In loving memory of Nimsdai - the man who changed mountaineering forever. Before him, the world saw Nepalese climbers as background support - the silent force carrying the loads and clearing the path so others could take the credit. He changed that narrative forever, proving
प्रीय मान्छे
प्रेम हलपल मिठो हुन्छ भन्ने पनि कहाँ हुन्छ तर नमिठो हुँदैमा त्यहाँ प्रेम हुँदैन भन्ने पनि हैन, तिमी आफैले भनेका हैनौ "प्रेमका रङ्ग सुन्दर हुन्छन" भनेर ।
पहिले -
क्रूर निर्दयी
कन्जुस
कठोर
कडा स्वभाव
बेकार ,
यी सब मनमनै
बुबालाई सम्झिने
म
अहिले
आकाश जस्तै
फराकिलो
सिंगै घर
जतन गर्ने
बलियो खम्बा
शरिर थेग्ने मेरुदण्ड
कुशल निर्देशक
आफ्नो खुशी
दसी राखेर
सन्तानको खुशी खोज्ने
एक पिता।✍️😇
#समय
हरेक दिन सूर्य अस्ताउछ
र
मान्छेको यो धर्तीमा रहने
समयलाई
कम बनाउदै लैजान्छ
मान्छे रमाइरहन्छ
अहङ्कारमा जीतमा
समय मौका दिरहन्छ
समय सहिरहन्छ
र एक दिन सूर्यसंगै
मान्छे अस्ताउछ
तर
सूर्य फेरि उदाउछ
यो पटक भने बिना मान्छे ।
हिजो म कतै छुटेको छु,
म कतै टुक्रेको छु !
ती टुक्रिएका ऐनाका अंशहरूमा,
अहिले एउटा सिंगो मान्छे त देखिन्न,
तर हरेक टुक्रामा
मेरो प्रगाढ बिम्ब भेटिन्छ!
त्यही अधुरोपन,
त्यही रित्तोपनले नै त
आज मलाई--
म हुनुको आभास दिलाउँछ....!!
मेरो टोलमा
छिमेकीलाई थाहा छैन
छिमेकीको नाम।
मेरो टोलमा
चिन्दैन ओल्लो कोठाले
पल्लो कोठाको अनुहार।
घरैघरले भरिएको
मेरो एउटा टोल छ
जहाँ
कुकुर डोहोर्याउँदै मान्छे हिँड्छ
कुकुरले हेर्छ- मान्छे फर्किँदैन।
मेरो टोलमा
मान्छे त छन्
तर मौन छन्
बरु छन् केही कुकुरहरु
जो बोल्न सक्छन्।
😊
तुम प्रीत हो...
तुम प्रीत हो, तुम मीत हो,
इस मौन मन का गीत हो।
जो सदियों से चाहा था मैंने,
तुम वही पावन रीत हो।
तुम भोर की पहली किरण जैसी,
तपती धरा पर सावन जैसी।
जो बहती है रूह में चुपके से,
तुम उस पाकीज़ा सरगम जैसी।
मेरा अहम जहाँ झुक जाता है,
बहता दरिया रुक जाता है,
++