एउटा ज्योतिषीले 20 वर्ष मै बिहे हुन्छ भन्या थ्यो
२५ पूरा भएर २६ लागियो आज सम्म एउटा केटा मान आएन
🙄🙄त्यो ज्योतिषी बाजे नि स्वर्ग पुगिसके रे
यता मेरो बिजोग भैसक्यो😂🤣
एउटा गाई जंगलबाट भाग्न थाल्छ।
हात्ती: किन कुदेको?
गाई: सरकारले जंगलका सबै भैंसीलाई पक्राउ गर्ने रे!
हात्ती: तिमी त गाई पो हो त!
गाई: थाहा छ। तर पक्राउ परेँ भने म गाई हो कि भैंसी भनेर निर्क्यौल गर्न अदालतलाई २० वर्ष लाग्छ। त्यतिञ्जेल म मरिसक्छु।
त्यसपछि हात्ती पनि भाग्न थाल्छ।
लाखैको जग्गा धितो राखेर त कमिसन नखाई ॠण दिन नमान्ने बैकले शैक्षिक प्रमाण पत्र धितो राखेर २५ लाख ॠण दिने रे 😁
ओलीका छौडा बाहेक कसैले ऋण लिनु भाको भा कमेन्टमा आउनुस !
प्रधानमन्त्री र राष्ट्रपतिले फेरि एकपटक देशको संविधानको धज्जि उडाए। संबैधानिक र राजनैतिक जुवा पटकपटक हारेर पनि ओलीले देखाएको सत्ता मोह र दम्भ अनि बिध्या भण्डारीको केपि मोहले देश, जनता र एमाले पार्टिले ठूलो मूल्य चुकाउनु पर्नेछ।
धिक्कार छ तिम्रा निकृष्ट राजनैनिक चरित्र प्रति 😠
केपी ओली जस्तो फटाहा लाइ 'राजनीतिक खेलाडी' भनेर खेल र खेलाडीको अपमान गर्ने काम कदापी नहोस ! यस्तालाई खेलाडी हैन 'फटाहा' भनिन्छ ! खेलाडीले सम्बन्धित खेलको संस्थाको नियममा बसेर खेल्छ ! संस्थालाई आफू अनुसारको नियम बनाउन लगाउदैन !!