ARISE, AWAKE & STOP NOT TILL THE GOAL IS REACHED
Professor
Psychiatrist
Kathmandu University School of Medical Sciences
लेखक: गीतामा मनका कुरा; मनका कथा
अधर्मेणैधते तावत् ततो भद्राणि पश्यति।
ततः सपत्नान् जयति समूलस्तु विनश्यति॥
-मनुस्मृति (४,१७४)
अधर्म वा अरूलाई चोट पुर्याएर मानिस शुरुमा त शानदार रूपमा फस्टाउँछ, राम्रो दिन आएको जस्तो देख्छ, र आफ्ना विरोधीहरूमाथि विजय पाएको जस्तो पनि देखिन्छ; तर अन्ततः ऊ जरैदेखि नष्ट हुन्छ।
हिन्दूधर्म संरक्षण समितिद्वारा प्रकाशित "वैदिक सनातन धर्म, दर्शन र अध्यात्म: एक चिन्तन यात्रा" नामक पुस्तकमा 'गीताको सार्थक उपसंहार ' शीर्षकमा प्रकाशित मेरो लेखको छायाँ चित्र यहाँ साझा गर्न चाहें ।
मानव 'मन', श्रीमद्भगवद्गीता, त्यसभित्रका 'मनका कुरा', मनोचिकित्सा, अनि आफ्नै पेशाभित्रका भौतिक एवं आध्यात्मिक बहुआयामिक पक्ष- मन खोलेरै कुरा गर्ने मौका मिल्यो!
धन्यवाद शिवशक्ति आचार्यजी अनि "आशाको दियो" !
https://t.co/P9A7KFru7n
जरोकिलो महाअभियानले साप्ताहिक रुपमा आयोजना गर्ने प्राज्ञिक छलफल (webinar) को क्रममा गत साता मैले "सामाजिक सञ्जाल र बाल-किशोर मनोविज्ञान" शीर्षकमा प्रस्तुति दिने मौका पाएँ। त्यसैको भिडियो (clip) साझा गर्न चाहें। प्रतिक्रिया र सुझावको अपेक्षा छ ।
https://t.co/XYWkSVWYjv
"चिन्ता चितासमा ह्युक्ता बिन्दुमात्रं विशेषतः।
सजीवं दहते चिन्ता निर्जीवं दहते चिता।।"
'चिन्ता' र 'चिता' बीच एक बिन्दु मात्रको फरक छ । 'चिन्ता'ले सजीव (ज्यूँदो)लाई जलाउँछ भने 'चिता'ले निर्जीव (मरेको)लाई जलाउँदछ ।
सुन्दर भाषिक समृद्धता !
मनोचिकित्साका लागि अनुपम उपमा हैन त ?
Henry Ford talks about the TEAMWORK:
"Coming together is a beginning.
Keeping together is progress.
Working together is success"
I think this is an important to ponder upon; especially by those who wish to be a LEADER of any TEAM!
'रामायण'मा मारीचले रावणलाई अनि 'महाभारत' मा विदुरले धृतराष्ट्रलाई भनेको मानिने यो नीतिवचन वर्तमान समयका शासक-प्रशासकहरुका लागि पनि उत्तिकै सान्दर्भिक नै छ । ३/३
अर्थात्, हे राजा! कर्णप्रिय मीठा कुराहरु गर्ने सल्लाहकारहरु त जताततै भेटिन्छ्न् । तर अप्रिय किन्तु हितकारी तीता सत्य बोलेर आँखा खोलिदिने वक्ता अनि त्यस्ता कुरा सुन्नसक्ने धैर्यशाली श्रोता भने अति नै दुर्लभ छन् । २/३
आज जुन २१; अन्तर्राष्ट्रिय योग दिवस!
योग हाम्रो सनातन संस्कृतिको अभीन्न अंग हो । भनिएको नै छ, "योग: कर्मसु कौशलम् ।"
ठीक चार वर्ष अघि आजकै दिन कान्तिपुरमा प्रकाशित मेरो यो लेखले यसपालिको योग दिवसको अन्तर्राष्ट्रिय नारालाई नै झण्डै समेटेको रहेछ ।
https://t.co/LhfJLJAd9t
गीता परिवार नेपालमा आबद्ध श्रीमद्भगवद्गीतानुरागीहरुद्वारा गत हप्ता बडीखेल,ललितपुरको स्थानीय राम मन्दिरमा आयोजना गरिएको सामूहिक गीता पारायणको क्रममा दैवासुरसंपद्विभाग योग (अध्याय १६) पारायणको यो भिडियो सम्झनाका लागि साझा गर्न चाहें।
https://t.co/ESb6uQJEB9
गीता परिवार नेपालले साप्ताहिक रुपमा गर्दै आइरहेको सम्पूर्ण गीता पारायण अन्तर्गत केही समय पहिले मैले प्रयास गरेको श्राद्धात्रयविभागयोग (अध्याय-१७) पारायणको भिडियो आज संयोगवश ल्यापटपमा भेटियो । सम्झनाका लागि सञ्जालमा साझा गर्न चाहें ।
https://t.co/ADYnDC79WL
आजको अनुपम संयोग!
ललितपुर महानगरपालिका वडा नं १३ को समन्वयमा श्रीपञ्चेश्वर मन्दिर व्यवस्थापन समितिले सञ्चालन गरिरहेको श्रीमद्भगवद्गीतामा आधारित नैतिक शिक्षा जागरण कक्षाको समापन एवं दीक्षान्त समारोहमा बालबालिकाहरुको सुन्दर प्रस्तुति ! #geetapariwar#गीतापरिवार