प्रक्रियागत त्रुटि वा अपराध नै किन न होस् र कतिपय राजनैतिक एजेण्डा विपरीत नै किन न होस्, तर अहिलेको संसद् र सरकारमा #रविजी मेरो लागि पनि आशाको केन्द्र हुनुहुन्थ्यो। बैठक होस् वा संसद्, रविजीले नयाँ ऊर्जा, जोश र देशमा केही त परिवर्तन होला कि आशा जगाउने गर्नुहुन्थ्यो। #comebackhero
भिजिट भिसाको नाममा हुने अनुचित काममा संलग्नलाई कारबाही नगर्ने अनि भ्रमणका लागि शैक्षिक प्रमाणपत्र र अंग्रेजी जान्नुपर्ने बनाएर नागरिकको खिसी गर्न खोजेको? अंग्रेजी नजान्ने नागरिक नै हैन?नेपाल सरकारको अक्षमताको भारी नागरिकमाथि? गृहमन्त्रीज्यू यो कसको र कस्तो उटपट्याङ हो?
'बुद्धिमानहरु' ले भरिपुर्ण निर्णायक मण्डल भएपछि यस्तै वाइह्यात निष्कर्षहरु निक्लन्छन् हेर्नुस । विगतका लकडाउन काम लागे ? परिक्षण बढ्यो ? ती प्रश्नबारे त जवाफ पक्कै छैन होला ! जसरी हुन्छ नागरीकलाई दुख दियो, आफु भने सजिलो बाटो अपनायो !
सबैलाई थाहा भएकै कुरा हो दोर्याएको मात्र !
किनमेल गर्न जानु अघि लिस्ट बनाएर ,कुन कहाँ किन्ने निक्यौल गरेर निस्किन पर्ने हुन्छ। भिड्भाड बाट जोगिनु राम्रो,पसलको भर्याङको रेलिँग छुने,सामानहरु छुँने काम नगर्ने,सकेसम्म कम बोल्ने बाहिर।
आफनै भिड बाट पन्छिने आदी इत्यादी।
लकडाउनका दुई पक्ष छन्। कोरोना महामारीलाई 'पर्खाउने' र तयारीका लागि समय निकाल्ने। प्रभावकारी तयारी नहुँदा लकडाउन खोल्ने बित्तिकै महामारी उग्र भै हाल्छ। नेपालमा यस्तै देखिँदैछ। नागरिकले लकडाउनको आर्थिक-सामाजिक पीडा खेपे। सरकारले झारा टार्ने काम मात्र गर्यो। कोरोना कहर जस्ताको तस्तै
ल्याब हरु ले पैसा कमाउने होडमा नेगेटिभ केस लाई पनि पोजिटिभ नबनाउलान भन्ने के ग्यारेन्टी छ? पोजिटिभ भए पो कन्ट्याक्ट् ट्रेसिङ गर्दा अरु धेरैले टेस्ट गर्न आउलान।
जिल्ला सञ्चालकज्युहरुलाइ सुझाव:
१. अत्यावश्यक सामाग्री किनमेलमा समय तोक्दा भिंडभाड बढेर संक्रमण सर्ने सम्भावना बढ्छ- दिनभर खोल्न दिनुपर्छ ।
२. दुरी कायम गरेर खुला वातावरणमा मर्निङ वाक लगायत व्यायाम गर्न दिनुपर्छ । नत्र अन्य रोगको समस्या आउंछ ।
पहिलेका गल्तीहरु नदोहोर्याऔं ।