यस्तो नकरात्मक भ्रम छर्ने समाचार नबनाए हुने। हिजो यस्तै गरेर देश जल्यो अब फेरी केके जल्ने हुन। ३ -३ वटा नक्कली लाईसेन्स सहित पटके रुल्स ब्रेकरलाई बचाव गरेर सरकारलाई दोष दिनुको तुक छैन। बरु त्यो यातायात कम्पनीलाई चाही कारवाही हुनु पर्छ।
अख्तियारको टिमलाई प्रधानमन्त्री कार्यालयमा ९ घन्टा थुनेर राहदानी विभागका पदाधिकारीलाई गिरफ्तार गर्न लगाएको गलत साबित भएन अब ? गुण्डा शैली नै सही हुन्न भन्ने क्लियर भयो नि !
कान्तिपुरले बालेनलाई स्वागत गरेको भनेर टिकटक हालेसी नै थाहा हुन्छ त्यो कस्तो खाले पत्रकारिता हो भनेर। म पत्रकारिताको विषयमा वार्तालाप गर्न तयार छैन है। ऐले नै भन्देको छु। तो विमान बारे स्कृनसट हाल्दिम? रिसफल हो होइन भनेर
सहकारीको धरौटी रकम बुझाइदिए वाफत जापानको राजदूत सिफारिस।
यो बिचको केटो जापानको लागि राजदूत सिफारिस भएको केटो रहेछ... उनको सबैभन्दा ठूलो योग्यता चै रबि सहकारी ठगिको मुद्दामा जेल जाँदा करोडौं धरौटी बुझाउन पैसा सहयोग गर्ने मध्येका एक रहेछन्
😀😀😀😀😀
संसद् क्यान्टिनको मूल्यबारे सांसद खगेन्द्र सुनारले उठाएको प्रश्न र वास्तविक मेनु मूल्यबीच फरक देखिएको छ। भ्रमको खेती फस्टाउने जमाना छ।
Source: Setopati
प्रेम दाई हामी आइसक्या थे’म्, किन आत्मदाह गर्नु भयो ? भन्दै ‘आत्मदाह’ माथी ‘राजनीति’ गर्ने त्यसको ग्लोरीफाइ गर्ने ‘फटाहा बैनी’ कता छिन् आजकल ? तिनीहरुको बहुमत आएपछि कति जनाले आत्मदाह गरे ? लाज नभएकी नकच्चरी ! यदि युवा भनेको ती बैनी जस्ता तोरी हुन्छन् भने ती भन्दा धेरै गुणा उम्दा मैले देखेका बुडा राजनीतिज्ञहरु छन् !! खरानेहरुले समाज ध्वस्त बनाए हेर्नुस्, जसले जे गरे पनि भएको छ 😢
उहाँलाई Grey Zone मात्र होइन, धेरै कुरा थाहा छैन।
दोहोरो नागरिकता–पासपोर्टको प्रश्न थाहा छैन, सहकारीको पैसा खातामा आएको थाहा छैन, शालिकराम पुडासैनी प्रकरण थाहा छैन,ड्राइभर कसरी खस्यो थाहा छैन,नख्खु जेलबाट कसरी भागे भन्ने पनि थाहा छैन।
मात्र आफु भौमान हो भन्ने थाहा छ।
मैले भनेको थिएँ, माओवादीले गर्न नसकेको बिकृत कार्य यो घण्टा जत्थाले गर्छ भनेर ! भोटेकोशी बाढी आएपछि सर्वोच्चमा दुई पटक आगजनी र जिल्ला अदालतबाट मिसिल चोरीनु संयोग मात्रै होइन हेर्नुस् !!
