गरिबीले प्रेमलाई सपना बनाउँछ,
र धनले प्रेमलाई भ्रम।
जब प्रेम अनि पैसा
एउटै छानामुनि आउँछन्,
त्यहाँ त्याग र स्वार्थबीच युद्ध सुरु हुन्छ।
अन्त्यमा, वा त प्रेम मर्छ, वा आत्मा।
यही हो जीवनको गहिरो विडम्बना।
#म_अनि_मेरो_भावना
केही त्यस्तो तरिकाले तिमी
मालाई याद गर्नु,
केही त्यस्तो तरिकाले तिमी
मेरो ख्याल राख्नु,
केही त्यस्तो तरिकाले तिमी
मलाई चियाउनु,
केही त्यस्तो तरिकाले तिमी
मलाई पुकार्नु,
केही त्यस्तो तरिकाले तिमी
मलाई प्रेम गर्नु...
साहेब,
जवाफमा तिमीलाई
सम्पूर्ण म मिलु...🤞
जो मानिस आफूलाई दोस्रो व्यक्तिको स्थानमा राखेर उसको दृष्टिकोणबाट परिस्थितिलाई हेर्न सक्छन्, उनीहरुले आफ्नो भविष्य अन्धकार हुन्छ भनेर चिन्ता लिइरहनु आवश्यक पर्दैन |
शुभ बिहान, हजुरहरु सम्पूर्णको दिन शुभ रहोस् | ☘️🤞
उसलाई सम्झेर मन भरी पीडा बोकेको छु,
सपनाहरू सँगै बुनेका थिएँ, आज खाली भएको छु !
जिन्दगीको हरेक मोडमा तिमी साथ हुन्छौ भन्थें,
तर आज त्यो वाचा पनि तिमीसँगै गुमाएको छु !!!❣️🙏