भूतकालले हामीलाई सम्झनाको आनन्द दिन्छ, भविष्यकालले सपनाको तर, जिन्दगीको वास्तविक खुसी र आनन्द त केवल वर्तमानमा मात्रै मिल्छ !!!
#शुभ_प्रभात#शुभदिनको_कामना
बोलीको आधारमा कसैको चरित्र निर्धारण गर्नु गलत हो किनकि मिठो बोल्नेको पनि व्यबहार खराब हुन्छ र खराब व्यबहार भएको पनि मिठो बोल्छ !!!
#शुभबिहानी#शुभदिनको_कामना
यदि सकिन्छ भने कसैको लागि उज्यालो बन्नुहोस्, आशा बन्नुहोस्, समाधान बन्नुहोस्
जीवनमा सबैको हातमा शक्ति बराबर हुँदैन
कसैले अरूलाई साथ दिन सक्छ, कसैले मात्र मौन प्रार्थना
कसैले हात समात्न सक्छ, कसैले केवल आश्वासन दिन सक्छ !!!
#शुभप्रभात#शुभदिनको_कामना
राजस्थान (इण्डिया ) को बाँसवाडा जिल्लाको सुडलादुधा गाँउमा विगत १२५ वर्ष देखि हिन्दू धर्म परिवर्तन गरि ख्रिष्टान बनेका सबै गाउँलेहरूले ख्रिष्टान रिलिजन त्यागेर हिन्दू बनेकाछन् । उनीहरूले त्यहाँ भएका चर्चहरूलाई मन्दिरमा रूपान्तरण गरेकाछन् ।
नेपालमा यो दिन कहिले आउला ?
नेपालको सामाजिक बस्त्र: च्यातिएको सपनाको सिलाई,
नेपालको सामाजिक बस्त्र social fabric
च्यातिन थालेको दशकौं भईसक्यो। त्यो क्रम
आज अझ बढेको छ। तर हामीलाई के मतलब?
हाम्रा आफ्नै खल्तीका स्वार्थहरू सिलाउनै
भ्याउँदैनौँ, देशको च्यातिएको कपडा कसले
सिल्ने? राजनीतिक भनाभन गर्दै गरम्ला,तँ तँ
म म पनि जारि नै राखौला, संसदमा स्याल
हुइँयाँ पनि गरौँला, चोक चोकमा जुलुस
निकालौंला। फेसबुक, ट्वीटरमा वीर रस
मिसाएर गालीका मेगा सेसन चलाउँला। तर,
च्यात्तिएको देश जोड्न? अहँ,त्यो जिम्मेवारी त
अरूकसैको होला!देश हारे देश हार्ने हो,नेपाली
हार्ने हुन्। तर जिते को जित्ने? कुर्सी जित्ने,
ठेक्का जित्ने, कमिसन जित्ने, आश्वासन बेच्ने,
नक्कली देशभक्तिको पसल थाप्ने!त्यसैले
नेपालका भाग्य विधाताहरुमा बिन्ती, ठन्डा
दिमाग ले मनन गरौं। तर हो, मनन गर्दा पनि
राम्ररी ख्याल गर्नुहोस्— कतै आफ्नै स्वार्थका
धागोहरूले सामाजिक बस्त्रलाई अझै
नच्यातून्!
जीवनको सत्य बुझ्न धेरै गाह्रो छैन, बस जुन तराजुमा अरुलाई तौलिने गर्नुहुन्छ त्यहि तराजुले कहिले काहिँ आफैलाई तौलेर हेर्नु त !!!
#शुभबिहानी#शुभदिनको_कामना