उहाँले कांग्रेसमा पद पाउन्जेल देश बनिरहेको थियो जुन दिन ठुलो भाग खान कांग्रेस छाड्नुभयो अनि ३५ बर्षदेखि कुशासन र भ्रष्टाचार मात्र देख्न थाल्नु भयो।
अझै भेडाहरु भ्या भ्या गर्दै हिडेको पो उदेकलाग्दो देखिन्छ।
छयालिस सालपछि कुनै विपद्मा नेपाली सेना फ्रन्ट लाइनमा कहिले थियो र विपद् प्रभावितलाई सैन्य अस्पतालमा कहिले भर्ना गर्थ्यो? यसपटक सेनाको तदारुकताका लागि धन्यवाद! तर यो तदारुकता यसअघि किन थिएन? यसपटक यिनको के स्वार्थ?😕
(छद्म/नाम बाट गाली नगर्नूस् ल, मैले प्रश्नमात्र सोधेको हुँ)
मेरा त हरेक बिरामी ICU मा जान्छन् तर ICU मा भर्ना हुने न्यूनतम मापदण्डअनुसार युटुबमा देखिएका ती मानिसहरू सो दिन ICU मा हुनु पर्दैनथ्यो। र, यो सरासर प्रपोगण्डा मसिनरीको प्रयोग हो। कसले र किन यो काम गरे, तिनलाई यो प्रयोजनको स्क्रिन-प्ले र बक्स-अफिस कलेक्सनबारे त राम्ररी थाहा छ।🙏
बबिता कुमारी पासवानले हिजो दिनभरि भोगेको पीडा सामान्य होइन। यो लामो समयदेखि एउटा समुदायले भोग्दै आएको विभेद र बहिष्करणको ज्वलन्त उदाहरण हो। राजविराज र यस वरिपरि दलित समुदायको अवस्था कस्तो छ भन्ने अर्को उदाहरण पनि हो। कैयौँ राजनीतिक परिवर्तन भए, तर यो समुदायको दैनिकी अझै बदलिएको छैन।
गजेन्द्रनारायण सिंह अस्पतालमा सुत्केरी गराउन पुगेकी बबिता कुमारी र उनको परिवारले भोगेको व्यवहारलाई अस्पताल प्रशासनको कमजोरीमा मात्र सीमित गरेर हेर्न मिल्दैन। उनले अस्पतालमा प्रवेश गरेदेखि नै उनले र उनको परिवारले पाउनुपर्ने मानवीयता र सौहार्दतामाथि प्रश्न गर्नुपर्छ। के सरकारी अस्पतालमा मानिसको कपडा, जात र आर्थिक हैसियत हेरेर व्यवहार गरिन्छ? यदि त्यसो हुन्छ भने आज विकास हुँदै गरेको भनिएको नेपाल र परिस्कृत समाजको हाम्रो सोच वास्तवमै फेरिएको छैन भन्नुपर्छ।
मैले विभेदका अनेकौँ अवस्था देखेको र भोगेको छु, तर योभन्दा लज्जास्पद र निकृष्ट अवस्था पहिलो पटक देख्दैछु। यहाँ अस्पताल प्रशासनले आफूलाई सही र आफ्नो निरीहताको जतिसुकै सफाइ दिए पनि यसलाई सामान्य रूपमा लिन वा बेवास्ता गरिनु हुँदैन। एउटामन्त्रीलाई हाछिउ आउदां उसका लागि हेलिकप्टर उडाईन्छ होईन ?
बबिता र उनको परिवारले त्यो क्षणमा भोगेको पीडाको परिपूरण गर्न गाह्रो छ। एउटा महिला आफैँ जीवन मरणको दोसाँधमा हुँदा उनी र उनको परिवारबाट प्रशासनले खोजेका सबै कुरा तत्काल पूरा नहुन सक्छन्। त्यो अवस्थामा पहिलो प्राथमिकता आमा र बच्चाको सुरक्षा हुनुपर्छ। त्यसपछि प्रशासनिक तामझाम र प्रक्रिया मात्रै पूरा गर्न सकिन्छ।
गजेन्द्रनारायण सिंह सरकारी अस्पताल हो। त्यसकारण अस्पताल प्रशासनलाई कुनै पनि प्रकारको छुट हुनु हुँदैन।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकालमा आर्थिक वर्ष २०७५/७६ बाट औपचारिक रूपमा दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती उद्धार कार्यक्रम सञ्चालनमा ल्याइएको थियो। जहाँ भरपर्दो यातायातको सुविधा छैन, त्यहाँ हवाई उद्धार गरी मातृ तथा शिशु मृत्युदर कम गर्ने यसको उद्देश्य हो। यो सेवा निःशुल्क छ। साथै, घर फर्कन नसक्ने महिलालाई सुरक्षित रूपमा घरसम्म पुग्न प्रतिव्यक्ति २० हजार रुपैयाँसम्म सहयोग दिने व्यवस्था पनि गरिएको छ।
तर बबिता कुमारी पासवानहरू यो अधिकार र सम्मान पनि डिजर्भ गर्दैनन् र? किनभने बबिता कुमारीको नाममा राजनीति गर्नेहरूलाई यी कुराको कुनै मतलब छैन।
यो केवल एउटा महिलाले अस्पतालमा भोगेको पीडाको प्रश्न होइन।
संसदको रोष्ट्रममा उभिएर दलित संग माफी मांगेर जिम्मेवारी सकियो ?
यो दलित समुदायले अझै भोगिरहेको विभेद, बहिष्करण र राज्यको संवेदनहीनता माथि को प्रश्न हो।