मदन पुरस्कार गुठी तथा पुस्तकालयका संस्थापक, भाषाप्रेमी श्रद्देय कमलमणी दीक्षितको ९७ औँ जन्म जयन्तीको अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु !
ऐतिहासिक 'मैत्री सन्धि' (सन् १९२३) राणा शासनकालको एउटा निकै महत्वपूर्ण कूटनीतिक उपलब्धि थियो। नेपाल र ब्रिटेनबीच सम्पन्न यस सम्झौताको बिषद अध्ययनसहित अध्येता डा.टीका ढकालद्वारा सम्पादित पुस्तक ‘स्टेट एन्ड क्राफ्ट’ को बिमोचनपछि लिएको एउटा तस्बिर ! सरलाई हार्दिक बधाई तथा शुभकामना छ
नेपालको जनसंख्या तथ्यांक २०७८ अनुसार मधेश प्रदेशको साक्षरता दर करिब ६३.५% छ। राणाकाल, अधिराज्यकाल, गणतन्त्र—आज पर्यन्तका सबै प्रयासका परिणाम यही नै हो।
मेरो जिज्ञासा छ-“कुन द्रुत अभियान” का कारण अबको २ बर्षमा पुरै प्रदेश पूर्ण साक्षर हुने छ?
चटक ?
जसले इतिहासको अन्त्य भएको भनेको छ,
उही इतिहासको गर्भमा विलिन भैसकेको छ ।
जसले विचारधाराको अन्त्य भएको भनेको छ,
उसकै विचार शक्तिको अन्त्य भएको छ ।
जसले माक्र्सवाद मर्यो भनेको छ,
उ स्वंम प्रतिक्रियावादको कमारो भएको छ ।
हनुमान चालिसा त मरेको छैन, माक्र्सवाद कहिल्यै मर्छ ??
सहि र 'भिजनरी' नेता र नेतृत्वले देश र समाजलाई एजेन्डा दिन्छ, भैपरी नेतृत्वले अर्कोले भनाईमा खिसीट्युरी र प्रतिक्रिया दिदै दिन कटाउछ । बस, त्यसैले दिवंगत नेता प्रदिप नेपालले हमेशा भन्नुहुन्थ्यो- पदमा पुग्नु र नेता हुनु फरक हो क्या...केटा, बुझ्या खोई !
समानुपातिक र राष्ट्रिय सभाको सन्दर्भसम्म आइपुग्दा रमाइला दृष्य देखिएकै छ्न । राजनीतिमा निजी लाभको निम्ति डेरा सर्ने, मौका हेरिहेरि तिहुन चाख्दै यताउति डुल्ने नयाँ - नयाँ नमूनाहरु चाहिँ गजपकै देखिए । त्यस्ता पात्रहरुलाई सुम्सुम्याउने नेताका मुहारमा पनि चमक चाहिँ देखिएन है !
सुप्रसिद्व उद्यमी @Jibalamichhaneर@Rabindra_JLCभेट् भएपछी जीवा सरले लेखेको यी हरफ सम्झे-
'सदिऔंदेखि यहाँ यात्रारत छन्– व्यापारीहरू।क्याराभानमा तिनले सामान मात्रै ओसारपसार गरेनन्, समृद्ध सांस्कृतिक विरासत पनि नयाँ पुस्तालाई छाड्दै गए अनि विचार, दर्शन र सपनाहरूको आदानप्रदान गरे ।'
राजनीति / सत्ता, आफ्नो हातबाट गुमेपछि के हुन्छ ? खासगरी प्रमुख दलहरूले थाहा पाए होलान । अब त उहीँ सामाजिक संजालमा अरुको टिप्पणी गर्नु बाहेक केहि उपाय छैन । त्यसैले जो कोहीले जिम्मेवारीमा हुँदा आफ्नो योग्यता प्रदर्शन गरौं ।
शुभरात्री !!
सभ्यता र बौद्धिकताको इतिहासमा रुचि राख्ने~ साहित्यको स्वाद, सिद्धान्तको संकेत, शोधको शैली र सम्यक समीक्षा पस्किन सक्ने अब्बल लेखक, अध्येता /विश्लेषक आदरणीय सर बिष्णु सापकोटा सँग झन्डै दुई बर्ष पछि भेट् अनि अन्तरंग गफगाफ पश्चात् एक तस्वीर...! @Bishnusapkota
संकिर्ण राजनीतिक संस्कार र प्रजातान्त्रिक राजनीतिक ज्ञान शून्य आम मानिसहरुद्धारा मात्रै देवत्वकरण गरिने हाउडे राजनीतिज्ञ (Demagogue) को चुरीफुरी देख्दा ज्ञान र चेतनायुक्त बहुसंख्यक आम समुदायमा चरम निराशा र घृणा चूलिएको अवस्था देखिन्छ।
बस...आज लागि यतिमात्रै टिप्पणी !