पूर्णबहादुर खड्का र सातभाइले पुनरावलोकनको निवेदनमा गोरुसिङ्गे 'ञ' आरोप लगाएका हुन् भने कांग्रेस संस्थापनको 'इतर'सँगको थप संवाद र मिलनको प्रयास आजैदेखि बन्द होस्! धुन्दुकारी ग्याङ्ले न कांग्रेस न लोकतन्त्र, कसैलाई भलो गर्दैन। प्लिज्, क्लोज् द च्याप्टर!😡😡
अचम्म लाग्ने कुरा के भने, पहिले बौद्ध र चाबहिल गणेशस्थान वरपर छ्यापछ्यापी हुने फुटपाथ व्यापारीहरू अस्ति–हिजो देखिँदैनथे। सडक छेउछाउ पनि सामान्य थियो।
पहिले टोल–टोलका फुटपाथमा व्यापार गर्नेहरूलाई अहिले न्युरोडको फुटपाथ मात्रै फुटपाथ लाग्न थालेछ जस्तो छ।
कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढीपीडितको नाजुक अवस्था बुझ्न र राज्यसँग जवाफ माग्न पुगेका युवाहरू माजिद अन्सारी, नहेन्द्र खड्का र सरिश्मा थापालगायतमाथि निर्ममतापूर्वक कुटपिट गरी नियन्त्रणमा लिनु अत्यन्तै चिन्ताजनक, लज्जास्पद र घोर निन्दनीय छ।
करुणाविहीन त छँदै थियो यो राज्य, तर यति धेरै असहिष्णु पनि?!
चेत होस् : लोकतन्त्रमा प्रश्न सोध्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो, जसको उत्तर गिरफ्तारी, लाठी वा दमन हुन सक्दैन।सरकार बलियो र विधिको हिमायती तब हुन्छ, जब उसले फरक मत र आलोचना सुन्ने छाती राख्छ।आलोचनालाई दमन गरेर होइन, संवाद र उत्तरदायित्वमार्फत सम्बोधन गर्नु राज्यको दायित्व हो।
फरक मत र जनताको प्रश्न सुन्न नसक्नु बहादुरी होइन, सत्ताको चरम कायरता हो!गिरफ्तार गरिएका सम्पूर्ण युवाहरूलाई अविलम्ब निशर्त रिहा गरियोस्!
स्वास्थ्य राज्यमन्त्री कार्कीको स्पष्टीकरण- “राज्य छ भन्ने अनुभूति दिलाउन प्रेमलाई भेटें”
अहिले राज्य छ कि छैन @ToshimaKarkiDr ?
https://t.co/sTjnObWII7