+3
यसरी समय सान्दर्भिकता नभएको गीत नसुनौ भन्यो श्रीमतिज्युलाई टिकटक बनाउन दुई दुई दिन बिदा मिलेको छ, यहि गीतमा ब्याकग्राउन्डमा टाउको हल्लाईदिनै पर्यो।
अब प्रश्नचिह्न सिधा सरकार माथि, के कानुनी झमेलामा फसेर यो गीत संसोधन गर्न महिनौ कुर्ने कि अध्यादेश मार्फत तु समाधान गरिहाल्ने?
सरकारले कानुनी झमेलामा नफसी अध्यादेश मार्फत **२ जनाले जागिर खाने टक्क 10 टु 5** भन्ने गीत यथासिघ्र संसोधन गरोस्।
गीतमा भनेजस्तो १० बजेको अफिस हाल ९ बजे खुल्ने भैसक्यो, जसले गर्दा घरमा बिहान बिहान आनन्दको लाइफ छँदै छैन ।
+2
बिहान साग खान मनलाग्ने शाकाहारी कर्मचारीले बेलुकै धोईपखाली राख्न पर्ने बाध्यता छ भने खसीको मासु खान मन गर्ने मांसाहारी कर्मचारीले साझै ३ सिटि लाएर किस्ताबन्दीमा पकाउन पर्ने बिकराल परिस्थिति छ।
+1
पहिले अलारम लाएर ८ बजे उठ्ने श्रीमानहरु आजकल साढे बजे दाल बसालेको कुकरको सिटिले उठ्न बाध्य छन्। खाना खाने र शौच गर्ने समय बिचको अन्तराल निक्कै साघुरिएको छ कि दिसा गरेपछि धोएको हात सुक्न नपाउदै खाना खानु अघिको हात धुने बेला भैसक्छ।