हिजो तिमी सङ्ग बोल्दा दुनियाँ भुल्दथे
आज तिमिलाइ भुल्न दुनियाँ सङ्ग बोल्दैछु
सबै भन्छन यो पत्थरको भगवान हो सुन्दैन
फेरि पनि मनको बह भगवान सामु खोल्दैछु
गाह्रो रहेछ अतीत भुल्न दुख सङ्ग मोल्दैछु
बेदनाको राप भित्र अचेल यो मन पोल्दैछु
गजल
बगेको छ गंगा दुई धार पारी
बनायो मलाई न पारी न वारी।।
जब चन्द्रले मन्द मुस्कान छायो
तब मनमा डेरा गरी बस्छे नारी।।
हुदा बैश पानी बग्यो जीन्दगानी
तिनै छाल पौडी पुग्यो बेशी टारी।।
मौका सधै खेर नफाल भुन्टी
तारा सधै सूर्य संग बस्छ हारी।।