५८ साल तिरै गिरिजा वा शेरबहादुर मध्य एक जना प्रधानमन्त्री हुँदा जाइकाले सम्भाव्यता अध्ययन गरेको अनि फाइल थन्काएको, पछि बाबुराम-झलनाथ-ओली-सुशील-प्रचण्ड आदि-इत्यादि प्रधानमन्त्रीको कालखण्डमा पुन अध्ययन गरेको नागढुङ्गा टनेल प्रोजेक्ट सम्भाव्यता अध्ययन गरेको दशकौं पछि बल्ल आजबाट सुरु भएको छ त्यसमा पनि जस लिन दौडधुप छ, नयाँ पुराना सबैको।
आयोजनाको कार्य ढिलो हुनाले अध्ययन भएको समय र निर्माण सकिएको समयको त्यस सडकको AADT, PCU/day नै आकाश पातलको फरक छ। जुन आवश्यकता महसुस गरेर अध्ययन गरियो त्यसले आउने दिनमा दिने प्रतिफल एकदम कम देखिन्छ। नागढुङ्गा सुरुङ्गको प्रतिफलसंङ्ग जोडिने महत्त्वपूर्ण आयोजना निजगढ-काठमाडौ फास्ट ट्रयाक कहिलेसम्म बनेर सकिन्छ पत्तो छैन, कमसेकम सेनाले आफ्नै सरकार हुँदा त्यो छिटो बनाइदिए हुने। भविस्यमा १५% सम्म ठुला साधनहरु त्यताबाट जान्छन् र AADT कम हुन्छ भन्ने अनुमानमा सुरुङ्ग मार्गको अध्ययन भएको जस्तो लाग्छ । निर्माण अवधि लम्बिएको, कमजोर चट्टान भेटिएको तथा मूल्यवृद्धि जस्ता कारणले ४-५ अर्ब भन्दा बढी त लागत नै बढेको जस्तो लाग्थ्यो निर्माण सुरु भएको केही समय मै पछि नि बढ्यो होला।धन्न मेलम्ची स्तरको दुर्गति भोग्न परेन भनेर खुशी हुने बाहेक रमाउनु पर्ने अरु कारण खासै देखिन्न।
इन्जिनियर प्रधानमन्त्री, इन्जिनियर पुर्वाधार मन्त्री भएको समयमा टुटी खोलेर फोटो खिच्ने र युटुबे-टिकटकर बोकेर गाउँ सार्ने कथा सुनाउदै हिड्नु भन्दा कमसेकम नागढुङ्गा सुरुङ, निजगढ-काठमाडौ फास्ट ट्र्याक, मुग्लिङ्ग-नारायणगढ, मुग्लिङ्ग-नागढुङ्गा, नारायणगढ-बुटवल, मेलम्ची खानेपानी, बुटवल–गोरुसिंगे आदि जस्ता दर्जनौं आयोजनाहरु जसको प्रगति कछुवा गतिमा भए र हुँदै छ्न् त्यसमा कारण खोजेर गम्भीर अध्ययन गरेर त्यसबाट पाठ सिक्ने र अरु आयोजनामा त्यस्ता गल्ती नदोहोर्याउन लाग्दा उचित होला।
बाँकी त सर्वज्ञानी जान्नेलाई छानिएकै छ।
कमाइले नधान्ने घरखर्च !
नेपालमा आम्दानी र खर्चबीचको खाडल झन् फराकिलो हुँदै गएको छ।
वस्तु तथा सेवाको मूल्य निरन्तर बढिरहेको छ, तर आम्दानीका अवसर सीमित छन्। यही असन्तुलनका कारण हजारौं परिवारलाई दैनिक गुजारा चलाउनै कठिन भइरहेको छ।
रिर्पोटिङ-
https://t.co/HUfwHG2q9u
✊✊ "खोकना बासीलाई सेनाले बन्दुक ताकेर बाटो लान सकेन हामी सबै मिलेर टोखाको पहिचान बचाउन पर्छ" - सामाखुसी-टोखा-झोर गैर-न्यायिक सडक बिस्तार पिडित
पूरा हेर्नुहोस् 📽️: https://t.co/YuzNyR8PQY
अलिअघि अहिले फराकिलाे पारेकाे सडकमा सवारी गुडाउँदा कति समय लाग्दाे रहेछ भनेर हेरेकाे थिएँ।सरदरमा जम्मा १६ मिनेट लाग्ने सडक हुँदाहुँदै २२ अर्ब खर्चेर किन यति छाेटाे सुरुंग बनाएकाे हाेला भनें।खर्चै गरेपछि कम्तिमा ३० मिनेट त यात्रा समय घट्नुपर्ने हाे।यति महंगाे सिकाइ जरुरी थियाे र?
बीमा कम्पनीलाई प्रिमियममा प्राथमिक शेयर निष्कासन गर्न दिनु कानुनविपरीत थियो र सर्वसाधारण ठग्ने प्रपञ्च थियो भनेर लेखिएकै हो।
सर्वोच्चले अहिले फैसला गर्यो गैरकानूनी भनेर।
रकम त उठाइसकियो,तैपनि धितोपत्र बोर्ड र बीमाका जिम्मेवारहरु कारबाहीमा पर्नुपर्ने हो।
https://t.co/Bv6GGhHJqe
नागढुंगा सुरुङमार्ग उद्घाटन भयो, राम्रै भयो ।
तर, जानकारहरुका अनुसार यो आयोजना अत्ति महंगो छ, लाभभन्दा लागत धेरै ।
“स्रोतको अभाव खेपिरहेको देशले जम्मा दुई किलोमिटर दूरी छोट्टिने आयोजनामा यति ठूलो रकम खन्याउनु उचित हो कि होइन ? प्रश्न उठ्छ ।”
https://t.co/lQyn23yjar
नागढुंगा सुरुङमार्ग उद्घाटन भयो, राम्रै भयो ।
तर, जानकारहरुका अनुसार यो आयोजना अत्ति महंगो छ, लाभभन्दा लागत धेरै ।
“स्रोतको अभाव खेपिरहेको देशले जम्मा दुई किलोमिटर दूरी छोट्टिने आयोजनामा यति ठूलो रकम खन्याउनु उचित हो कि होइन ? प्रश्न उठ्छ ।”
https://t.co/lQyn23yjar
माइतीघर मण्डलको डुबानलाई शिला ढुङ्गा राखी फोहोरा हान्ने बनाएर सौंदर्य शास्त्र तिर लैजाउ न? त्यसो गर्न सकिँदैन? कता लागे वैज्ञानिक मन्त्रि?
हाँ हाँ हाँ
#मुलुक
अस्तिनै प्रमको बैठकको भिडियोमा कुराकानी म्युट गर्दै म्युजिक राखे भनेर विरोध गरेकाहरू समेत आफ्नै दलको त्यस्तै प्रकृतिको भिडियो, पोष्ट, रिपोष्ट, वाह-वाह गर्दैछन् त । 😃
दुवै समुहले, गोप्य कुरा हो भने बैठकको प्रचार किन गर्नपर्यो र, हैन भने अडियो चाहिँ किन नराख्नु र ! 😁
नेपाल टेलिकम र ट्राफिक प्रहरीले समेत रुन्टीगढीका क्युटक्युट नानीहरुको तस्वीर प्रयोग गरेर विज्ञापन गरिरहेका छन्।
कसैलाई पनि सहमति विना र पारिश्रमिक दिए विना विज्ञापनमा प्रयोग गर्न पाईंदैन । बालबालिकको हकमा अभिभावकसँग लिखित सहमति लिनुपर्छ।
#advertising#modthinks