@BhismaK62 यो भावभङ्गिमा सहितको प्रस्तुति उनीहरूको परम्परागत सम्पत्ति हो। यो नृत्यमा यस्तै भावभङ्गिमा प्रस्तुत हुन्छ जसले माउरी समुदायमा विश्वास, भरोसा,आँट विकास गर्छ र निडर बनाउँछ।
हाम्रो परम्परागत सम्पत्ति चाहिँ के?
चाप्लुसी?
असहिष्णु?
अभद्र?
धूर्त?
संसद र सांसदको गतिबिधि देख्नुभएकै होला!
@ganesskarki@ManiWrites बटर फ्लाई ईफेक्ट भन्दा रहेछन् यस्तो कुरालाई खैरेहरू। म चाहिँ भगवानले निर्धारण गरेको कथा भन्छु। ति व्यक्तिलाई तपाइँहरूको साथ लगाउनु थियो त्यसैले भगवानले स-साना कुराहरूमा हजुरहरूलाई अल्मल्याउनुभयो।
@realpbhattarai नागरिकता दिन मिल्ने रहेछ त। यसभन्दा अघि किन नदिएको? एउटा नागरिकले नागरिकता प्रमाणपत्र पाउन पनि प्रधानमन्त्रीले निर्देशन दिनुपर्ने कस्तो राष्ट्र हो यो?
@Vijaykumarko हामीले पाएको स्वतन्त्रता होइन, उच्छृङ्खलता हो। हामीलाई मनपरि गर्न दिएर सत्ताले हामीलाई निकम्मा बन्न छोडिदिएको हो। ताकि हामी मनपरि गर्न पाएरै मख्ख परौं अनि सत्ताले मनपरि गरिरहन पाओस्।
स्वतन्त्रताको नारा धोका हो। सुशासनमा बन्धन हुन्छ; सुसंस्कारमा बन्धन हुन्छ; नैतिकतामा बन्धन हुन्छ।
@belakoboli यो कस्तो वाहियात तर्क हो? डलर पाएपछि जेपनि भनिदिए हुन्छ? विभेद भन्ने चिज समाजले निर्माण गरेको हो। यसमा न धर्म न शास्त्र, कसैको पनि भुमिका छैन। यत्ति त तपाइँलाई पनि राम्रोसँग ज्ञान छ त।
@Nirmaladhakal44 अन्तिमको बुँदामा एक दुई जना हुनुहुन्छ जो तिनै डलरे, धर्मछाडाको उग्र विचारको बहकाउमा आउनुभएको छ र अन्जानमा डलरे र मिसनरीहरूलाई सहयोग गरिरहनुभएको छ।
@ganesskarki नागरिकको विकल्प छान्ने अधिकार वृहत्तर गर्नको लागि त निर्दलीय व्यवस्था चाहिन्छ। इच्छा लागेका सबै उम्मेदवार। छानीछानी भोट हाल्ने। हार्नेजति सबैको जमानत जफत। खासमा दुई दल पनि धेरै हो। यसलाई पनि घटाएर निर्दलीय व्यवस्था ल्याउनुपर्छ। दलिय व्यवस्था नै नेपालजस्तो राष्ट्रको लागि घाँडो हो।