अगाडी अच्छा अनि पछाडी बुरा किन गर्छ?
मुखमा राम राम बगालीमा छुरा किन गर्छ?
केहि फाइदा त पक्कै हुनुपर्छ उसलाई पनि,
नत्र आफ्नो खाएर अर्काको कुरा किन गर्छ?
आफुले चाहेजस्तो मनोमानी गर्न सजिलो छैन।
आफ्नै आत्मा सँग बेइमानी गर्न सजिलो छैन।
जति इमानदार,मेहनती र लगनशील भएर पनि
योग्यता अनुसारको आम्दानी गर्न सजिलो छैन।