गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीका कारण विशेष गरी रसुवा, नुवाकोट र धादिड.क्षेत्रमा परेको अकल्पनीय विपत्तीमा अदम्य साहसका साथ उध्दार कार्यमा संलग्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वलसहित संपूर्ण नागरिकहरुमा उच्च सम्मान प्रकट गर्दछु ।
निजामति अस्पतालको आज बिहानको दृष्य हो यो !
बाहिरको लाईनको त कुरै नगरुॅ ।यी सबै सेवाग्राही लाईनमै बसेकाहरु हुन् । लाईन छुट्याउने सबैभन्दा सकसपूर्ण छ ।
भन्नु के भन्नु ? कसलाई भन्नु ?
"पानीको परेड"
मेरो एकजना अत्यन्तै प्रिय, प्रतिभाशाली र श्रद्धेय कवि तथा गीतकार दिनेश अधिकारीको नयाँ कविता संग्रह।
हिमालयन जाभामा बसेर पढ्दै गर्दा जाभाकै एकजना स्टाफलाई यो फोटो खिचिदिन अनुरोध गरेँ किनभने यो अनुच्छेद सामाजिक सञ्जालमा प्रेषित नगरी मनै मानेन:
अक्षरहरूको डिक नमिले पनि
विश्वासको लिक नमिले पनि
हताशको बताससँग पौँठाजोरी खेल्दै
अहिले पनि ऊ
जीवनको हलो जोतिरहेको छ
पटक-पटक खस्न खोज्ने
आफ्नै अनुहारलाई
कसै गरी सम्हालिरहेकै छ।
********
यो सम्झिने मन छ म बिर्सुँ कसोरी
तिमी नै भनिदेऊ ए [प्रिय अधिकारी]!
यस्तैयस्ता कविता धेरै पढ्न पाऊँ। धेरैधेरै शुभकामना!
अचेल पशुपति क्षेत्र वरिपरी खुद्रा रुपैयॅा साट्नेहरुको निक्कै चहलपहल छ । उनिहरु ५/५ रुपैयाका १६ वटा नोट ( रु. ८०/) दिएर रु १००/ लिन्छन् । यो सटही दर ज्यादतीपूर्ण भएन र ? यसको नियन्त्रण कसले गर्ने ? कुनै बैंकसंग मिलेर कोषले नै एउटा सटही काउन्टर राखिदिए सबैको भलो हुन्थ्यो कि ?
राष्ट्रिय निकुन्ज नै हो वा बनाउन लागिएको हो भनेझैं गरी भण्डारखाल गौशालामा हिडडुलमा यसरी प्रतिवन्ध लगाउॅदा सॅाझबिहान धुवा, धुलोबाट अलिकता जोगिएर स्वास्थ्यलाभ गरिरहेका रोगी, जेष्ठ नागरिकहरुप्रति पशुपति क्षेत्र विकास कोष अलिबढी नै क्रुर भएको हो कि?जनस्वास्थ्यको पनि हेक्का राख्ने कि?
यत्ति धेरै समाचार पढियो / सुनियो । प्रदर्शनको क्रममा हिजो आगजनी गरिएको तिनकुने काठमाडौ स्थित निजी कसको थियो भन्ने तथ्य कतै पनि पढ्न / सुन्न पाइएन । किन होला ?
प्राध्यापन, कानून व्यवसाय, सर्वोच्च अदालतको न्यायाधीश, नेपालको कानूनी इतिहासका लेखक, सम्पादक समेतको हैशियतमा परिचित सुकिलो छविका व्यक्तित्व, म समेतका गुरू प्रकाश वस्तीको निधनको खवरले स्तब्ध छु ।
सरप्रति भावपूर्ण श्रध्दान्जली र शोक - सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु ।
कानून मान्नेले सजायॅ पाउने भनेको यस्तै त हो ! तिरिसकेको जरिवाना के अब नेपाल टेलिकमले फिर्ता गर्छ ?
‘टेलिफोन सेवाको पुरानो बक्यौता महसुल ०८१ कार्तिक मसान्तसम्म भुक्तानी गरेमा ०७८।७९ सम्मको पुरै र ०७९।८० को ५०% जरिवाना छुट हुने हुदा समयमै भुक्तानी गर्न हुन अनुरोध छ, नेपाल टेलिकम’