आफ्नो मुलुकको सीमा क्षेत्र सुरक्षित राख्नु सरकारको पहिलो दायित्व हुन्छ। पहिले देखि नै दुवै पक्षले टुंग्याउन बाँकी रहेको भनिएको अवस्थामा भारतले एक पक्षीय रूपमा सडक निर्माण गर्नु पूर्णतः गलत हो। सरकारबाट हुने यस्ता संवेदनशील कमजोरी तुरून्त कुटनीतिक तहबाट हल हुनु अनिवार्य देखिन्छ ।
संसदमा दुइ तिहाइ बहुमत प्राप्त नेता,दुइ बर्ष नपुग्दै,सामान्य बहुमतको लागी,आफ्नै दलभित्र छटपटिदै,एक एक सांसदको टाउको गन्ने स्थितिमा पुग्छ भने;
पहिलो सवाल उस्ले आफ्नै आत्मालाई सोध्नु पर्छ-'यो स्थितिका निम्ति कतै 'म' नै त जिम्मेवार छैन? यो स्थिति ल्याउने निम्तोपत्र, आफैले त छपाईन?'
पुष्प-माधव-झल-वाम
१अाेलीले अभिव्यक्ति स्वतन्त्रता कुल्चिँदा यी बाेले?
२अाेलीले सारा अायाेग अाफ्नाे मुठ्ठीमा पार्दा यी बाेले?
३अाेलीले राज्यकाे श्राेत पैतालामुनि थुपार्दा यी बाेले?
४अाेलीले डा.केसीकाे माग दमन गर्दा यी बाेले?
अहिले अाेलीकाे विराेध गरेकाे अाेलीजस्ताे हुन नपाएर हाे?
८जना पूर्व प्रम/उप्रम/मन्त्री तथा ६जना वहालवाला सांसद र दर्जनौं पत्रकार सहित देशको राजधानीमै अपहरण जस्तो सरकारवादी मुद्दाको जाहेरी दिन जाँदा प्रहरीले ठाडै म लिन्न जानेको गर भन्न सक्छ भने दूरदराजका गाउँमा निर्धानिमुखा जनताले कस्तो न्याय पाउलान्?मुद्दा ठीक वेठीक त पछि छुट्टिन्छ नि!
१ सय ५० भन्दा बढी देशहरुबाट नेपालमा २ सय भन्दा बढी प्रकारका खानेकुरा आयात गरी वार्षिक रु. २ खर्ब २५ अर्ब नेपालीले विदेशमा पठाउँछन् रे । एस्ता आयातित २ सय भन्दा बढी प्रकारका खानेकुरामध्ये धेरै त पत्रु खानेकुरा (अस्वस्थकर, अहितकारी, मन्द बिख) हुन्छन् भन्ने सुनियो ।
जब कुनै पनि पार्टीमा पुराना, काम नलाग्ने बुढा नेता कहिले मर्छन् र क्षमता भएका युवाको पालो आउँछ भनेर कुर्नु पर्ने हुन्छ त्यो समयमा पार्टीलाई मात्र हैन देश र जनतालाई नै ठुलो धोका भइरहेको हुन्छ ।जयसंगत।
@यो फोटो राम्रो सँग हेर्नुहोला।
वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीलाई शतवार्षिक जन्मोत्सवका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु। उहाँको सुस्वास्थ्य, दीर्घ जीवन र आरोग्यको कामना गर्दछु ।
स्कूलले आज किन बिदा दिएको, बाबा? छोरीले बिहानै प्रश्न गरिन। आज शताब्दी पुरुषको जन्मदिन भएर बिदा दिएको हो भनेर अर्थ्याएँ। नबुझेर फेरि सोधिन्: त्यो भनेको के हो? मेलै घरमै लगेर चिनाउँदै भने: वहाँ हो सत्यमोहन जोशी, जो आफैमा एक जिवित पुस्तक हुनुहुन्छ।
मन्दिर नजाने,काजकिरिया नगर्ने,पुजापाठ नगर्ने ,ईश्वरको नाममा सपथ नखाने,भौतिक बादमा बिश्वास गर्ने,धर्मलाई अफिम भन्ने, नेपाललाई धर्म निरपेक्षता बनाउने नेताहरु धार्मिक अनुष्ठान हरुको प्रमुखअतिथी बन्न दौडेको र त्यस्ता नेताहरूलाई प्रमुखअतिथि बनाउने धार्मिक गुरुहरु देखेर अचम्म लाग्छ।