको मान्छेलाई तिम्रो अँगालोको आबस्यकता सबैभन्दा बढी उ कमजोर भएको बेलामा पर्न सक्छ, जबानीमा सरीरमा तागत रहँदा त सबैले अँगाल्नै खोज्छन तर उ कम्जोर भएको बेलामा उस्को सम्पुर्ण पिडाको भार बोकेर उस्लाई अँगाल्न सक्ने आँट छ भने जाऊ अङ्कमाल गर प्रेमले कहील्यै हार्दैन ❤️
#teddyday
न चकलेटले गर्छ न त teddy ले गर्छ न त गुलाफले नै।
बरु आफुबस्ने घर अरुले बनाइदिन सक्छ
आफ्नो लुगा अरुले धोइदिन सक्छ
भोकलाग्दा भात अरुले पकाइदिन सक्छ
प्रेममात्र त्यस्तो चिजहो जुन अरुले गर्न सक्दैन
लुकेर,ढाँटेर,चोरेर,फकाएर जसरी हुन्छ आफ्नो मान्छेलाई प्रेम आफैले गर्नुपर्छ😊
#चकलेटडे
सम्बन्धमा जतीखेर पनी चकलेट जस्तै मीठास खोज्नुभयो भने त्यो देखावटी हुनेछ,टुटने डर हुन्छ, बरु घुर्की पनी होस , ठास्सठुस्स पनी होस मुख्य कुरा एकजना रिसाएछ भने अर्कोले मेहनत गरेरै फकाओस।
सम्बन्ध बरु करेलै जस्तोहोस झट्टखाँदा तितो तर स्वाद बुझ्दै गएपछी झन मीठो झनझन मीठो
#प्रपोजडे
प्रस्ताब राखेर सर्त राखेर गरेको प्रेमको मलाई विश्वास छैन,
प्रेम आफै अनुभब हुने कुरा हो
म तिमीलाई i love you भन्न चाहन्न र कहिल्यै भन्दीन पनी,
मेरो प्रेम तिमीले कुनैदीन अनुभब गरेछौ भने
त्यो दीन मेरो प्रेमको जित हुनेछ।
म तिमीलाई चुपचापनै प्रेम गरीराख्छु
तिमी बुझ्छौ नी?
#प्रमीसडे
कसम भनेकै अविश्वास को दलील हो
त्यसैले वाचा कसम खासै मन पर्दैन मलाई
आजको बिशेस दिनमा बरु प्रमीसको साटो
यो प्रण गरकी- तिमीले तिम्रो मान्छेलाई कहिल्यै गिर्न दिन्नौ, लडन दिन्नौ नराम्रो समयमा सधै साथ दिनेछौ, दुनिया एकातिर लागेपनी उस्लाई कहिल्यै एक्लो हुन दिनेछैनौ
आज #roseday
तिमीआफै एउटा सुन्दर फुलहौ मेरोलागी
बजारमा पाइने २ दिनमै ओइलाइजाने
एउटा थुङ्गा दिएर तिमीलाई कसरी खुसी
पार्न सकौला र म,
तिमी मेरो जिबनको त्यो फुलहौ जस्ले सधै
मेरो जिबनलाई सुगन्ध दिइरहेको छ।
तिमी सधै फुलीनै रहनु
तिम्लाई चुडेर तिम्लाई पत्रपत्र पारेर ओइलाउन चाहन्न म❤️
मलाई तिम्रो याद आउदैन आज्कल..
- सम्झीन्छु तिमीलाई दिएको प्रेम र सम्मान,
पागल जस्तो तिमीलाई भेटन दौडेको समय
तिमीसँग विताएका ती अधैर्य पलहरु, तिमीले गरेको ती बेवास्ता हरु
अनी तिमीलाई पाउने आसमा आत्मसम्माननै गुमाएर दौडीएको त्यो "म" को एकदम याद आउँछ 💔
कस्तो समयपनी बिताएछु भनेर
ॠण भनेको पैसा मात्र सम्झेको छैन मैले
कसैको गुन को ॠण छ,
कसैको बैगुनको ऋण छ ,
कसैको बचनको ऋण छ ,
कसैको कसमको ऋण छ ,
र
समय आएपछी सबै ऋण व्याजसहित तिर्ने आँट छ
फेसबुक इन्स्टामा त ब्लक गरिसकेकी थियौ अहिले फोन नम्बरपनी फेरेछौ...
हेरन आजफेरी तिमीलाई सोचेर बसेँ
कहिलेकाहीँ उसको म्यासेज/फोन आइदियोस् जस्तो लाग्छ,केगर्दै छौ भनेर सोधीदियोस जस्तो लाग्छ.
तिमीलाई यस्तो कहील्यै लाग्दैन प्यारोमान्छे?
जे भएपनी एउटा सुन्दर समय हामीले सँगै बिताएको थियौ