NOTA को पक्षमा आवाज उठाऔं! बेला यही हो ।
NOTA भनेको के हो ? NOTA (Non Of The Above) हो। यसको अर्थ : मतपत्रमा सबै उमेदवारको चिन्ह जस्तै अन्तिममा एउटा चिन्ह NOTA को हुन्छ। त्यो चिन्हमा मतदान गर्नु भनेको माथिका कोहीपनि उमेदवार मेरा प्रतिनिधि बन्न योग्य छैनन् र म कसैलाई मत दिन्न भनेको हो।
NOTAमा सबै भन्दा धेरै मत परे उक्त निर्वाचन क्षेत्रमा पुन: नयाँ उमेदवार सहित निर्वाचन हुनुपर्दछ र NOTA सँग पराजित उमेदवार पुन: उक्त प्रयोजनका लागि हुने निर्वाचनमा उमेदवार हुन पाउने छैनन्।
यसले ��ोकतन्त्रलाई सवल बनाउनेछ, दलभित्रको ठेकेदारी तोड़नेछ र दल र कार्यकर्ता जनतातर्फ फर्कन बाध्य हुनेछन् , जनता शक्तिशाली हुनेछन्।
‘नो भोट’ को प्रावधान समेटेर अध्यादेश ल्याउने तयारी https://t.co/TAtUt0j2We
आफ्नो मान्यता विपरितका कुरा सुन्दा धेरै रिस उठ्नेले नपढ्नु होला !
आज म धेरैले अभूतपूर्व भनेर चर्चा गर्ने गरिएको एउटा पौराणिक कथालाई फरक कोणबाट हेर्ने कोसिस गर्दैछु।
पहिलै स्पष्ट पारौं: राम थिए - थिएनन् , रामायण सत्य हो-होइन म जान्दिन। मेरो उद्धेश्य क��ैको आस्थामा प्रहार गर्नु होइन - यदि तपाईं धार्मिक कथाका पात्र विपरित कुरा सुन्न सक्नुहुन्न भने यहाँ भन्दा अगाडि नपढ्नुहोस्।
राजाहरूको चर्चा गर्दा आदर्श राजा भनेर अयोध्याका राजा राम निर्विकल्प हिन्दू समाजमा स्थापित छन्। रामलाई मर्यादाका पर्याय मानिन्छ। धेरैले राम्रो राज्य भनेर उदाहरण दिँदा रामराज्य भनेर उदाहरण दिइने गरेको पाइन्छ। के साँच्चै ��्यस्तै हो त?
मलाई रामायणका धेरै प्रसङ्गले झस्काउँछन्। जव म रामायण हाम्रो समाजको चेतनाको, विचार निर्माणको एउटा आधार हो भन्ने जान्दछु तब झन् धेरै सोच्न विवस हुन्छु। आज रामायणको यस्तै एउटा प्रसङ्ग बारे चर्चा गर्दै छु:
मर्यादा पुरुषोत्तम भनिएका राम र राक्षस भनिएका रावण बीचमा युद्धको प्रसङ्ग रामायणको एउटा मुख्य प्रसङ्ग हो।
भगवान विष्णुका अवतार भनिएका राम र रावणको युद्ध शुरु हुन्छ। दु���ै तर्फका सैयौ योद्धा हरदिन मारिन्छन्। रावण पक्षका भाइ,छोरा भतिज समेत कैयौ मारिन्छन्।
युद्धको सुरुवात देखिनै रामको तर्फका पनि वानर सेना धेरै मारिन्छन्। राम-लक्ष्मण दाजुभाइ नै युद्धमा हुन्छन्। मारिनेहरूले सिधै स्वर्ग पाउने भनेर योद्धा वानर सेनालाई जोस भरिन्छ।
तर क्रूर युद्धमा अचानक एकदिन रामका भाइ लक्ष्मण सत्रुको अस्त्रको निशाना बन्छन्। उनी मुर्छित हुन्छन्। र उन���ो जीवनमा संकट आउँछ।
त्यो देखेर राम छट्पटाउछन् , उनलाई असीम पीडा हुन्छ। लक्ष्मणको उपचारको लागि, उनको जीवन पुनर्जीवित गर्न हनुमानले सञ्जीवनी बुटी भएको पहाड नै बोकेर ल्याए भनिन्छ। रावणको वैद्य उठाएर ल्याइएको थियो। राम विछिप्त बनेको प्रसङ्ग निकै लामो छ।
अब म सोच्दछु - वानर सेनाहरू मर्दा सिधै स्वर्ग पाइने भनेर जोस भरिरहेका राम, आफ्नै भाइको सम्भावित मृत्यु देखेर किन विछिप्त बने? वानर सेना मुर्छित भएर मृत्यु पर्खिरहदा न त सञ्जीवनी खोजियो - न त वैद्य ल्याइयो। आखिर राम पनि त पक्षपाती रहेछन्।
अब म आफैलाई प्रश्न गर्छु : के रामायणका लेखक मानिसको जीवनको मूल्य एउटै हो भन्ने मान्दैनन्? के रामायणका रामको निम्ति हरेक जीवनको मूल्य एकै थिएन? के राम पनि जन्मजात उत्कृष्ट र जन्मजात निकृष्ट हुन्छ भन्ने वंशवाद मान्दथे? के राम पनि अन्यायी थिए? स्वार्थी थिए?
जुन रामले राजा बनेर राज्य चलाउँद��� एउटा धोबीले प्रश्न गर्दा आफ्नी गर्भवती श्रीमती महल बाट निकालेर जंगल पठाए भनेर प्रजाको कुरा सुन्ने भनेर भनिन्छ - ती रामलाई उनको आफ्नो भाइ र अन्य योद्धाको बीचमा समान व्यवहार नगरेको , पक्षपात गरेको प्रश्न गर्दा के जवाफ दिन्थे होला?
यसो सोच्दछु गर्भवती श्रीमतीलाई घर निकाला गर्ने जस्तो क्रूर कार्यलाई कसरी मानवीय भनौं।
अनि घोतलिन्छु: यस्ता विरूप कथाको वैचारिक जगमा उभिएको समाजको चरित्र कस्तो हुन्छ?
आफ्नो ओरिपरी हेर्दछु : मेरो समाज यही वैचारिक धरातलमा त उभिएको छ। मेरो समाज यही पक्षपाती विरूप कथाको वर्तमान स्वरूप त हो ..
यहाँ जन्मजात उत्कृष्ट र निकृष्ट हुन्छ भन्ने मान्यता राख्ने मान्छे हुनु स्वाभाविक नै हो। परपीडक, क्रूर, पक्षपाती बन्ने कुराको महिमा-मण्डन हुनु के नौलो कुरा भयो र?
र अन्तमा बुझ्दछु : हरेक युगको राजा अन्यायी छ, जन्मजात उत्कृष्ट हुन्छ भन्नेहरूको निम्ति समाजका कमजोर ���प्काको कुनै मुल्य छैन.. चाहे त्यो आदर्श मर्यादा पुरुषोत्तम राजा राम होस् वा अन्य कोही..