दुनियाँलाई खुशी चाहिन्छ,
अनि मलाई हरेक खुशीमा तिमी।
किनकि खुशी त धेरै चीजले दिन सक्छ,
तर मनलाई शान्ति दिने नाम केवल तिम्रो हो।
जब जीवनले थकाइ दिन्छ,
तिम्रो यादले फेरि बाँच्ने कारण दिन्छ।
मान्छेहरू धन, सफलता र नाममा
खुशी खोज्छन्,
म भने तिम्रो एउटा मुस्कानमै
पूरै संसार भेट्टाउँछु।
मेरो लागि प्रेम भनेको महँगो शब्द होइन,
बरु त्यो अनुभूति हो जहाँ हरेक खुशीको
अन्तिम गन्तव्य तिमी बन्ने गर्छौ।
यदि कहिल्यै जीवनले सोधे,
“सबैभन्दा ठूलो खुशी के हो ?”
म निसंकोच भन्नेछु,
“तिमी… अनि तिम्रो साथमा बित्ने हरेक पल।” ❤️
#म_अनि_मेरो_भावना
कठोर यति छु कि
जीवनले जति नै परीक्षा लियोस्,
म चुपचाप सबै सहेर अघि बढ्न सक्छु,
आँधी, दुख, संघर्ष, सबैलाई
मुस्कान भित्र लुकाएर पार गर्न सक्छु।
तर कोमल यति छु कि,
कसैको एक सानो शब्द, एक बेवास्ता,
एक चिसो व्यवहारले नै
मन भित्रै देखि चिरिन्छ,
नदेखिने घाउहरू गहिरिँदै जान्छन्।
बाहिरबाट म बलियो देखिन्छु,
तर भित्र कतै एउटा नाजुक मन छ,
जसले माया खोज्छ, अपनत्व खोज्छ,
र कहिलेकाहीँ सानो कुराले नै टुटेर फेरि
आफैंलाई जोड्न बाध्य हुन्छ। 💔✨
#म_अनि_मेरो_भावना
यो शान्त समय ,
सुनसान वातावरण…
बोल्न धेरै छ,
तर शब्दहरू मौन छन्।
हावाले पनि मेरो आवाज कुर्दैछ,
तर ..
आज माफ गर प्रिय,
मैले आफ्ना मनका भावनाहरूलाई
मनमै थुनेर राख्ने निर्णय गरेको छु।
शब्द ... मन ... भावना,
एक–एक गरेर सबै मौन भए।
किनकि तिमी गए पछि,
भित्रका आवाज हरूको पनि direction हराए।
वाक्यका धुनहरू चुँडिँदै गए,
भावनाका दला��हरू सुनसान बन्दै गए,
म मनको ढोकामा थुनिएर
अझै पनि तिम्रै प्रतिध्वनि खोजिरहेँ।
शब्दहरू मौन हुँदा,
मन अझै तिम्रै न्यानो सम्झनामा डुबिरहन्छ,
भावना त…
तिम्रो अनुपस्थितिलाई आलिङ्गन गरेर रोइरहन्छ।
र अन्त्यमा बुझेँ,
मौन पनि कहिलेकाहीँ
सबैभन्दा ठूलो कविता बन्ने रहेछ,
जब त्यो तिमीलाई सम्झेर जन्मिन्छ।
#म_अनि_मेरो_भावना
Protesters have a right to peacefully protest and express their frustration and outrage against corruption and the government’s restriction on the right to freedom of expression including the social media ban in Nepal.
Amnesty calls for the immediate de-escalation of the situation and urges the government to adopt a rights-respecting approach in the policing of protests.
शुद्ध मन, आचरण र श्रद्धायुक्त भक्ति भावले शिवजीलाई स्मरण गरेमा भक्तहरूको मनोकामना पूर्ण हुने शास्त्रीय प्रमाणहरूमा उल्लेख गरिएको छ।
🕉 यस पावन श्रावण महिनामा सबैले शिवजीको आराधनामा समर्पित हौं। चिताएको फल प्राप्त होस्।हर हर महादेव!
