एक निमेषमा सकिएका
दुखकाे बस्तिहरुबाट
भग्नाबशेषहरु बटुलेर
टाल्नु छ राेदन
धेरैदिनदेखि हेर्दै छु,
धमिराकाे देबल
माैरीकाे परिश्रम
सामान्य किरा बटुलेर
कमलकाेठीले गरेकाे रुपान्तरण
हेरेकाे धेरै भयाे
अब हराउनु छ
अाफ्नै जगमा टेकेर
पुनर्निर्माण गर्नु छ
क्षेतबिच्छेद भएका प्यारा सपनाहरु
(भित्र चिसो, नाङ्गो एकान्तको स्वाद, उज्यालो सँगको संघर्ष)
चकमन्न रातका अँध्यारालाई
म कहिल्यै नफर्किने सत्य झैँ स्वीकार्छु
किनकि अन्धकारको काखमा
मेरो आधा जीवन
आफ्नै आवाजले डराएर
फर्किएको छ।
रातको सास
यति गहिरो हुन्छ कि
मनको भित्तामा टाँसिएका
पुराना चिहानहरू
फेरि–फेरि खुल्न थाल्छन्।
प्रियजनका नाम
धुलोले छोपिएर उठ्छन्,
र भित्र कतै
टुटेको आत्माको करुण ध्वनि
बिना शब्द बगिरहन्छ।
तिमी,
जसलाई सम्झँदा उज्यालो आउँथ्यो
आजकल त्यही याद
रातको चिहानमा छरिएको
चिसो कपाल जस्तो लाग्छ,
छुन डर लाग्छ,
तर नछुँदा
मन झनै अन्धकारमा डुब्छ।
कहिलेकाहीँ
म आफैलाई नै सोध्छु
उज्यालो कहिलेकाहीँ
किन यति निर्दयी हुन्छ ?
किन केही मानिसहरूको जीवनमा
भोर ढिलो–ढिलो,
र कहिलेकाहीँ त
आउँदै नआउने निर्णय गर्छ ?
अन्धकारले मलाई सताउँदै,
अन्तर्मनको शून्यताले
टुक्रा–टुक्रा पारेको छ।
र तिमीलाई सम्झँदा
सान्त्वना भन्दा बढी
सजाय झैँ लाग्छ,
किनकि
जुन उज्यालो सँग तिमी आउँथ्यौ,
त्यो उज्यालो
अब माझतिर फर्किँदै छ।
चकमन्न रात
अब शत्रु होइन,
यो त
मेरो अन्तरको आखिरी साथी बनेको छ,
जहाँ म
आफूलाई हराउँदै
फेरि–फेरि भेट्न बाध्य हुन्छु।
रात गहिरिँदै जाँदा
म बुझ्छु,
मानिस उज्यालामा होइन,
अन्धकार मै
आफ्नो साँचो स्वरूप देख्छ।
र म,
आज पनि
चकमन्न रातका अँध्यारालाई
निराश भयभीत मुटुलाई बोकेर
त्यसरी नै स्वीकार गर्दैछु,
जसरी
एक पराजित सैनिक
अन्तिम पटक
आफ्नै घाउ सँग सम्झौता गर्छ।
#म_अनि_मेरो_भावना
भवितव्य के हाेला भनेर
गन्तव्य खाेज्दै
बाईपनि नभनी निस्केकाे म
तिम्लाई हेरेरै तिम्रो शहरबाट हराएकाे हुँ।
आजकाल याे शहरमा यसरी देखिएकाे छु
तिमी बिना एक्लाे छु,अपुराे छु ।
यादहरु मनमा लुकाएर
देखाउन सक्छु त
मेरा वरिपरिका
यी सुनसान घरहरु,
जस्ले यतिबेला तिम्रो प्रतीक्षा गरिरहेछ ।।
कतै
भोक र रोगको विलाप छ
कतै
उन्मादी रहरको आलाप छ।
कतै
अविरल आँशुको बहाव छ
कतै
असीम शोकको सन्ताप छ।
कसरी मिल्न सक्छ एकसाथ?
रङ्गिन र रङ्गहीन
विभत्स र करुण
प्रेम र घृणा
रिस र मोह
मिलन र बिछोड...
दुनियाँ जे छ
दुरुस्तै कविताजस्तै छ।
शङ्का लाग्छ!
कतै ईश्वर पनि
कवि त थिएन?
☺️
कतिलाई माया छ ,कतिलाई रिस छ ।
घटनाकाे नाम हाे गाैशला छब्बीस छ ।
बुझ्नुपर्थ्याे नि ! कति लाटी रैछे माेरी ?
खेलाडी हाे,धेरै खेल खेल्न खप्पिस छ ।
कानुनले छुट्याउछ , म त छुट्याउदिन नि !
मेराे तर्फबाट दुबैलाई काजु र किसमिस छ ।
✍️
घमण्ड थियो , आपसमा दुरी थियो !!
धनी तर मन'को साह्रो निष्ठुरी थियो !!
शब्दरुपि वाणहरु यसरी चल्ने गर्थ्थो
हेपाई मा जिउनु पर्ने मजबुरी थियो !!
म सदैव~चुपचापका साथ बस्ने गर्थे
उसमा बलबुद्धिको चुरीफुरी थियो !!
सदैव चोट मैले नै सहनु पर्ने अवस्था
म संग अचानो, ऊ संग छुरी थियो !!🙏
‘हामी त्यसै आएको होइन
बलिराजाले पठाएको’
प्रस्तुत पंक्ति भट्याउँदै, देउसी खेल्दै कैयौँ युवा पुस्ता हुर्किए । तर, देउसीमा वर्णित बलिराजा को हुन् त ?
