सुकुम्बासी बस्तीमा फौजी आक्रमण गरेर विध्वंस मच्चाउनुको सुरक्षा, व्यवस्थापन वा अन्य कुनै प्रयोजन थिएन । मेयर हुँदा नसकेको झोक र यिनीहरूलाई मेरो ताकत देखाइदिन्छु भन्ने अहंकार सिवाय केही थिएन ।
गणेश नेपालीको घटनाले स्तब्ध बनाएको छ।
यो घटना समाज, राज्य र हाम्रो सामूहिक चेतनालाई झस्काउने अत्यन्तै पीडादायी क्षण हो।
यस कठिन घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु। उहाँहरूलाई यो असह्य पीडा सहने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु।
यससँगै सबैमा एउटा विनम्र अनुरोध छ।
यो कुनै राजनीतिक बहस वा द��षारोपणको विषय होइन। यो एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय हो।
यस कठिन घडीमा गणेशजीका आश्रित परिवारलाई कसरी साथ दिन सकिन्छ, कसरी उनीहरूको दुःखमा केही भए पनि मल्हम लगाउन सकिन्छ भन्नेबारे आ–आफ्नो ठाउँबाट सोचौँ र सक्दो सहयोग गरौँ।
विगत र वर्तमान कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको हाम्रो सामूहिक आत्मचिन्तनको विषय बनाऔँ।
हाम��ले आफैँसँग केही कठिन प्रश्न सोध्नैपर्छ। एउटा युवा किन यस्तो निराशाको बिन्दुसम्म पुग्छ? आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ? राज्यका सेवा र संयन्त्रले नागरिकलाई आड, साथ र भरोसाको अनुभूति गराउनुपर्ने हो, तर किन कतिपय नागरिक राज्यकै सामु आफूलाई यति असहाय महसुस गर्छन्? समाज, परिवार, राज्य र हामी नागरिकका रूपमा कहाँ चुक्यौँ?
यी प्रश्नहरूको इमानदार उत्��र खोज्नु र भविष्यमा कुनै पनि नागरिकले यस्तो बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुनेछ।
गणेश नेपालीजी - स्तब्ध छु। लज्जित छु।तर संसदमा वा अन्य कतै,झुटो आंसु र दुखको सस्तो नाटक देखाएर,तपाईको आत्मदाहलाई थप अपमानित गर्न चाहन्न।तपाई जेनजी आन्दोलनमा लाग्नु भएको थियो क्यारे।कोही देश जल���उन सक्छन,कोही आफै जल्न बाध्य हुन्छन।किस्ताको बाइकको 'व्हिल लक' र एक हजारको जरिवाना पनि कसैका लागी जीवन-मृत्युको सवाल हुनसक्छ भनेर बुझ्नेहरुको ठांउ होइन यो।
हिजो दिनभरि मन भारी रह्यो। गणेश नेपालीको शरिरको आगोले, हामी सबैको मन र आंखाका काला कपटी कुनाहरु अलिकति भए पनि सफा पार्न सके त्यो नै गणेश नेपाली प्रति सच्चा श्रद्धान्जली हुनेछ। शोक सन्तप्त परिवारप्रति हार्दिक समानुभुति 🙏
ओजस्वी थ���पा सरकारको के हो? उनलाई होल्डिङ सेन्टरभित्र प्रवेश गर्न दिइन्छ, तर मानवअधिकारकर्मीहरूलाई पीडितलाई कानुनी तथा मानवीय सहयोग गर्न भित्र जान ओजस्वी थापाकै अनुमति किन चाहिने? ओजस्वी थापाकै इसारामा प्रहरीले मानवअधिकारकर्मीमाथि क���टपिट किन?
टोलका गुण्डाजस्तो व्यवहार र पहुँचका आधारमा राज्य सञ्चालन गर्ने प्रवृत्ति बन्द गर।
कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढीपीडितको नाजुक अवस्था बुझ्न र राज्यसँग जवाफ माग्न पुगेका युवाहरू माजिद अन्सारी, नहेन्द्र खड्का र सरिश्मा थापालगायतमाथि निर्ममतापूर्वक कुटपिट गरी नियन्त्रणमा लिनु अत्यन्तै चिन्ताजनक, लज्जास्पद र घोर निन्दनीय छ।
करुणाविहीन त छँदै थियो यो राज्य, तर यति धेरै असहिष्णु पनि?!
चेत होस् : लोकतन्त्रमा प्रश्न सोध्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो, जसको उत्तर गिरफ्तारी, लाठी वा दमन हुन सक्दैन।सरकार बलियो र विधिको हिमायती तब हुन्छ, जब उसले फरक मत र आलोचना सुन्ने छाती राख्छ।आलोचनालाई दमन गरेर होइन, संवाद र उत्तरदायित्वमार्फत सम्बोधन गर्नु राज्यको दायित्व हो।
फरक मत र जनताको प्रश्न सुन्न नसक्नु बहादुरी होइन, सत्ताको चरम कायरता हो!गिरफ्तार गरिएका सम्पूर्ण युवाहरूल��ई अविलम्ब निशर्त रिहा गरियोस्!
