श्रीमान प्रचण्डज्यु ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो बिगत ८ बर्ष देखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।
जिवनका कथाहरु आफैं सङ्गका छन अनि रहने छन फेरि पनि समयका काल खन्डहरुले एउटा संयोग जुराएर ल्यायो मेरा भावनाहरु तिम्रो अन्तरमन सङ्ग गांस्दियो तिम्रा भावनामा मैले मेरो हिर्दयको आहट र चीत्कारहरु भेटिरहें कहिले तिमी रोयौ कहिले म रोएँ सायद तिनै आशुका ढिक्काहरुले आत्मीयता लेख्दिएछ प्रिय
आकाश मिल्कदैछ
तिमीलाई खोजी रहेको
यो मन भतभति उम्लिरहयो
हेर त रात छिप्पीदै गर्दा
सङ्गै तिम्रो याद छिप्दै गयो
आँखाका आँसुलाई
परेलीमा बाँध बनाएर
आँखाभित्र लुकाउदै
आकाश लाई नियालीरहेँ
त्यो चाँदनी पनि तिमी जस्तै
मुस्किराई रहेछ टाढा छ
देख्न सक्छु छुन सक्दिनँ!!