हिरण्यकशिपुका पनाति, प्रह्लादका नाति र विरोचनका पुत्र हुन्, बलिराजा । यिनी अत्यन्तै दानवीर, ज्ञानी र परोपकारी असुर राजा थिए । हिन्दू वाङ्मयमा यिनलाई दैत्यराज भनी उल्लेख गरेको पाइन्छ । आफ्ना सैनिक तथा जनताले यिनलाई ‘स्वर्गको समेत राजा हुन सक्नुहुन्छ’ भन्ने सल्लाह दिए । सोहीअनुसार, बलिराजाले देवतासँग युद्ध गरे, जसलाई देवासुरसङ्ग्राम भनिन्छ । यस युद्धमा देवताको हार भयो । स्वर्गका राजा इन्द्र आफ्नो राजगद्दी त्यागेर भागे । देवताहरू हारगुहार गर्दै विष्णुकहाँ सहयोग माग्न पुगे । विष्णुलाई ठूलो समस्या पर्यो, किनभने हिरण्यकशिपु मात्र होइन, उनका पनाति बलि पनि विष्णुभक्त थिए । त्यसैले उनले छलकपट गरेर देवतालाई बचाउने प्रयत्न गरे ।
बलिराजाले स्वर्गमा अश्वमेध यज्ञ गरिसकेका बेला वामन रूपमा ब्राह्मण भेषधारी विष्णु उपस्थित भए । वामनलाई देखेर बलिराजाले विनम्रतापूर्वक स्वागत गर्दै आफूकहाँ आउनुको कारण सोधे । यस्तो आग्रह सुनेर वामनले आफूलाई तीन पाउ जमिन चाहिएकाले माग्न आएको खुलासा गरे । दानवीर बलिराजाले सहजै स्वीकार गरे । अन्ततः विष्णुले विशाल रूप धारण गरेर एक पाउले पृथ्वी र अर्को पाउले आकाश ढाकिदिए । बाँकी एक पाउ दानका लागि राजा बलिले आफ्नो शिर दिए । दुई पाउलाई ठाउँ पुग्यो, अब अर्को पाउका लागि ‘देऊ शिर’ भन्दै शिर मागेको हुँदा ‘देऊ शिर’बाट देउसिरे भएको हो । बलिराजाको शिर पातालमा धसिएका थिए । त्यसपछि पाताल भासिएका बलिराजाले विष्णुलाई म मत्र्यलोक जान चाहन्छु भनी माग गरे ।
विष्णुले यमपञ्चकको पाँच दिन उनलाई मर्त्यलोक आउन पाउने अनुमति दिए । उनी मर्त्यलोक आउने भनेपछि पाँच दिन मर्त्यलोक गरिब छैन भनी झकिझकाउ बनाउँदै नाचगान गरी यसरी देउसी–भैलो सुरु भएको हो भन्ने किंवदन्ती पाइन्छ ।
…✍️
टोड्नै नसक्ने दुखको पर्खाल जिन्दगी!
सुनाउनै नसक्ने यस्तो बेहाल जिन्दगी !
आज पेटभरी खाएमा भोलि के खाउ ?
गरीबी, भोकमरी,अनिकाल जिन्दगी !!
कुन समयमा आएर सकिन्छ जीवन…?
बिना उत्तरको छ यो सवाल जिन्दगी !!
रामको नाम जपेर , ओछ्यानमा परेर ,
मृत्यु कुर्न बाध्य बुढेसकाल जिन्दगी !!🙏
मृत्यु पछि पनि
जीवन हुन्छ
केवल मं हुन्न
मृत्यु पछि पनि
समय हुन्छ
पृथ्वि नहोला
खगोल नहोला
मं नदेखौला
केहि अवश्य हुन्छ
मृत्यु
मं बिना
मेरो जीवनको
मेरो हुनु, नहुनुको
निरन्तरता हो!
यदि मं अहिले छु भने
सदा रहने छु
ताराहरूको चमचममा
आकाशगंगाको लहरोमा
खोलाको सुसाइमा
र चराको चिर्बिरमा!
लेख्न त मन छ
समयको चित्कार!
जमानाको अत्याचार!
लेख्न त मन छ
आँशुले भिजेको कविता
पिडामा चिच्याइरहेका कथाहरु।
तर~
फुर्सद कहाँ छ हजुर!
कसैलाई कसैको दु:ख पढिदिने?
सुनिदिने भाव र अभावका व्यथाहरु
समय छ र कसैसँग?
त्यसैले त
म आजकल
प्रेमका कविता लेख्दैछु
केही नै सही
प्रेम त लेख्दैछु!
😍
#मुक्तक
प्रतिक्षा तिम्रै हुनेछ, जिन्दगी लिएर तिमी आउन पर्छ
बगर सुकेर प्यासी छ, नदी लिएर तिमी आउन पर्छ ,
आउन त आफन्त आउँछन , पराई पनि आउँछन
सबै रुवाउन आउँछन, खुशी लिएर तिमी आउन पर्छ ।
#सिर्जु
बाटाको किनारका फूलहरू
हुन त स्वतन्त्र हुन्छन्
ती फूल पनि
फक्रिएपछि मुस्कुराउँछन्
मगमगाउँछन्
ति फूलहरू सबैले छुन्छन्
सबैले चुँड्छन्
ती फूलका पत्रपत्र उधारेर
स्वार्थीहरू
अन्तरङ्गसँग खेल्छन्
र
कुल्चिएर हिड्छन्
तर
बाटो किनारका फूल चुँड्ने
फूल टिप्ने
फूल बेच्ने र किन्नेहरूको भीडमा
बाटोका फूलहरू
ती फूलका बोट गोडमेल गर्ने
कोही हुँदैन्
अनपेक्षित दृश्य देखेपछि
लाग्छ
फूलहरू
आफै स्वतन्त्र छैनन्।