इम्बोस्ड नम्बरप्लेटबारे उठेका विरोधका स्वरलाई केवल भाषाको विवाद वा नम्बरप्लेट राख्ने–नराख्ने सानो बहसमा सीमित गर्नु हुँदैन।
यो केवल नम्बरप्लेटको कुरा होइन, यसलाई नागरिकमाथि वर्षौँदेखि थोपारिँदै आएको योजनाबद्ध ठगी, हैरानी र अपमानको अन्त्य गर्ने संघर्ष रुपमा अघि बढाउनु जरुरी छ।
चर्को शुल्क तिरेर पनि लामो लाइनमा उभ्याएर सास्ती दिने, पैसा लिएर पनि वर्षौँसम्म लाइसेन्स नदिने, अनि उल्टै सेवाग्राहीलाई दोषी ठहर्याउने प्रवृत्ति अब अस्वीकार्य छ। कमिसन र व्यक्तिगत लाभका लागि इम्बोस्ड नम्बरजस्ता ‘फण्डा’ ल्याएर गरिने ठगी तत्काल बन्द हुनुपर्छ।
करोडौँ राजस्व उठाउने विभागमा सर्भर बारम्बार डाउन हुनु केवल प्रविधिगत कमजोरी होइन, नागरिकप्रतिको अपमान र योजनाबद्ध बेइमानीको ठोस प्रमाण हो। यो नागरिकलाई निरन्तर सास्ती दिने, दलालीलाई बढावा दिने र जिम्मेवारीबाट पन्छिने नियोजित खेल हो।
अब स्पष्ट भन्नै पर्छ — यदि सहज र सम्मानजनक वातावरणमा सवारी कर तिर्ने व्यवस्था हुँदैन भने, यो तिर्दैनौ । समस्यै सिर्जना गरेर ब्लुबुक रिन्यु नगर्ने, लाइसेन्स नबन्ने, अनि उल्टै हर्जाना तिराउने प्रवृत्ति अब अन्त्य हुनु अनिवार्य छ।
सवारी दर्ता, रिन्यु र लाइसेन्स नवीकरणजस्ता काम अनलाइनमै सहजै गर्न सकिन्छ। तर कार्यालयमै पनि एउटा टेवलमा सकिने काम एक झ्यालदेखि अर्को झ्याल कुदाइरहनु केवल लापरबाही होइन, नागरिकमाथिको उपहास र अपमान हो।
अब सार्वजनिक सेवामा गुणस्तर, सहजता र जवाफदेहीको माग गरौँ। यातायात व्यवस्था विभाग र अन्य सरकारी निकायको अत्याचार र ठगी तत्काल बन्द हुनुपर्छ।
जनतालाई सास्ती दिने र अपमान गर्ने नियतले थोपारिएको इम्बोस्ड नम्बरप्लेटको उर्दीलाई अस्वीकार गरौँ, र ठगी र जवाफदेहीहिनताविरुद्ध बुलन्द आवाज उठाऔँ।
राजाको पालामा धेरै आनन्द थियो। बिजुलीको बिल तिर्नु पनि पर्दैनथ्यो। डाक्टरको टेन्सन पनि थिएन, धामीझाँक्री भए पुग्थ्यो। स्कुल पढेर फेल हुने डर पनि कसैलाई थिएन। गाडीको भाडा कहिल्यै तिर्नु पर्दैनथ्यो, सबै काम हिँडेरै गर्न सकिन्थ्यो। मासु र गुलीयो चिया नखाएकाले त्यो बेला सुगर र प्रेसर रोग पनि थिएन। कसैलाई पनि विदेश जानु पर्दैनथ्यो, किनकी बटौलीमा नुन पाईन्थ्यो। राजाको पालामा चर्पी पनि चाहिँदैनथ्यो, खोला-खोल्सीमा हगे पुग्थ्यो। आहा! राजाको पालामा क्या आनन्द थियो।
रंगशाला बन्छ हाम्रैपालामा👏
आज बसेको बागमती प्रदेश सरकारको बैठकले भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको प्रथम चरणका लागी रु ७५ करोड बराबर लागत अनुमानको ७०% प्रदेश सरकारले ब्यहोर्ने र त्यसको श्रोत सुनिस्चित गर्ने निर्णय गरेको छ।…
Successful conduction of the Asian Cricket Council,(ACC),AGM in Bali, Indonesia.
Glad to have shared Nepal Cricket’s vision, it’s future and the infinite possibilities we hold.
Looking forward to the growth of our game in the Asian region and beyond.
Insightful and Visionary plans in place.
#NepalCricket #OneBallBattles #AsianCricketCouncil
आइसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गर्न सफल नेपाली युवा क्रिकेट टोलीलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। आगामी चरणको खेलमा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गर्दछु।