कहिलेकाहि
यस्तो मोडमा पुगिन्छ,
जहाँ प्रश्न सोध्न मन लाग्दैन,
जवाफ दिन मन लाग्दैन !
आशा जगाउन रहर लाग्दैन,
गुनासो गर्न मन लाग्दैन !
बस्, मौनता प्यारो लाग्छ
हो, यहीबेला,
ठ्याक्कै यहीबेला
आफूले बिर्सिएको
आफ्नै ज़िन्दगीको
सबभन्दा बढि माया लाग्छ !
केही समय लिएर आउ , नजिकै बस मेरा कुरा सुन्ने इच्छा राख न , अनि पो म भित्र के बित्दै छ भन्ने थाहा पाउछौ !!
तिमी टाढा बाट के छ भन्छौ , म सँग ठिक छु भन्नू को कुनै विकल्प नै हुदैन :)