🙏🏻 श्रावण सङ्क्रान्तिको सबैमा हार्दिक शुभकामना।
🌿 श्रावण सङ्क्रान्तिको पावन अवसरमा हार्दिक शुभकामना 🌿
श्रावण महिना हिन्दू धर्मशास्त्रमा अत्यन्त पवित्र र फलदायी महिनाको रूपमा वर्णित गरिएको छ। धार्मिक ग्रन्थअनुसार, यही महिनादेखि भगवान् विष्णु योगनिद्रामा लीन रहनुहुन्छ, जसको परिणामस्वरूप ब्रह्माण्डको सञ्चालन र पालनको सम्पूर्ण
जिम्मेवारी भगवान् शिवजीले ग्रहण गर्नुहुन्छ। यही कारणले श्रावण महिनामा शिवजीको आराधना विशेष फलदायी र प्रभावशाली हुने मान्यता रहिआएको छ।
यो महिनामा भक्तजनहरू व्रत, जलअभिषेक, बेलपत्र अर्पण, र शिवनाम स्मरणमार्फत भगवान् शिवको आराधना गर्छन्।
"क्षीणे पुण्ये मर्त्यालोकं विशान्ति"
जब पवित्र कर्मको फल समाप्त हुन्छ, अनि मानिस सुखको शिखरबाट जीवनको निम्न स्तरमा झर्न पुग्दछ।।
#शुभबिहानी#Bhagavadgita
ऊ मेरो कविता होइन
. . . . . . . . . . . . . .
उसको ब��ह्य बनावट,सजावट
लेखन,आकर्षण अनि मिठास
लाई देखेर मलाई लाग्दथ्यो हो
ऊ मेरो कविता हो,मेरो सुन्दर कविता।
किन्तु जब उसको आन्तरिक गहनता लाई देखेँ
त लाग्यो होइन,होइन . . . यो मेरो कविता होइन
यो कविता हुनै सक्दैन।
हा हा हा,किन्तु अब मैँले बुझेँ
जो देख्न मा केही अरु अनि भित्र बाट अरु नै केही,
जसलाई सहजै बुझ्न सकिँदैन त्यही त कविता हो।
हो ऊ मेरो कविता होइन
किन्तु कविता हो
कोही अरु को,सायद उसको . . . !
#म_अनि_मेरो_भावना
“यं यं काम कामयते सोऽस्य संकल्पादेव समतिष्ठति”– एकाग्रचित्तले मानिस जुन वस्तुको कामना गर्दछ त्यो वस्तु संकल्पबाट मात्र पनि उसलाई प्राप्त हुन्छ ।
#शुभबिहानी l🙏🏻🧘🏻
"भ्रष्ट लोकतन्त्र को ईमान्दार नागरिक"
हो हजुर म भ्रष्ट देश को निवासी हुँ,
भ्रष्टाचार बाट मात्र मुक्ति चाहन्छु,
मलाई चाहिन्छ निशुल्क बिजुली पानि,
त्यस मा पनि कयौँ पटक हुक लगाउँछु,
अनि तरिका आजकल ट्याक्स बाट छुट्ने,
थाहा छैन के-के को बिल देखाउँछु,
यस्तरी बितिरहेको छ ऐसो-आराम सँग जिन्दगी,
तर हर योजना बाट लाभ चाहन्छु,
पढाउनु छैन सरकारी स्कुलमा बच्चा लाई,
तर नोकरी उनीहरु को पक्कै म सरकार��� चाहन्छु,
मलाई चाहिन्छ हरेक प्रकारका छात्रवृत्ति हरु,
न्यूनतम आय दर मा नाम् चाहन्छु,
हरेक पटक बिक्छु म सस्तो मदिरा को नाम् मा,
तर ��ेश को सरकार म ईमान्दार अनि सुद्रिढ चाहन्छु,
हरेक पटक बदलिँदो सरकार मलाई निराश पार्छ,
म जीवन को उदासीनता देखि भाग्न चाहन्छु,
मेरो जीवन होस् सबै विलासिता हरूले परिपूर्ण,
तर त्यसको मूल्य चुकाउन म चाहन्नँ,
जुन सरकार ले गर्छ मेरो मतलब हरुलाई पुरा ,
उसैको सत्ता पटक्-पटक् ल्याउन चाहन्छु,
भलै बेची आओस् देश् लाई बिदेसी को हात मा,
मेरो स्वार्थ सिद्ध होस् मात्रै यति चाहन्छु।
#म_अनि_मेरो_भावना