@PawanBarshaShah नयाँ बसपार्कको लोत्से मलको दोस्रो तल्लामा अर्जुन हनी भनेर एउटा पसल छ, क्याफेको छेउमा । त्यहाँ राम्रो मह पाईन्छ । फूलको स्रोत अनुसारको मह हुन्छ, एकदम शुद्ध ।
ढुक्कले खान सक्नुहुन्छ ।
@thenepalitruth आर्थिक वर्षको समाप्तिमा थुप्रै स्थानीय तहमा औषधि खरिद,कृषि सामग्री खरिद लगायतमा लाखौको कमिसनको खेल हुन्छ।
बिलमा सामानको लागि जतिको बजेट छुट्याएको छ,त्यति नै आउछ,सामान खरिद गरे बापत सप्ल्याएरले सम्बन्धित शाखा प्रमुखलाई लाखौ कमिसन छुट्टै दिन्छ।यसलाई भ्रष्ट्राचार मान्ने कि नमान्ने?
प्रेममा मान्छे अर्कै भईजान्छ । अर्कै.. अर्कै..
अर्कै उत्साह । अर्कै उमङ्ग । बिहानी पनि संगीतमय । साँझ कुनै चलचित्र जस्तो । उडिरहेका चराले प्रेमील भाव दिए जस्तो । अलौकिक..🥰
@prakashujyalo अनि प्रधानमन्त्री ज्यूले भनेको पनि त्यही त हो नि, प्रमले बेलायतसँग दस्तावेज र तथ्यको विषयमा कुरो भइरहेको छ भन्नु र परराष्ट्र मन्त्री ज्यले बेलायतसँग कागजात प्रमाण मागेका छौं भन्नु के फरक कुरा हो र? एउटै भो नी ।
यी काएका पत्रकारहरू पनि 😀
@GiriNiku नेपालमा प्रधानमन्त्री भएको व्यक्ति अवश्य पनि जनतामाझ चर्चित, चतुर र पार्टीको मेन फेस हुन् भन्ने विषय मोदीले नबुझ्ने कुरै छैन । किनकि, भारतमै पनि मोदी पार्टी अध्यक्ष कहिल्यै भएनन् तर प्रधामन्त्रीको मुख्य उम्मेदवार भइरहे 2014 देखि ।
कांग्रेस एमालेका जोडघटाउले पास पनि नहुने भयौ ।
@troublednepali @GenZWithBrain हत्याराहरूको फ्यान हुनभन्दा ठिकै छ बरु 😀
जित्ने/हार्ने भन्दा पनि आफ्नो कार्यकालमा केही गतिलो गर्या भए पो तर्क प्रमाण पेश गर्नु । यता टाल्यो उता भ्वाङ पर्ने काण्ड छन्, उता टाल्यो यता भ्वाङ पर्ने काण्ड छन् अनि के भन्नु र😀
@troublednepali @GenZWithBrain र विपक्षीहरुले प्रधानमन्त्रीले बोलेको ध्यान दिएर सुनेका पनि छैनन्, उदेकलाग्दो यही छ 😀
प्रमले जग्गा मिचेको भन्नु भएको थियो,संसदमा उर्ली उर्ली बालेनले सिमाना मिचेको भन्यो भन्याछन्, आज केपिले नी भारतको सिमाना मिच्यो भने भन्दैथिए😀
न सुन्छन् राम्ररी, न बुझ्छन् । बस्, विरोध गर्नुछ।
@setopati@narayanwagle तिमी डलरेहरुले जे भन्यो, जस्तो लेख्यौं त्यस्तै भैदिन पर्ने है शासन सञ्चालन ?
देशलाई बिगार्नसम्म बिगारेर धज्जी उडाएका ओली देउवाको तलुवा चाट्न नपाएर छटपटी भइरहेको होला कि!
नयाँलाई नै बोकेर हिँड्ने हो । बरु अर्को कोही नयाँ आउँछ तर अब पुरानोमा फर्किन जरुरी छैन।
@khusbu_oli यहाँ माननीय ज्यू संसदमा राप्रपाबाट आउनु भएको जसले राजा मान्छ , राजतन्त्रको वकालत गर्छ । तर संसदमा यहाँको प्रस्तुति हेर्दा बडो क्रान्तिकारी देखिनु हुन्छ।
अन्य दलका गणतन्त्रवादीहरू भन्दा पनि भयंकर गणतन्त्रवादी जस्तो प्रस्तुति दिनुहुन्छ। राजतन्त्रको मुद्धा छोडिसकेको हो तपाइँहरूले ?
@aryal_sumit@timbungg नदीको कुरै छैन सर यहाँ । नदी Vertical बग्छ, उत्तर देखि दक्षिण। सीमा भोगचलन भनेनि, मिचिएको भनेनि यो समथर भूभागमा फैलिएको ठाउँमा हो, पूर्व पश्चिम बोर्डर।
नदी खोला बाहेक पनि समथर भाग जोडिएको क्षेत्रमा सीमा यताउता भएको छ । प्रमलाई त्यही रिपोर्टिङ भयो होला, र यो वास्तविक हो ।
@aryal_sumit@timbungg प्रधानमन्त्री ज्यूले जुन विषय हिजो उठाउनु भयो यो नदीसँग सम्बन्धित सीमा विवाद होईन जस्तो देखिन्छ ।
कञ्चनपुर देखि झापासम्म समथर भूभागको कुरा गर्नुभएको हो कि । र म बर्दिया बासी हुँ, उत्तर प्रदेशसँग आँगन, खेत र जंगल क्षेत्र जोडिएको छ, र त्यहाँ सीमा यता उता परेको कुरा यथार्थ हो।
@aryal_sumit@timbungg आँगन जोडिएको सीमा क्षेत्रमा नदी कसरी आउँछ हो ? 😀
बिहार, उत्तर प्रदेशका भूभाग र नेपालको भूभाग सर्लक्कै जोडिएका छन् । यताको उता र उताको यता भएको छ । नापी नभएको दशकौं भइसक्यो । प्रधानमन्त्री ज्यूले भन्नु भएको कुरामा यथार्थ छ । अब समाधान खोजिनुपर्छ ।
@razan_thakuri नीति कार्यक्रम राष्ट्रपति ज्यूले वाचन गरिरहँदा 55-60 मिनेटसम्म हल मै हुनुहुन्थ्यो, live नै छ । अन्तिम 10-15 मिनेटमा निस्किनु भएको हो, अर्थमन्त्रीसँग कानेखुसी भएको देखिन्छ निस्किन अघि।
फाइल टेबुल गरेर निस्केको पछि हो, धन्यवाद ज्ञापनमा, एमाले सांसदले ड्रेसको कुरा उठाएसी 😀 ।