तपाईं भन्नुहुन्छ, “जातको कुरा नगरौँ, अपराध जात हेर्दैन।” तर म फेरि पनि जात र वर्गको कुरा गर्छु। सत्य के हो भने, यो समाजमा महिला हुनु नै असुरक्षित छ। अझ जब ती महिला निम्न आर्थिक वर्ग र ऐतिहासिक रूपमा राज्यद्वारा पछाडि पारिएका समुदायसँग सम्बन्धित हुन्छिन्, तब उनको असुरक्षा झन् गहिरो हुन्छ! सामाजिक, राजनीतिक र आर्थिक सबै तहमा। रिंकु सदा, अङ्गिरा पासी, गृष्मा राम, इनिशा बिक …….. पितृसत्ताले खोसेका जीवनहरूको सूची अझै लामो छ। यी नामहरूले दलित महिलाको जीवन कति भयंकर असुरक्षित छ भन्ने कठोर यथार्थ उजागर गर्छन्। धेरैले भन्छन् “जहाँ पनि जात घुसाउँछौ।”
तर प्रश्न उल्टो हुनुपर्छ “किन यति धेरै पीडितहरू एउटै जातीय र वर्गीय समूहबाट आउँछन्?”
जब समाज नै असमानताको जगमा मा बनेको हुन्छ, त्यहाँ हुने अपराध पनि त्यस असमानताबाट अलग हुन सक्दैन। एक अध्ययनअनुसार, १५५ जना दलित महिला बलात्कारको शिकार हुँदा मात्र १.५ प्रतिशतले न्याय पाएका छन्। नेपालको सत्ता संरचना, जातीय भेदभाव र वर्गीय असमानताले नै यो यथार्थ उत्पादन गरेको हो।अपराधले जात नहेर्ला, तर न्याय प्रणालीले, सामाजिक शक्तिले र हाम्रो मौनताले जात र वर्ग दुवै हेर्छ। जबसम्म हामी दलित महिलामाथि हुने यौन हिंसालाई जातीय, वर्गीय र पितृसत्तात्मक संरचनाको दृष्टिले बुझ्दैनौँ, तबसम्म न्यायको कुरा केवल खोक्रो रहनेछ। यो सत्य हो दलित महिलाहरूको असुरक्षा र हिंसा राज्यद्वारा संरक्षित संरचनागत असमानताको प्रतिफल हो।
#JustceForInishaBK
धेरैजनाले मलाई भदौ २४ को घटनाबारे प्रश्न गर्नुभएको छ। आज प्राज्ञ रवि लक्ष्मी चित्रकार म्याडम को तस्वीर देखेपछि, मौन बस्न सकिनँ।
भदौ २३ मा तत्कालीन राज्यसत्ताले आफ्नै नागरिकलाई निर्दयतापूर्वक हत्या गर्यो। त्यो दिन सम्पूर्ण नेपाल शोकमा डुबेको थियो। यस्तो नरसंहार पछि एक मानवको रूपमा कोही क्रोधित हुनु, भावुक हुनु, पीडित हुनु, त्यो त स्वाभाविक मानवीय प्रतिक्रिया हो। भदौ २४ मा सडकमा निस्किएको जुलुस पनि यही पीडाबाट जन्मिएको थियो, साथीहरूको हत्या विरुद्ध उठेको स्वाभाविक आक्रोश, न्यायको माग, र राज्यप्रतिको गहिरो असन्तोष।
तर एउटा कुरा स्पष्ट रूपमा सम्झनैपर्छ, त्यो दिन सडकमा उत्रिएको आम जनताको आक्रोश निहत्था थियो। न त्यहाँ हातहतियार थिए, न कुनै पूर्वतयारी, न कुनै रणनीतिक योजना। यति ठूलो विध्वंस आम जनताको स्वाभाविक आन्दोलनबाट सम्भव थिएन।किनभने आन्दोलनको नाममा त्यसपछि जे भयो, त्यो देशभर एकै समयमा, एकै शैलीमा, सुनियोजित र संगठित अपराधजस्तै देखिने ती घटनाहरू Gen-Z ले गर्ने कुरा नै थिएनन्! न त त्यस्तो स्रोतसाधन उनीहरूसँग थियो, न त यति व्यापक समन्वय।
राज्यका सम्पत्ति जलाइए, तोडफोड गरियो, विद्यालयमा आगजनी गरियो, निजी धनसम्पत्ति लुटियो, घरभित्र मानिस जलाएर हत्या गर्ने प्रयास गरियो, व्यापारव्यवसाय ध्वस्त पारिए। भाटभटेनीमा जलेका १२ जनाका शवहरूको आजसम्म पहिचान हुन सकेको छैन। अन्तर्राष्ट्रिय संस्थाहरू जलाउने धम्की दिइयो। मिडिया हाउसमा आगजनी गरियो, पत्रकारहरूलाई मार्ने प्रयास गरियो। गम्भीर र जघन्य अपराधमा सजाय पाएका अपराधीहरू जेलबाट भगाइए।हतियार लुटिए।
यी सबै कार्य हाम्रो आन्दोलनको आत्मासँग पूर्णतः विपरीत थिए।यी कार्य कुनै पनि हालतमा आम नागरिकले, विशेष गरी Gen Z ले, नैतिक रूपमा गर्न सक्दैनन्।
भदौ २३ मा तत्कालीन सरकारले हाम्रो साथीहरूको हत्या गर्यो। भदौ २४ मा, अपराधी स्वार्थी समूहहरूले Gen Z को मुकुट लगाएर आन्दोलनको सारमाथि प्रहार गरे, सहिदहरूको बदनाम गर्ने प्रयास गरे, र न्यायको आवाजलाई आपराधिक कथामा रूपान्तरण गरे। आजसम्म पनि हाम्रो आन्दोलन र Gen-Z लाई आपराधिक रूपमा चित्रित गर्ने प्रयास निरन्तर जारी छ।
एक राजनीतिक समूह भदौ २४ लाई लिएर GenZ र सहिदहरूलाई ‘आतङ्ककारी’ भनेर स्थापित गर्न खोज्दैछ भने अर्को राजनीतिक समूह २४ गतेको घटनालाई सामान्यीकरण गर्दै, ‘Gen Z ले ठीक गर्यो’ भनी भदौ २४ का विध्वंसहरूको जिम्मेवारी Gen Z मा थुपार्दै, भदौ २३–२४ लाई आफ्ना अनुकूल व्याख्या गर्दै त्यसलाई आफ्नो राजनीतिक हतियारको रूपमा प्रयोग गरिरहेको छ।। यी दुवै गतिविधि आन्दोलनको मर्ममाथि आघात हुन् र सहिदहरूको बलिदानको खुला चरित्रहत्या हुन्।