रास्वपाका नेता-कार्यकर्ता, समर्थक-शुभेच्छुक प्रधानमन्त्रीको सतप्रतिशत गलत अभिव्यक्तिलाई ठीक साबित गर्न यो हद सम्मको हर्कत नगरिदिनुस्।एकदिन मै यसको असर हाम्रो अखण्डतामा कति परि सक्यो, मनन् गर्नुस्। देश भन्दा ठूलो अर्को चीज हुदैन। गलत भन्न सक्नुहुन्न भने मौन वसिदिनुस् । Please!
॥ श्री आदिनाथाय नमोऽस्तु तस्मै
येनोपदिष्टा हठयोगविद्या ॥
श्री शिवगोरक्ष–योगी नरहरिनाथसँग सम्बन्धित
कोटिहोम महायज्ञ २०८३ को पावन अवसरमा
सम्पूर्ण श्रद्धालु भक्तजनमा हार्दिक निमन्त्रणा।
यस महापुण्य कार्यमा उपस्थित भई
गुर�� परम्पराको आशीर्वाद प्राप्त गर्नुहुन
विनम्र अनुरोध गर्दछौं।
वेदना र हिंसाभन्दा माथि उठेर करुणा र सद्भावको बाटो रोज्नु नै बुद्धप्रतिको सच्चा सम्मान हो। बुद्ध जयन्तीको यस व���शेष दिनमा रिस र राग त्यागी सबैको मनमा शान्तिको दीप जलिरहोस्।
साथै, प्रकृति पूजक किराँत समुदायको महान् पर्व उभौलीको उपलक्ष्यमा सम्पूर्णमा 'सेवाङ्ली' तथा हार्दिक शुभकामना व्यक्त गर्दछु। बुद्धको शान्तिको सन्देश र प्रकृतिप्रतिको हाम्रो मौलिक संस्कारबीचको यही समन्वय नै हाम्रो वास्तविक पहिचान र सुन्दरता हो।
हाम्रो संस्कृति, आपसी एकता र सामाजिक सद्भाव सधैं अटल रहोस्। शुभकामना!
मान्छेहरू भन्छन्
सगरमाथा ठूलो हो
देशको नक्सा ठूलो हो
ईमान र
ईज्जत ठूलो हो
तर भन्छु
सबैभन्दा ठूलो त
बा��्यकालको सम्झना हो
बाल्यकालमा
कतिलाई भैँसीले लखेट्यो
कतिलाई बाख्राले लखेट्यो
कतिलाई कुकुरले लखेट्यो
कतिलाई गोरुले लखेट्यो
तर मलाई भने
सरकारले लखेट्यो
मलाई प्राप्त जाँचबुझ आयोगको रिपोर्टमा प्रहरीको जिउज्यान कै खतरा हुने स्थिति नहुँदा नहुँदै गोली चलाईएको भनेर लेखिएको रहेछ ! अनि मुजी त्यो महाराजगन्जमा कुटिकुटी मारेको चाईं के हो ? त्यो कोटेश्वरबाट भागेर खोलामा छिरेका प्रहरीमाथि खोलाको दुईतिरबाट बर्बरताका साथ ढुङ्गामुढा गरिएको चाईं के हो ? अनि रिपोर्टमा प्रहरीमाथि पेट्रोल बम प्रहार गरिएको र बम प्रहार गर्नेलाई मात्र ताकेर हान्नुपर्नेमा अन्धधुन्द हानिएको भनेर लेखिएको रहेछ ! लेख्नेलाई नै त्यहाँ ड्युटीमा लगेर राख्नुपर्ने, अनि थाहा पाउँथ्यो ज्यानमा खतरा थियो कि थिएन भनेर !!
यी दिदी देख्दा मलाई कस्तो शैलजा आचार्यको याद आयो के ! चितवन-२ मा उत्तम जनप्रतिनिधी छनौट गर्न मतदातालाई कुनै दुबिधा नहुनु पर्ने तर समय ठिक छैन जे पनि हुनसक्छ !! यदि कसैले मलाई मन पराउनु हुन्छ र चितवन-२ को मतदाता हुनुहुन्छ भने कृपया यी दिदीलाई भोट दिनु होला !! सायद जिन्दगीमा पहिलोपटक होला, मैले कसैको लागि भोट मागेको ;))
जलाउने र भत्काउने व्यक्ति सार्वजनिक बहसमा आउन कहाँ सक्छ र?
लुकेर स्टाटस लेख्ने मान्छे भड्काउने अनि विध्वंस मच्चाउने लुसिफरको असली क्षमता उदाङ्गो भएन र?
केपी ओलीसँग एउटै मञ्चमा उभिँदा ‘हत्यारा’को ट्याग लाग्छ भन्ने बालेन,सहकारी ठगीका सभापति भएको पार��टीबाट उठ्दा भने ‘सहकारी ठग’को ट्याग बोकिँदैन?
हिजो बाबुराम भट्टराईसँग फोटो खिच्दा१७ हजार हत्याको जिम्मेवारी पनि सँगै बोक्ने कि नबोक्ने?
ट्याग सिद्धान्तका लागि हो कि सुविधाका लागि?