केटाहरु बल्ल औकतामा आए।
अब आफुले रातारात धरपकड शैलिमा पक्राउ गरेको तत्कालिन गृहमन्त्री प्रधानमन्त्री संग त माफि मागेर पुग्ला अनि त्यहि आधारमा जलाइएका राष्ट्रको धरोहर,व्यक्तिको निजि सम्पत्ति र मारिएका र जलाइएकाहरु लाइ चै के गर्छौ?के भन्छौ?
सजाय त एकदिन भोग्नै पर्ला।
आज दिनभर MRR तातेछ गगन थापा (@thapagk)को यो पुरानो पोस्टलाई लिएर। बहुसंख्यक घण्टा टोली भएको ग्रुपको म पनि पुरानो सदस्य थिएँ लगभग सुरुवातदेखिनै। चुनावताका "मलाई त अहिलेका नेताहरूमध्येमा गगन थापा नै राम्रो लाग्छ" भन्ने एक वाक्यको स्टाटस लेखेको भरमा निकाले। अब आफैं बुझ्न सक्नुहुन्छ कस्तो ग्रुप हो, कसको ग्रुप हो भन्ने बारे।
विशुद्ध प्राइभेट ग्रुप हो, केटाहरू मात्रै छन् त्यही भएर बेलाबेला हाँसोमजाक त हुने नै भयो, गरिन्थ्यो पनि। फोकटलालहरूले गर्लफ्रेण्डलाई पासवर्ड दिएर बेलाबेला स्क्रिनसटहरू पनि बाहिर निस्किन्थे, अहिले पनि बेलाबेला निस्किन्छन्, त्यस्तो गर्नु राम्रो चैँ होइन।
MRR अहिलेभन्दा पहिले धेरै राम्रो थियो भनेर धेरैले भन्छन्, म पनि त्यही भन्ने गर्छु। किनकि त्यहाँ सबै पार्टीका थिए, सबै जातिका थिए, सबै धर्मका थिए, राजनीतिक गफ कम, रमाइलो बढी अनि सामाजिक कामपनि हुने गर्थे। आफू सेनामा भएकोले त्यस्ता काममा प्रत्यक्ष सहभागी चैँ हुन सकिएन, सक्रिय पनि खासै भइएन।
अहिले त MRR कम, निलो घर (घण्टीघर) ज्यादा भएको छ त्यो ग्रुप। हुनपनि किन नहोस् प्रधानमन्त्री पाइसक्यो ग्रुपले, मन्त्रीहरू, दर्जन बढी घण्टीका सांसद त्यहीँका छन् जो कमसेकम एकपटक MRR मा थिए/छन्।
अब कुरा गरौँ आजको।
आज MRR मा ६ वर्ष पुरानो पोस्ट समातेर गगन थापालाई गद्दार नै बनाइसके ग्रुपभित्र।
पोस्टमा के छ?
"कोभिडको बेला कपनका परिवारलाई खाना सहयोग गरेकोमा धन्यवाद!"
नागरिकता दिनुपर्छ भनेको छैन। सीमा खोल्नुपर्छ भनेको छैन। केवल खाना दिएकोमा धन्यवाद!
१. खाना दिएकोमा धन्यवाद दिनु अपराध हो भने, कोरोना महामारीका बेला राहत बाँडेका सबै अपराधी हुन्। तर त्यसबेला किन चूप?
२. रोहिङ्गा कपनमा बसेको वर्षौं भयो। यो कुरा नयाँ होइन। थाहा हुँदाहुँदै त्यसबेला किन मौन? अहिले मात्र किन हल्ला? किनकि अहिले राजनीतिक फाइदा देखियो।
३. अवैध प्रवेश रोक्ने, दर्ता गर्ने र नीति बनाउने जिम्मेवारी कसको हो? गगन थापाको कि राज्यको? राज्यले नीति नबनाएकोमा दोष व्यक्तिलाई थुपारेर आफ्ना भगवानलाई ठूलो देखाएर खुसी मिल्ने हो? नत्र हिजोको सरकारले गरेन, आजको सरकारलाई सुझाव किन नदिएको?
