मैतिदेवी चोक - डिल्लीबजार हाईट सडक एकतर्फी हो भन्ने कुरा कसरी थाहा पाउने? त्यति लामो दूरीमा जम्मा ���उटा प्रतिबन्धात्मक चिन्ह छ त्यो पनि मैतिदेवी चौक नजिक छ।
सँधै हिड्नेलाई त थाहा हुन्छ तर नयाँलाई त थाहा हुन गाह्रै हुन्छ। एउटा चिन्ह हाईटमा छ तो पनि के हो हो।@valleytraffic
मेलम्चीको होटल रोजको छ्तमा दुईजना युवाहरु उद्वारको लागि गुहार मागिरहेका छन् । उक्त होटलको छतमात्र देखिन्छ । साथै, होटलको वरिपरि खोलाले घेरेको हुनाले तत्काल हेलिकप्टरबाट उद्वार गर्नुपर्ने देखिएको छ ।
@NepalPoliceHQ ड्यूटीमा रहेको प्रहरीलाइ दिइएको यो 'रेसिस्ट' धम्की विरुद्द केही कारवाही भयो/भएन ? जानकारी पाउने अधिकार एउटा नेपाली नागरिकलाई हुन्छ नि, हैन?
कारवाही होस् !
नेपालको बारेमा हामी नेपालीले नै निर्णय गर्नुपर्छ र नेपालको आन्तरिक राजनीतिमा वाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवम् चलखेल हुन नपाओस्: पाँच पूर्व प्रधानमन्त्रीको विज्ञप्ति।
नाटकको पनि सीमा हुन्छ। विदेशीसामू निर्लज्ज लम्पसार परेको आ-आफ्नो कर्म र इतिहास संझ��नोस्।
एमाले नेता रामबहादुर थापाले कोभिडको बेला कोठा सर्नुपर्ने सास्तीबाट मुक्ति पाएका छन्। पत्नी नैनकला मन्त्री भएपछि उनले पुल्चोक निवास छोड्नुपर्ने छैन। महान् भनिएका थापाले अब डेर�� प्राप्तिलाई नै साम्यवाद ठान्नेछन्।
नेपाली समाजको एउटा भनाइ- हरेक सफल पुरुषका पछि स्त्रीको हात हुन्छ रे । अनि स्त्रीको पछि चाहिँ पुरुषको हातै हुन्न?श्रीमानको साटो श्रीमती,श्रीमतीको साटो श्रीमान -��ालैपालो मन्त्री । मानौं पर्म तिर्न गाको जस्तो । एउटा फिल्म हेर्या थिएँ-छोराको सट्टा बाउ पढाउन गाको । ठ्याक्कै मिल्यो ।
पत्रकारले पनि राजनीतिक झुकाव नराखेर ठीक र बेठीक लेख्नुपर्छ भन्ठान्छु। केसी त आदर्श डाक्टर। पछिल्लो समय उनी पनि ढल्किएको जस्तो लागेर खिन्न भएको थिएँ।
तर, यो देशमा मन्त्री भइसकेको मानिसले डा. केसीभन्दा दुर्गा प्रसाई ठीक देख्छ भने अब चाहिँ मलाई बॉच्नुभन्दा कोरोना लागेरै मरौं भयो
Inspiring story from Nepal 🇳🇵!
Her husband deserted her after she lost her arms in a freak accident. But indomitable Megha continued to pursue her love for dance. She is now a popular TikToker with over two million followers.
@brb1954 गद्दार केपी ओलीलाई बोकेर सत्तामा पुर्याउनु प्रचण्डको भुल थियो! तत्पश्चात सत्ता र भत्तामा रहदा ओली प्रतिगमनले गरेको षडयन्त्���, धोखा र छलिको राजनिती देख्दा देख्दै प���ि माधब पक्षले पार्टी एकताको नाममा बैशाख ३० कटाउनु अर्को भुल भयो! अब पनि ओली षडयन्त्रमा फस्नु माधब पक्षको महाभुल हुनेछ!
एमाले कणहरूसंग जिज्ञासा:तपाईंहरू सबै जेठ ३ मा फर्केर एउटै चूलामा बाक्लो दालसहित भातभान्सा गरेमा त्यस यता ओलीले गरेका २/२पटकका संसद विघटन,संवैधानिक अंगहरूको अवैध कब्जा,यति/ओम्नी लगायतका अर्बौंको भ्रष्टाचार,साॅसद अपहरण,कोरोनापीडित लाखौंको विचल्ली,अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन्?
अहिलेकाे परिदृश्यमा चिनियाँ सहयाेगमा अाएकाे भ्याक्सिन लगाईदैछ सीमित जनतालाई ।भारतीय कम्पनीसंग किनेकाे काेभिशील्ड अागामी नभेम्बरसम्ममा अाई पुग्ला । सहयाेगका रूपमा अाउने भ्याक्सिनकाे लालिपप देखाएर जनतालाई बन्धकराख्न पाईदैन । प्रधानमन्त्री अाफै भाइरस भएकाे देशमा के गर्ने, के गर्ने ?