I have nothing to say to people who cannot even distinguish between the roles and responsibilities of an NGO/INGO president and those of a country’s Home Minister.
Stop talking nonsense,what has happened to us, to our country, to our people, and especially to our engineers is not normal and not acceptable!🙏🏻
यता सुरुङ भित्र फसेकाका आफन्त रिसाउन थालिसके, गोल्डी यति पैसा जम्मा भयो भन्ने, सरकार यति पैसा आयो उति आयो भनेर डाटा देखाउने। मौका परे आफै गर्छु भन्ने, नस्कने अवस्था आए स्थानिय र प्रदेश देखाउने, वास्तविक पिडित भित्र भित्रै उकुसमुकुसको अवस्थामा छन। यो जे हुँदै छ ज्यादै गलत हुँदै छ। ९०० लास ११००० बेपत्ता भनेको सानो कुरा होइन, सरकारले येस्लाई सम्बोधन गर्न नसके आउने भयावह स्त्थिती बेग्लै हुने छ। @PM_nepal_@ShahBalen
सामाजिक संजालमा निलो ग्याङका केही हरामी केटाहरूले पनि संजालमा अराजकता मच्चाउँदै छन् अरूले भनेर कमेन्ट गर्ने दिन आएछ गाँठे।
तिमीहरूका पुराना पोष्ट पनि हेराओ है केटा हो।
संजाल असहिष्णु बनाउन आफूले कति योगदान गरेको छु भनेर। अरूलाई उपदेश दिन पर्दैन।🙂
जो सत्ता र शक्तिमा हुन्छ त्यो धेरै ख्याऊ , ख्याऊ गर्ने होइन ! त्यसलाई जिम्मेदारी भनिँदैन ! तिखो , तिखो आलोचना सुन्न सक्नु पर्छ ! यसको राम्रो उदाहरण आज , प्रचण्ड र खड्ग प्रसाद ओली हुन् ! समय घुर्छ , प्लेस , स्पेस र समय बलवान हुन्छ ! हिजो एक हल गोरु , ५ वटा हलुङेका भाँडा को कुम्लो , कुटुरो लिएर तराई झर्नेको करौडौको फुर्तिफार्ती देखिँदैन ? पो भन्छ भैरे !
#समय_प्लेस_स्पेस
हिजो छानीछानी,पटकपटक देशैभरका भाटभटेनी स्टोर डढाउनमा सँलग्नहरुले नै आज भाटभटेनीले बाढीपीडितलाई कति दियो भनेर फेसबुकको भित्ता रङ्गाइरहेको देख्दा उदेक लाग्दैन नेपालीलाई ?
२० हजार नेपालीले रोजगारी पाएको मेरो पसल खरानी बनाउने सबैलाई क्षमा भनी भक्कानिँदै हात जोडिरहेका नेपाल बैंकका ती पूर्व कर्मचारी,जो खोटाङ्गबाट बाउले दिएको ५ सय रुपैयाँ गोजीमा हालेर बिरानो शहर काठमाण्डौ छिरेका थिए। तिनै मीनबहादुर गुरुङ अस्पतालमा डेढ महिना मृत्युसङ्ग जुधेर अहिले आइसोलेशनमा छन् । सयौँ अनाथ बालबालिकालाई पढाइदिएका छन् । बाल रोग, मुटु रोगको अस्पताल, स्कुल बनाएका छन र कति ठाउँमा बनाइदिँदैछन् । प्रचारको भोका पनि हैनन् । कसैलाई नमीठो बोल्दैनन् । अझै तिनलाई घोचिरहने, दिनदिनै पीडा दिएर जिउँदै मारिरहने ? तिनले नेपालसङ्ग मन मारेर,दिक्क भएर बिदेशतिर पैसा ओसारेको, उतै पलायन भएको हेर्ने मन हो हाम्रो ? यहीँ गर्छु, यहीँ मर्छु भन्दा पनि सुख नदिने ? ए अतृप्त आत्माहरु, सक्छौ सहानुभूतिका शब्द लेख, सक्दैनौ आफ्नो कुण्ठा सामाजिक सन्जालमा बान्ता नगर । राहत र उद्वारको याचना गर्ने दिदीबहिनीलाई अश्लिल र अमानवीय गाली बक्नु अगाडि मीनबहादुर जस्ता कर्मवीरहरुको मृत्युको निम्ति धुपबत्ती बाल्नु अगाडि आफ्ना पिता, माता, दिदीबहिनीको तस्बिर र आफूलाई त्यो ठाँउमा राखेर हेर !
जनता - लाश चिलले लुछ्दैछ, सरकार कहाँ छ ?
घन्टे - मरेको लाश चीलले नखाए तँ खान्छस् त?
जनता - बगरमा पुरिएको लाश कुकुरले समेत तान्न थाल्यो ।
घन्टे - तँ कुकुरलाइ दिनु त ?
घन्टेहरुले मानवियता मात्र हैन, समाज पनि बिघटन गराउँदै छन् 😡
@SGnepal यस्ता कुरा हामीले ७२ सालमा (संस्थामा हुँदा), कोभिडमा (कुनै कार्यालयमा हुँदा) राम्रैसँग भोग्या, मुखमुखै लाग्ने होइन क्या। सरकारको राम्रो काम देखाउने नभए सुझावसहितको टिप्पणी दिने हो।
नोट: हामीले सुझाव दिँदा त गाली खान पर्छ। त्यही भएर केही नभन्नेमा पुगेँ मचाहिँ।
सरकारले perform आजै declare गर्ने बेला भा छैन।
कमजोरी काम गर्दा हुने हो काम नगर्दा हुन्न।
सचेत गर्नु सबैको दायित्व हो तर सचेत गराउंदा आमा चकारी गाली बर्साउनेले चैं सरकारलाइ असफल बनाउनेछन।
@Pradippokhrel67 म त्यति धेरै जान्ने सुन्ने भएको छैन क्या दाजु।
अलि अलि जिस्किने हुम्, मसँग आएको सूचना नलुकाई लेख्दिने हुम् मैले।
अरू कुरामा मलाई छु मतलब।😉
मैले आफूले लेखेर नकरात्मकता फैलाएको छ भन्ने भन्नुस् क्यारे।
म त सुधार्न तयार छु। बरू तपाईँ पनि सुध्रनुस भन्न चान्छु।😂😂