यस्ता विज्ञापनलाई कारबाही कसले गर्ने? मनलाग्दी गर्न त पाइन्न नि! कसले प्रमाणित गर्देछ कुन्नि? के सोच्छन् होला है मान्छेहरू? व्यापार भन्दा माथी हुन्छ होला नि मानवका कुरा। संवेदनशील विषयमा भद्दा मजाक सुहाउन्न कि। कहाँ के लेख्ने कुरो त बुद्धी को भन्दा विवेकले काम गर्न पर्ला!
हिजो संसदमा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले संस्कृतको श्लोक भन्नु मात्र भएन, संस्कृतलाई 'हाम्रो' पनि भन्नुभयो। म दुःखी यसर्थमा मात्रै छु कि वहाँ (हरू) कै कारणले म लगायतका नयाँ पुस्ताले संस्कृतलाई हाम्रो भन्न पाएनौँ !