एक थुकी सुकी, हजार थुकी नदी भनेझैँ, राष्ट्रले भोगिरहेको यस अकल्पनीय प्राकृतिक प्रकोपको सामना गर्न हामी सबै एकजुट होऔँ। राहत, उपचार तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन आफ्नो ठाउँबाट सक्दो सहयोग गरौँ।
नेपालको पहिलो महिला प्रधानमन्त्��ी सुशिला कार्कीलाई हार्दिक बधाई तथा सफलताको शुभकामना साथै, साथ र सहयोगका लागि सम्पूर्ण नेपालीलाई हार्दिक अपील गर्��छु। साथै, यस विषम परिस्थितिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने सेना प्रमुख र राष्ट्रपति ज्युलाई पनि धन्यवाद प्रकट गर्दछु ।
शान्ति–सुरक्षाको कमान्ड नेपाली सेनालाई दिई, आन्दोलनका प्रमुख हिस्सेदारहरूको सहमतिमा देशका सबै आयाम बुझ्न सक्ने नेतृत्व चयन गरी सम्बन्धित क्षेत्रका योग्य व्यक्तिहरू समावेश भएको चुनावी मन्त्रिपरिषद् तत्काल गठन गरौँ ।
आजको परिस्थितिम��� तत्काल देशी–विदेशी हस्तक्षेप रोक्न यस आन्दोलनका प्रमुख Stockholderहरू Gen Z, बलेन शा, हर्क साम्पाङ र रासपाका प्रतिनिधि सबै पक्ष एकैठाउँमा भेला भई साझा उम्मेदवार बनाएर सेना र राष्ट्रपतिसँग बार्ता गरी उपलब्धि जोगाउँदै राष्ट्रिय निकासतर्फ अघि बढ्नु उत्तम उपाय हो।
अन्तरराष्ट्रिय नारी दिवसको हार्दिक बधाई र शुभ कामना।
महिला अधिकार स्थापित गर्न, समाजमा रहेक��� विभेद एवं विकृतिहरूको अन्त्य गर्न र उन्नत समाज निर्माण गर्न अरू सफलता मिलोस्।
सुखी समाज निर्माणमा महिला पुरुष सबैको सक्रियता बढोस्। प्रगति होस्। सुन्दर होस् घर पनि समाज पनि।
शुभ होस् !!!!
नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना !!!