४. तिमीहरू बाहिर भजन गाएर राम्रो देखाउँछौ। तर जब कुनै नेपालीले संकटमा परेकालाई खाना दिन्छ, त्यसलाई तुरुन्तै गद्दार घोषणा गर्छौ।
सत्तामा हुँदा वा आफ्नो मान्छे हुँदा मौन।
विपक्षी देख्नेबित्तिकै पुरानो पोस्ट निकालेर हल्लीखल्ली।
यो राजनीतिक opportunism हो। खाना दिएकोमा दोष लगाउनेहरू आफैं सीमा व्यवस्थापन र स्पष्ट नीति बनाउन असफल भएका छन्। भारतको सीमा हामीले मिचेका छौँ भन्दा प्रमाण जुटाउन लागेका छन्।
सत्य यति हो:
पुरानो सामाजिक संजालमा गरिएका पोस्ट उठाएर हल्ला मच्चाउन सजिलो छ तर जनतालाई ढाँट्न गाह्रो छ।
लगानी जुटाउनु, सामान उत्पादन गर्नु, बिक्री गरेर मुनाफा आर्जन गर्ने काम बाहेक अरु सबै काम झर्को लाग्दो छन्।
एक्लोपनको आक्रमण हुँदा बरालिन मात्र राजनीतिक टिप्पणी गर्ने हो।
के के पो भ्याउनु ..
यस्ता eco friendly राम्रो गुणस्तरका झोला चाहिए सम्पर्क गर्नुहोस्।
धेरै डिजाइन छन्।
चोट मलाई पर्दामा
दुख्छ भने यदि तिम्रो ज्यान
त्यही हो त्यही हो नेपालीको
राष्ट्रियताको मूल निसान
कुनै विषयमा आगो सल्काउन घृणा भए पुग्छ तर त्यसलाई निभाउन प्रेम चाहिन्छ । आशा छ, हामीले हाम्रो यो समाजको प्रेमलाई कसैको स्वार्थको आगोमा डढ्न दिने छैनौँ ।
@subtextwithS@lendaai 🍀
परिस्थिति जटिल छ.. राजीनामा समाधान होइन।
आफ्ना हुक्केचम्चेको घेरा त्याग्नुहोस्, कठपुतली होइन देशको नेता बन्नुहोस्। सम्वाद गर्नुहोस। प्रतिपक्ष र सबै सरोकारवाला सँग छलफल गर्नुहोस्। पीडितको घाउमा मलम लगाउनुहोस्। कमजोरीको निम्ति माफी माग्नुहोस्।
सम्वादको वातावरण बनाऊनुहोस्। अपिल गर्नुहोस्। न्याय सुनिश्चित गर्नुहोस्, भरोसा दीलाउनुहोस्।
प्रतिपक्ष हिंसा चाहँदैनन् - साथमा लिनुहोस्।
अराजकता र हिंसाका सञ्चालक, हिंसाका उत्प्रेरक र गृह-प्रशासनको लापरवाही गहिरो अनुसन्धान गरी पत्ता लगाउनुहोस्। र यस्ता कुतत्व जो शान्ति चाहँदैनन् तीनलाई कानूनको डण्डा कठोरता पूर्वक चलाउनुहोस्।
प्रधानमन्त्री ज्यू! म तपाईँ को आलोचक हुँ, तपाईंका शैली र तपाईंको उत्थानको मार्गको आलोचना गर्छु, तर आज तपाईं देशको प्रम हुनुहुन्छ र प्रम देशको नेता हुन्छ। देशलाई नेतृत्व गर्नुहोस्। सफल बन्नुहोस्।🙏🙏
Madhesh is burning & the least Balen Shah and his home minister can do is deal with this issue with the utmost sensitivity and urgency. Don't hide behind a Facebook status. It won't work everytime.
