नयाँ वर्ष २०८३ को शुभ उपलक्ष्यमा यहाँ र यहाँको परिवारजनहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।🙏🙏💐💐🌄
असत्यमाथि सत्य तथा अन्यायमाथि न्यायको विजयको प्रतीक यस महान चाड विजया दशमी(बडा दशैं) को शुभ अवसरमा यहाँ र यहाँको परिवारमा सुख, शान्ति, शु-स्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !!🙏🙏🙏
हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली नारीहरुमा सुख, सुस्वास्थ्य तथा दीर्घायूको हार्दिक मंगलमय शुभकामना!🙏🙏
हिन्दूहरूको विशेष र पबित्र पर्व रक्षा बन्धन, ऋषि तर्पणी तथा जनै पूर्णिमाको हार्दिक शुभकामना!🙏🙏
येन बद्धो बली राजा दानवेन्द्रो महाबलः।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल॥
मेरा ईनार न त सत्तल पाटिकै छन्
जे धन चीजहरु छन् घर भित्रनै छन्
त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु न राखि किर्ति
( आदिकवि भानुभक्त आचार्य)
आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको शुभकामना !!
“Gender equality in digital transformation " भन्ने मूल नारा सहितको यस बर्षको विश्व दूरसंचार तथा सूचना समाज दिवस(World Telecommunicaiton & Information Society Day) को उपलक्षमा यहाँहरु संम्पूर्णमा हार्दिक शुभकामना!
“सुचना प्रविधिको अभियान: डिजिटल नेपालको निर्माण” भन्ने मूल नारा सहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस 2025 को सम्पूर्णमा हार्दिक शुभकामना। आगामी दिनमा सुचना तथा संचार प्रबिधिले सामाजिक, आर्थिक तथा राजनीतिलाई सकारत्मक रुपान्तरणमा थप योगदान पुर्याउन सकोस।