खाडीमा 18 घण्टा काम गरेर देशलाई रेमिटेन्स पठाएर देशको अर्थतन्त्रको 80% हामिले चलाएका छौ ,युरोप र अमेरिका छिरेर आफ्नो नागरिकता नै फेरेर बसेका छैनौ हामि ,फेरी पनि म खाडीमा बस्छु र गर्वका साथ् भन्छु यो देश बनाउनमा एक नेताको भन्दा सयौ गुणा योगदान हाम्रो छ र रहनेछ!
#शुभदिनको_कामना
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति श्री रवि लामिछाने र रास्वपाका वरिष्ठ नेता श्री बालेन्द्र शाहसँग टेलिफोनमा सौहार्दपूर्ण कुराकानी भयो।
वहाँहरुको निर्वाचनमा प्राप्त जित र नेपालको निर्वाचनमा रास्वपाको शानदार सफलताका लागि दुवै नेताहरूलाई बधाई दिएँ। वहाँहरूको आगामी नयाँ सरकारका लागि शुभकामना व्यक्त गर्दै हामी दुई देशबीचको आपसी समृद्धि, प्रगति र हितका लागि वहाँहरूसँग मिलेर काम गर्ने भारतको प्रतिबद्धता समेत व्यक्त गरेँ।
हाम्रो संयुक्त प्रयासले आगामी वर्षहरूमा भारत र नेपालको सम्बन्धले नयाँ उचाइ प्राप्त गर्नेछ भन्ने कुरामा म विश्वस्त छु ।
@hamrorabi@ShahBalen@party_swatantra
50 बर्षसम्म राज्य सत्तामा बसेका एमाले र काङग्रेस फेरि पनि देश बनाउछु भन्दै तपाइको घर दैलोमा आउदैछन।।माओवादी नाम नै फेरेर आउदै छ,,जसले जनताले दुई तिहाई दिदा पनि केही गर्न सकेन।।त्यसैले विकल्प हेरौ।।
यसपटक सरकारका हरेक निकायले उपलब्ध भएजतिका साधन र श्रोतहरू राम्रोसँग प्रयोग गरेर भारी बर्षाबाट जिउधनको क्षति न्यूनीकरण गर्न अधिकतम प्रयास गरेको देखिएको छ।
हामी आमनागरिकले पनि आ-आफ्नो तर्फबाट आफु सुरक्षित हुन, अरूलाई सुरक्षित गर्न र सकेको सहयोग गर्न अग्रसर होउँ। संबन्धित निकायहरूका सुरक्षा निर्देशनलाई पालना गरौं।
२० बर्ष देखि राजालाई सरापे तर आज धेरै कुरा अनुभव हुँदै छ | कम्तिमा राजाले त भने देश भित्र बाट सम्हालिनु पर्छ (अहिलेको अवस्थामा सम्सद व्यवस्था पनि राज्य नै हो )यो अवस्थामा संसद अभिवावक हुन पर्ने होइन ? कम्तिमा एउटा एजेन्डा खोजेर निकास दिन सक्न पर्ने होइन ? यतिको बुद्दी र माया कसैमा देखिएन |
इतिहासकै कलंक बनेको आजको कालो दिन गृहमन्त्रीको राजीनामाले मात्र सामसुम हुने छैन। ओली सरकार विघटन गरेर कुनै विस्वशनीय व्यक्तिको नेतृत्वमा एमाले बाहेकको सर्वदलीय सरकार बनाउ।
अनि कुनै प्रबुद्ध र स्वतन्त्र नागरिकको नेतृत्वमा छानबिन समिति बनाउ। र, सबै दोषीहरूलाई कडाभन्दा कडा सजाँय गर।
माओवादी हिंसाका क्रममा मुश्किलले जोगिएको ज्यान, २०६२/०६३ पछि अब हिंसामुक्त समाज बन्छ कि भन्ने आशामा थिइयो। फेरि ऐले आएर आफ्ना छोराछोरी पुस्ताको लाश हेरेर टुलुटुलु बस्नुपर्ने परिस्थितिमा आइपुग्यो! आज साँच्चिकै विच्छिप्त भइयो ! धैत् !!😡😥
आजको घटना राजिनामा र सत्तोसराप गर्ने तहभन्दा माथि पुगिसकेको छ। हतियारबिहिन समुहलाई यति बर्बरतापुर्वक गोली हान्न किन पर्छ?मान्छेको ज्यानभन्दा भौतिक सम्पत्ति ठूलो हो ? हुलको नियम हुदैन तर राज्यको त नियम हुन्छ नि होइन ? निशब्द!
सांसदहरुले अब सोसल मेडियामा पोष्ट गर्ने र यहाँबाट राजिनामा माग्ने होइन, गोहीको आँसु जोगाएर राख्नुस ! अब तुरुन्त "pseudo parliament" भए पनि बोलाएर यिनलाई बर्खास्त गर्नुस र हत्यारा-भ्रस्टचारीहरु लाई जेल कोच्नुस। तपाईहरुको धेरै सुनियो, फोहोरी राजनीति पछि गर्दै गर्नुहोला, अब बोल्ने होइन गर्ने बेला आयो ! ती बच्चाहरु को आत्माले सराप्ने छ !
काठमाडौं जस्तो राजधानीमा गैरराजनीतिक आन्दोलनमा यो स्तरको दमन, आतंक र हत्या आवस्यक थियो- भ्रष्ट सरकार?!
'जेन-जी' पुस्ताले आजको बेथितिप्रति आक्रोस व्यक्त गर्दा थोरै असंयमित भयो होला। त्यसको निवारण यो तहको राज्य आतंक र निर्दोष युवायुवतीको हत्या हो? हत्यारा प्रधानमन्त्री र गृहमन्त्रीले तत्काल राजीनामा गर। र, गोली चलाउन आदेश दिने पुलिस अफिसरलाई गिरप्तार गर।
कलिला, होनहार र निर्दोष युवायुवतीको हत्या गर्ने ओली सरकारको यो ऐतिहासिक कलंकलाई हामीले कहिल्यै बिर्सिने छैनौं। आन्दोलनको क्रममा मृत्यु हुने संपूर्ण युवाहरूप्रति भावपूर्ण श्रध्दाञ्जली, घाइतेहरूमा सिघ्र स्वास्थलाभको कामना र सोकाकुल परिवारजनमा हार्दिक समवेदना!