Legendary Singer Amrit Gurung says, "प्रिय सरकार र सरकारसँग नजिकका राजनितिज्ञहरु, तराई- मधेशलाई हलुका रुपमा नलिनुस। माओवादी द्व'न्द काल र मधेस आन्दो'लन ताका सम्स्यासँग जुधेका नेता, प्रहरी, सेना, प्रशासकहरुसँग छलफल गर्नुस। उनीहरुको सल्लाह सुन्नुस। २०-२५ वर्ष अघिको घटना क्रम अध्ययन गर्नुहोस्। त्यसताका भ्रमण गरेको मधेशको सम्झना अझै छ। फेरी त्यस्तो नहोस्। कामना छ।" 🙏🏼
अस्ति,
सारा प्रश्न अरुतिर फर्काएर उसले "नबोलेरै" देश जलायो !
आज,
सारा प्रश्न आफूतिर फर्कँदा पुन: "नबोलेरै" देश जलेको हेरिरहेछ !
..
उ देश वनाउन ब्यस्त छ !
प्रधानमन्त्री रवि लामिछाने हुन् कि बालेन्द्र शाह ?
सुनसरी घट्नापछि सरकार प्रमुखले गर्नुपर्ने प्राथमिक कार्यहरु प्रधानमन्त्री शाहबाट नभई सभापति लामिछानेबाट भइरहेको देखिन्छ — समयमै सद्भाव-सन्देश जारी गर्ने; सर्वदलीय बैठक डाक्ने; विपक्षी दलहरुसँग समन्वय गर्ने; संयुक्त वक्तव्य निकाल्ने; जनतालाई संयमका निम्ति आह्वान गर्ने; राष्ट्रपतिलाई ब्रिफ गर्ने आदि ।
यी काम रवि लामिछानेले गर्नु हुँदैनथ्यो मैले भनेको हैन । तर यस्तो असामान्य घडीमा प्रधानमन्त्रीले फेसबुकमा एउटा टिप्पणी लेख्नेबाहेक जुन स्तरको सक्रियता देखाउनु पर्थ्यो, आम नागरिकलाई जसरी ढाडस दिनुपर्थ्यो, अभिभावकत्व जसरी निर्वाह गर्नुपर्थ्यो — यी सबै आधारभूत दायित्वमा उनी चुकेका छन् ।
के उनले आफ्नो भूमिका आफैं खुम्च्याउँदै लगेको महसूस गरेका छन् ?
"छोटो बढ्यो भने ज्यादा फूर्ति ढाँचा बढाउँछ ।
उर्लँदो खहरे हेर कत्तिको गड्गडाउँछ ।।"भनेजस्तै
-आफू एलानी जग्गा कब्जा गरेर बस्ने अनि उल्टै प्रश्न सोध्ने नागरिक लाई हाल्छु ,जाक्छु ,ठोक्छु रे!
अनि यिनि हरु नै होइनन हल्लाको भरमा देश जलाउने?
निःशब्द भएँ…
घरायसी (Household) मिटरमा ५० युनिटभन्दा बढी खपत हुँदा VAT लगाइएको कुरा नीतिगत निर्णय भनेर बुझ्न सकिन्छ।
तर कृषि सिँचाइको मिटरमा पनि VAT किन?
आफूलाई कृषिप्रधान देश भन्ने, तर किसानलाई प्रोत्साहन गर्नुको सट्टा खेतीपातीको लागत अझ बढाइदिने?
किसानले मल, बीउ, श्रम, मौसमको जोखिम सबै बेहोर्छन्। त्यसमाथि उत्पादनको उचित मूल्य पनि प्रायः पाउँदैनन्। कम्तीमा सिँचाइका लागि प्रयोग हुने विद्युत्मा त VAT नलगाइदिनुपर्थ्यो।
कृषिलाई प्रोत्साहन गर्ने कि झन् बोझ थप्ने?
गरिब किसानको पीडा सुन्ने कोही छैन र?
हाम्रो देशमा सरकार छ कि छैन?
बजेट भनेको संसदबाट पारित भइसकेको कानुन हो र यसअन्तर्गत "आर्थिक ऐन" अभिन्न अंग हो।यी करहरू आर्थिक ऐनबाट लगाइएका हुन्।
आर्थिक ऐनको संशोधन कुन विधिबाट गरिएला?