@Praptidiaries Don't worry, girl. "Each pain makes you stronger; each betrayal makes you more intelligent, each disappointment makes you more skillful, and each experience makes you wiser." And intrestingly this brings you here in X 😜
Lee Kuan Yew ले Singapore बाट British system का jury trials abolish गरे।
Singapore जस्तो ethnically diverse देशमा jury trials गर्ने हो भने “all political life devolves to ethnic loyalties” भन्ने ऊनको निष्कर्ष थियो।
Notice how he says “all” - he doesn’t say “some” … he says “all political life devolves into ethnic loyalties.”
Anyways, my point is a good leader must have the foresight & wisdom to distinguish what works and what doesn’t work in their society.
Copying/imitating/importing ideas w/o the requisite conditions has taken a huge toll on Nepali society & culture.
मैले ‘मुसुमुसु हाँसिदेऊ न’ गीत यसरी सुनेको रहेनछु । द हिमालयन ब्यान्डका भोकलिस्ट नोर्देन तेन्जिङ भुटियाले गाएको वास्तविक भर्सन र नेपाली कभरहरूमा आकाश पातालको फरक छ । सुन्नुभयो भने हामीले के के छुटाएका छौँ भनेर तपाईँ छक्कै पर्नुहुन्छ ।
यो बारेको सान्दर्भिक अनुभव।
०७४ सालको चुनावको ‘घरदैलो’ कार्यक्रमका क्रममा एक जना मध्यमवर्गीय (अनुमान) शिक्षित महिलाले प्रश्न गरिन्:
“मेरो श्रीमान मोटरसाइकल दुर्घटनामा परेर अस्पतालमा भर्ना हुनु पर्यो। सात–आठ लाख रुपैयाँको बिल आयो। सांसदले भनी दिए छुट पाइन्छ भनियो। म पटक–पटक सांसदलाई फोन गरेँ, तर फोन उठेन। पछि सांसदका नजिकका मान्छेलाई भनिदिँदा फोन उठ्यो, र उहाँले ‘ल हुन्छ, अस्पताललाई भनी दिन्छु’ भन्नुभयो। तर भन्नुभएन। अन्ततः हामीले सबै बिल चुक्ता गरेर डिस्चार्ज गर्नुपर्यो। तपाईंलाई पनि भोट दिएर जिताइयो भने, पहिलेका सांसदझैँ गर्ने त हैन होला नि?”
मेरो उत्तर थियो:
“घटना सुन्दा दुख लाग्यो, म्याडम। तर, म सांसदमा जितेपछि त्यस्तो व्यवहार गर्दिनँ। मतदाता सबैको फोन तुरुन्तै उठाउन त शायद सम्भव नहोला, तर मैले कलब्याक गर्नेछु। तर फोनमा यहाँको विवरण सुनेपछि, ‘म यो काम गर्न सक्दिनँ, र यस्ता काम सांसदले गर्न पनि हुँदैन,’ भन्ने मेरो उत्तर हुनेछ।”
उनले थप कटाक्ष गरिन्:
“ए! यस्तै कुरा बोकेर भोट माग्दा हामीले तपाईंलाई किन भोट दिने?”
मैले प्रष्ट्याएँ:
“म गर्न नसक्ने र गर्न नहुने कामको आश्वासन बाँडेर चुनाव जित्न चाहन्न। यस क्षेत्रमा लाखभन्दा बढी मतदाता छन्। हरेक दिन केही दर्जन नागरिक अस्पताल भर्ना हुने अवस्था हुन्छ। के सांसदले सबैको बिल छुटका लागि अनसुन गर्न सम्भव हुन्छ र? बरु, नागरिकले अस्पतालमा उपचार गर्दा ५० रुपैयाँको टिकट काटेपछि १० लाखसम्मको उपचार कसरी निःशुल्क गर्न सकिन्छ भन्ने ऐन/नीति बनाउन सांसदले समय खर्चिनु उपयुक्त हुन्छ नि, हैन र?”
