ए जिन्दगी……!
तँ यहिँ रोकिएर बस् न है
म विगतमा पुगेर आइहाल्छु...
मैले गरेका गल्तीहरु सच्याएर,…
चिन्न नसकेका आफ्नाहरु
र चिन्न गल्ति गरेका आफ्नाहरु राम्ररी चिनेर,
आफुले खेर फालेको समय र उर्जासँगै एउटा सुखद भविष्य लिएर...
म आइहाल्छु…
ए जिन्दगी……!
तँ यहिँ रोकिएर बस् न है...✍️