सत्ता र शक्ती हुन्जेल चाकरी, खुस्किएको भाेली पल्ट थाकरी ! थिग्रिएर वस्ने चाकरी बाज चै सार्है
थोरै हुँदा रहेछन। लेगार्ड मा राखौँ। निर्णय चै अहम् पना, ज्ञान , सिप , लुब्धोपन, अझैँ झर्छ भन्ने निर्णय, व्यक्ती चरीत्र र प्रवृत्तिले निर्धारण गर्ने देखियो।
#मुलुक_सत्ता
एउटा गँजेडीले केही दिनअगाडि संसदको रोष्ट्रममा उभिएर सुरुङभित्रबाट हिलो निकाल्ने प्रविधि संसारमै नभएको भन्दै थियो । प्राविधिकहरूले सुरुङभित्रबाट हिलो मात्रै निकालेनन्, आज मान्छे पनि जिउँदै निकाले ! गँजेडीले शासन चलाउनु र दक्ष प्राविधिक हिरोहरूले जीवन बचाउनुमा आकाश-जमिनको फरक छ !
लुसिफर?
एकपटक सौरभ��े टीकाराम यात्रीसँगको अन्तर्वार्तामा बालेन शाहलाई लुसिफर भनेका थिए। जुन उपनाम एकदमै चर्चित भएको थियो। म यस्ता कुराको खासै विश्वास गर्दिनँ। कालो चस्मा, कालो लुगा वा रहस्यमय छवि देखेर कसैलाई शैतान ठान्ने बानी पनि राम्रो होइन। तर प्रधानमन्त्री बालेनको कवितासंग्रह "अश्र"का केही हरफ फेरि पढेपछि शंका नउठ्ने अवस्था रहेन। विश्वास एकातिर हो, लेखिएका शब्द अर्कातिर। शब्द सस्तो हुँदैनन्।
ल��सिफर मूलतः ल्याटिन शब्द हो। सरल अर्थमा यसको मतलब प्रकाश ल्याउने वा बिहानीको तारा हो। पुरानो खगोलशास्त्रमा यो शुक्र ग्रहलाई जनाउने नाम थियो। पछि इसाई परम्परामा यो नाम विद्रोही स्वर्गदूतसँग जोडियो। जसले अहंकारले विद्रोह गर्यो र खस्यो। त्यसपछि लोकप्रिय संस्कृतिमा लुसिफर भनेपछि दुई अनुहार देखिन्छन्। एकातिर ज्ञान र विद्रोह, अर्कातिर पतन र विध्वंस। अर्थात् यो शब्द आफैंमा प्रमाण होइन, प्रतीक हो। प्रतीकलाई सत्य ठान्नु र प्रतीकलाई बेवास्ता गर्नु दुवै हत��र हुन्छ।
नेपालमा यो शब्द बालेनसँग २०८२ को जेनजी आन्दोलनपछि जोडिएर आयो। सौरभले टिकाराम यात्रीसँगको अन्तर्वार्तामा उनलाई सीधै नाम नलिई कालो ऊर्जाको स्रोत र लुसिफर बिउँझिन लागेको भन्ने खालको तुलना गरे। आलोचकहरूले उनको कालो पहिरन, सार्वजनिक रूपमा कम देखिनु, आन्दोलनका बेला छायाँमा रहनु र पुरानो राजनीतिक संरचनालाई जराबाटै हल्लाउने शैलीलाई आधार ब��ाए। समर्थकहरूले भने यो चरित्रहत्या हो, व्यवस्थामा प्रश्न गर्ने जो कोहीलाई शैतानको ट्याग लगाउने पुरानै हत्कण्डा हो। दुवै पक्षसँग आफ्नो तर्क छ। तर बहस कपडा वा चस्मामा मात्र अडिनु हुँदैन। बहस उनकै लेखाइमा जानुपर्छ।
२०८१ मा सार्वजनिक भएको अश्र संस्कृतको अश्रुबाट आएको शब्द हो। अर्थ आँसु, कहिलेकाहीँ रगत मिसिएको आँसु। संग्रह प्रेम, वियोग, राजनीति र दर्शन गरी बाँडिएको छ। त्यहीँ यी हरफ छन्:
एउटा बाटो कुर्दैछु
जसले सबै थोक बगाएर लगोस्
एउटा यस्तो प्रलय
जसले सबै रोग लगाएर लगोस्
कुनै अड्डा बाँकी नहोस्
कुनै भावना थाँती नहोस्
सबै माया, स्नेह, लोभ हराएर मरोस्
साहित्यमा यो विद्रोहको भाषा हुन सक्छ। कविले भ्रष्टाचार, रोग, लोभ र झूटो भावना बगाइदिन चाहेको हुन सक्छ। बालेन र्यापर हुन्, इन्जिनियर हुन्, मेयर भए, अहिले प्रधानमन्त्री छन्। उनको सार्वजनिक छवि नै पुरानो दल, नातावाद र थिति तोड्ने विद्रोहीको हो। यस अर्थमा यी हरफ उनकै राजनीतिक आकांक्षाका काव्यात्मक रूप हुन्।