मेरो चुनाव प्रचारका केही स्वयंसेवी साथीहरूलाई पनि मेरो उत्तर मन परेन।
“सर, यस्ता उत्तरले भोट आउँदैन। यस्तो बेला जे माग्छन्, ‘हुन्छ, हुन्छ’ भनेर भन्नुपर्छ,” भनेर उनीहरूले सुझाव दिए। तर चुनाव प्रचारभरि म आफ्नो विवेकले देखेको कुरा भन्नबाट पछि हटिनँ।
र अन्ततः, चुनाव हारें (खासमा मेरा प्रतिद्वन्दी ठुला दलका ठूला नेता भएको कारणले)।
- can't regain access to @PM_nepal_ because KP Oli's administration hasn't shared password
- gov website in bio down
- account not even verified
- IDs tied to gmail
this is embarrassing on so many levels
When GenZ lead, Millennials follow!! 🙂
प्रिय जेन - जी, तपाईँहरूको आन्दोलनले मेरो पुस्ताले हुनै नसक्ने भनेर सोचेको परिवर्तन ल्याएको छ, शीर्ष नेता भनाउदाहरू जसले यो देशलाई जकडेर राखेका थिए, त्यो बन्धनबाट देशलाई मुक्ति मिलेको छ ।
म मिलेनियल पुस्ता, तपाईँहरूको दिदीको उमेरकी, तपाईँहरूको उपलब्धिमा राजनीति गर्न हैन, उपदेश दिन हैन, आफूले सिकेको भोगेको धेर थोर अनुभव बाढ्न यो खुला पत्र लेख्दैछु, आशा छ भावी कदम चाल्न यसले मद्दत गर्ला ।
जेनजी अभियान मेरो बुझाईमा अवसरको असमानताविरुद्ध थियो। कुनै एक पार्टी वा परिवारको सदस्य भए जे पनि सजिलो, राज्यको हरेक श्रोतमा पहुँच हुने, शिक्षा रोजगारमा उच्च प्राथमिकता पाउने, सजिलै करियरमा सफलता मिल्ने तर आम मान्छेलाई भने राज्यले दिने आधारभूत सेवा पाउन पनि सास्ती खेप्नु पर्ने अवस्था विरुद्ध थियो । यसमा मेरो पूरापूर समर्थन छ, म राजनीतिमा लागेदेखि यो असमानता विरुद्ध काम गर्ने प्रयास गरे, अब पनि जारी रहेनछ ।
अहिलेको संघीय संसदका शीर्ष नेताहरूको वैधानिकता छैन, आन्दोलनको मर्म अनुरुप प्रतिनिधिसभा विघठन मै जाने भैसक्यो । अबको सरकारले सक्दो छिटो चुनाव गराउनु पर्छ । अहिल्यै समय सीमा तोकेर अघि बढ्नुस् र त्यसका लागि तैयारीमा जुट्नुस् है । अबको चुनावले आउने ५ वर्ष लागि सदन नयाँ अनुहारले भरोस्, पालिका प्रमुख र उप प्रमुखमा पनि नयाँ अनुहार देख्न पाइयोस् ।
अब आउने निर्वाचनका लागि अहिलेदेखि नै उम्मेदवार तैयार गर्न तर्फ कदम पनि चाल्नुस् है । त्यसका लागि सार्वजनिक छवि बनाउने, अन्तरिम सरकारमा सामेल भएर अनुभव लिने जस्ताका काम शुरु गर्नुस् । अहिले कुन तहमा चुनाव हुन्छ प्रष्ट छैन तर याद राख्नुस् असल नेतृत्व संघमा मात्र हैन स्थानिय तहदेखि नै चाहिन्छ । मेरो विचारमा स्थानिय तहमा अब्बल नेतृत्वको झनै धेरै खाँचो छ, त्यहाँ पनि ध्यान केन्द्रित गर्नुहोस् है ।
जेनजीले आन्दोलन थालेर परिवर्तन ल्याउनु भयो। जेनजी अहिलेको प्रमुख उमेर समुह मध्ये एक पनि हो। तर अन्य समुहसँग सहअस्तित्वको लागि निरन्तर संवाद जरुरी छ। यस बाहेक पुराना दलहरू पनि छन्, उनीहरूलाई पनि निषेध गरेर हैन सुध्रन बाध्य पारेर सहकार्य गर्न सक्नु पर्छ । हामीले आन्दोलन गऱ्यौ, हामीले जित्यौ भनेर उन्माद मात्र रह्यो भने यसले देशलाई दुर्घटना तर्फ लग्नेछ। संवादका जारी राख्नका लागि उपयुक्त पात्र पहिचान गर्नुस्, ती पुराना/नयाँ पार्टीमा पनि हुन सक्नु हुन्छ, व्यक्तिको पृष्ठभूमि केलाउनुस्, दलको आबद्ध मात्र मानक नबनाउनुस् है। पुराना दलले स्थापित गरेको अर्को दलकासँग पानी बाराबार गर्ने संस्कारको अन्त्य गर्नुस्, आफ्नो - अर्काको नभनी सबै नेपालीको भलो हुने गरी काम गर्नु होला है । We r all Nepali first and we need to get everyone to recognize this.