आन्दोलनको मर्म सुनिश्चत गर्न, सहिदहरूको न्यायका लागि भदौ २३ का हत्याराहरू र भदौ २४ का विध्वंसकारीहरू दुवैलाई कानुनी प्रक्रियामा ल्याएर सजाय दिनु अनिवार्य छ। न्याय आधा हुँदैन।Selective Justice ले न्याय आउँदैन।
यदि नेपालले सहिदहरूलाई न्याय दिन सक्दैन, हिंसामा र विध्वंस मा संलग्न अपराधीहरूलाई कानूनी दायरामा ल्याउन सक्दैन भने, यो देश अन्यायलाई र दण्डहीनतालाई संरक्षण गर्ने असफल राष्ट्रका रूपमा मात्र इतिहासमा सम्झिनेछ।
In conversation with @Nrg8000 at #TSD2025, @TanujaPandey_ discussed the connection between Nepal’s Gen Z protests and similar youth movements around the world. She said that while they were ‘divided by borders’, they were ‘connected by the cause’. 🌏✊
Hear her thoughts ⬇️
नेपालीको लागि जिबनको अर्थ फेरिएको छ ! घर भित्र लुकेर बस्नु, खोप कहिले लगाउन पाइएला भनेर छटपटाउनु अनि कोरोना लागेपछी अस्पतालमा बेड नपाएर, सास फेर्न गहारो हुदा पनि अक्सिजन नपाएर , काल नजिक, झनझन नजिक आएको देखेर हतप्रभ हुदै दिन काट्नु नै नेपालीको जिबन बनेको छ ! मरे पछी मसानको #
आफ्नो अधिकार र जिम्मेबारी प्रति नारी सचेत छन ! आफ्नो सम्मान जोगाउन र देश तथा जनता प्रति को दाइत्व पुरा गर्न ससक्त छन ! महिला जाती को सम्मान र प्रतिस्ठा प्रति सरकार सधैं सचेत रहोस् !
Safety of women won’t be achieved by restricting her mobility instead disturbs the equilibrium of equality which is regressive .#womenrightsarehumanrights#savedemocracy
First Vice President of the world greatest democracy , Kamala Harris and speaker of the congress , Nancy Pelosi . What a historic time for democracy! Both are making the world proud by representing dreams and aspirations of women of globe .#womeninpolitics
During this hard time ,we’ve distanced ourselves from social life which has invited psychosocial disorder. Be it hardship of economy,isolated life,loneliness or other issues.when we fail to look on to our mental health,we may risk our life to an unaffordable cost.lets have a care
As New Zealand moved to level one with no new corona cases ,PM Arden’s leadership has given assurance to human kind ,how the virus can be defeated. Her Empathy in leadership reflects human equation and the way she broke gender stereotype in leadership.We all are proud of her .
नेपाल-भारत सम्बन्ध नाजुक मोडमा आइपुगेको छ्।बढीरहेको अबिश्वासको परिणाम हो। ईतिहासले बैदिककाल देखीका छिमेकीहरु फेरी दुर्घटना नजिक पुग्ने अपेछ्या गरेको छैन। पररास्ट्र नीति आन्तरिक राजनीतिको दाउपेचबाट प्रीथक रहनुपर्छ।बार्ताको बिकल्प छैन, बार्ताको लागि पत्यार, सहमत गराउने सिप चाहिन्छ
Our geographic sovereignty is at stake , government must show some responsibilities towards the safeguard and dignity of motherland rather than remaining unsighted. let’s all unitedly save our land .
This ornate crown is decorated with emeralds, rubies and diamonds and other semi-precious stones✨
It was probably made in the late 1800s in the Kathmandu Valley, Nepal https://t.co/ZBFNz0Mi19
Right to information is one of our fundamental right which most of us as a citizen doesn’t know and also the way to get access to those information is not familiar to us . Thank you Harin Nepal for creating this platform& Sanjay ji for sharing your ideas and experiences with us