तर यहीँनेर दोस्रो अर्थ पनि खुल्छ, र त्यही अर्थले शंका जन्माउँछ। “सबै थोक बगाएर लगोस्”, “कुनै अड्डा बाँकी नहोस्”, “कुनै भावना थाँती नहोस्”, “माया, स्नेह, लोभ हराएर मरोस्”। यो सफाईको भाषा मात्र होइन, पूर्ण विनाशको भाषा पनि हो। प्रलय शब्द आफैंमा अन्त्य र पुनःसृष्टिको संकेत हो। जसलाई शुद्ध���करण लाग्छ, उसलाई यो मुक्ति हो। जसलाई संस्था, स्मृति र सम्बन्ध पनि बचाउनुपर्ने लाग्छ, उसलाई यो डरलाग्दो प्रस्ताव हो।
लुसिफरको लोककथा पनि यही द्वैधमा अडिन्छ। ऊ प्रकाश ल्याउने पात्र हो, तर त्यो प्रकाश आउनुअघि पुरानो संसार हल्लिन्छ। आलोचकहरूले बालेनलाई लुसिफर भन्न खोजेको तर्क पनि यही हो। उनी परिवर्तन मात्र होइनन्, पुरानो नेपाललाई जरासहित उखेल्न खोज्ने पात्र हुन्। समर्थकहरू भन्छन्, जरा नै सडेको छ भने उखेल्नुबाहेक बाटो छैन। दुवै वाक्य सुन्दा ठीक लाग्छन्। समस्या के हो भने, राज्यमा पुगेपछि कविता कार्यान्वयन हुन पनि सक्छ।
त्यसैले म बालेनलाई लुसिफर ठान्दिनँ। न त यो कवितालाई भविष्यवाणी। तर एउटा कुरा चाहिँ बिर्सनु हुँदैन। जो मान्छे वर्षौंअघि “अड्डा बाँकी नहोस्” लेख्छ, अनि पछि राज्यको सबैभन्दा ठूलो अड्डामा पुग्छ भने त्यसका हरफलाई फगत भावना भनेर छोड्न सकिँदैन। शंका आरोप होइन, शंका आँखा खुल्ला राखेर सोच्नु पनि हो।
अब प्रश्न सरल छ। यो बाटो कहाँ पुग्छ? प्रलयपछि के बाँकी रहन्छ? अड्डा गएपछि न्य��य कोसँग माग्ने? भावना मरेपछि समाज केले बाँधिने? बालेनलाई लुसिफर भन्ने-नभन्ने बहसले देश चल्दैन। तर शक्तिमा पुगेको मान्छेले एकदिन लेखेको “सबै थोक बगाओस्” भन्ने वाक्यचाहिँ पढिरहनुपर्छ। किनकि शासन कविताबाट सुरु हुँदैन, तर कविताले शासनको दिशा देखाउन सक्छ।
सरकारले प्रदान गर्ने सामाजिक सुरक्षाको भत्ताको पैसाले केही जेष्ठ नागरिकहरूले दान दक्षिणामा खर्च गरेको पाइएको छ।
सामाजिक सुरक्षा भत्ताको पैसाले दान दक्षिणा - टक्सार न्युज
@taksarnews
https://t.co/2r3XG7I1E5
@Pradippokhrel67 यता लेखेर पोस्ट्याउनु भन्दा आफ्नो मालिकहरुलाई गएर मुखमै भनेर जेलमा हाले भइहाल्थ्यो नि हिजोका दिनहरूमा यति यति भष्ट्राचार गरे मान्छे बेचे देश डुबाए जनतालाई भोकभोकै मारे भनेर भन्ने ऐले चाई जेलमा हुनू पर्ने मान्छे भन्दै किन भुक्नु?
प्रमाणित गरेर जेल हाल्न कस्ले रोक्यो घण्टालाई?😂😂
@roshansibakoti पंचायत भैरहेको भए मत नेपाल अमेरिका चाइना भन्दा पनि विकसित हुन्थ्यो हाेला भनेर सोचिरा 😂😂
अझ अलिअलि धनी मान्छे त मंगल ग्रहमा घर बनाई सक्थे पनि हाेला 😂
@Mission2087 थुक्क नालायक कुलंगार यस्तै यस्तै भ्रम छरेर 76 जना कोे रगत खाएर अझै ढाडिएको छैनस् मूजि सैतान?
हिजो जतिपनि ओली माथी आरोप लगाएका छौ नी तेरै बाकोे सरकार छ छिटो छिटो प्रमाणित गरेर जेलमा कोच! नत्र भने त मुजिहरुको हालत सेरे ओली कोे भन्दा दुःखद हुनेछ लेखेर राख।
@Rejinaakhadka12 अलि कम भयाे की?
हिजो प्रहरीलाई सडकमा पिटेर मारेको बिर्सेको छैनौ त्यसको हिसाब गर्नै बाँकी छ की?
घन्टे हरुले ७६ जना व्यक्तिहरूको एक एक रगतको थोपाको मूल्य चुकाउनु पर्नेछ!
हेर्दै जाउँ समय धेरै नजिक छैन!