तपाईँहरू आफै पनि भिन्न भूगोल, भिन्न जाति, कोही शहरी, कोही ग्रामीण परिवेश र विविध पृष्ठभूमिबाट आउनु भएको छ, यो विविधतालाई कायम राख्नुहोला । विविधताका बीच केही कुरामा मतभेद हुनु स्वभाभिक हो तर मूल्य मान्यताले निर्देशित भयो भने अघि बढ्न सजिलो हुन्छ, यसको बलमा विश्वासको वातावरण सिर्जना होस् । याद राख्नुस् राज्य सबैभन्दा कमजोरको लागि चाहिन्छ। सबै जनाको आत्मसम्मान सुरक्षित राख्ने तर्फ काम गर्नुहोला ।
अहिले जताततै अविश्वास व्याप्त छ, यो वातावरणलाई चिरेर अबको सरकारले देशलाई माथि उठाउनु पर्नेछ । रोजगारका लागि देशभित्र र बाहिर बसाइ सराइ गरेका ठूलो जनसंख्या छ, सबैले आफैले बसेको स्थानबाटै मताधिकार प्रयोग गर्न सक्ने सुनिश्चित गर्नुहोला ।
काम चुनौतीपूर्ण छ, सम्माननीय सुशीला कार्कीको साथ पाउनु भएकोमा पनि बधाइ ।
देश खरानीबाट उठोस् नयाँ सरकार र जेनजी सबै नेपालीजनमा शुभकामना
A journey of a thousand miles starts with the first step. A very important first step. Stay United
@drspdhital@Neupane1Binod Maile sadhai sochne chai tesari lukauna wa thuparnako lagi paisa kina kamaaunu hola? tesle dine aananda ko bheu maile napako hola ki ke hola 🤔
We’re thrilled to announce our 2025-2026 Board of Directors! Leading the way is our next President of WIT, Ms. Daphne Wotherspoon, who will continue to champion WIT’s mission of advancing women in tech.
More here: https://t.co/m5V03edb4C
#WIT#BoardofDirectors
पूर्वराजाले दिनै मान्छे मर्ने र संविधानको टुङ्गो नभएको देश सम्हाल्ने ढङ्ग नपुगेर भागेका हुन्, ६३यताको १८वर्षमध्ये आधा शान्ति प्रकृया टुङ्गिन र संविधान बनाउनमा गएको हो।
नेता नालायक होलान्,महाराज त्योभन्दा निकम्मा हुनुहुन्थ्यो,अस्तिभर्खरको कुरो हो,पढ्दा भैगो, 'मइले बुजे' स्टाइलमा।
@pokhrelinephro यस्तै हो हाम्रा बाका पुस्ताले प्रजातन्त्र आउँदा के न हुन्छ ठान्नुभयो हाम्ले गणतन्त्र अबको पुस्ताले राजतन्त्र! हेर्न बाँकी चैं भोलि के हुन्छ