म आफ्नै संसार बनाएर रमाउने प्राणी हुँ।मेरो बिचार, आस्था र सिद्धान्तमा कसैकोendorsement जरुरी छैन।मेरै बिचार मान्न पर्छ भन्ने कसैलाई जबरजस्ती पनि छैन ।तर नमस्कार गर्नेले नै हो नमस्कार फिर्ता पाउने, तिरस्कार गर्नेले होईन 😊🙏
सानो सुझाब दुईतिहाईलाई
ठेक्का पाएर पिच रोड बनाउँदा समयमा ढुङ्गा बिच्छाएन भने हात भाँच्ने,
समयमा अलकत्रा राखेन भने खुट्टा भाँच्ने, समयमा पुरै काम सकेन भने मुन्टो भाँच्ने
यस्तो खत्रा कानुन बोलेर भन्दा लेखेरै जारी भयो भने जसरी नि काम हुन्छ।सरकारको जयजयकार हुन्छ। अरु मतलबै भएन नि
चुनाव अघिदेखी काँग्रेस अब फुट्छ,फुट्नै लाग्यो, फुट्यो फुट्यो, ए फुटिनै सक्यो भन्ने नेताज्युहरुको बार्गेनिङ त सरकार बनेको तिन महिनामा नि अझै सकिया रैनछ। रुख माथी चढेर फेदमा हँसियाले हानेको हानेई गर्दा नि रुख ढाल्न नसकेर हैरान भएकाहरुलाई म भए रुखको टुप्पैमा पुर्याएर खसाल्दिन्थे😀
कन्ट्रयाक्टरले समयमा काम गरेन भने खुट्टा भाँच्दिनु भन्ने ओ मन्त्रीज्यु! हप्तामा दुई दिन जिस्केर बस्ने प्रधानमन्त्रीलाई के गर्ने हो? जनताको म्याण्डेट यही हो?
के भन्या रे: गगन थापाले कृष्णप्रसाद सिटौला र शेखर कोईरालासँग राजनीति सिक्नु पर्यो 😀😀
यस्तो महान वाणी कसले भन्या रे: बिजय कुमार गच्छदारले
अब थप टिप्पणी केही चाहियो र? ताली बजाएर गललल हाँस्नुस 👏😀😀
पावरमा हुँदा सबैले गर्ने यही हो। मलाई चाहीँ स्वभाविक लाग्छ तर जनताको आँखामा छारो हाल्न सफल सरकारका समर्थक भन्दैछन मेरिटोक्रेसीमा नियुक्त हुन्छन्, काम गर्न देउ।तिम्रा मेरिटोक्रेसी त उहि`मेरो पार्टी बोकेसी मात्र नियुक्ति हो। ल गरि खानुस।शुभकामना
संविधान निर्माणताका एउटा चर्चित भनाई थियो, पार्टीलाई सहयोग गरेको समानुपातिकमा परेको।विज्ञ नियुक्ति गर्नुपर्ने
दलहरुले आफु निकटकालाई सभासद बनाउँथे र आफ्ना बिचार घुसाउँथे।अहिले दुईतिहाई, सुशासनको मानकवाला सरकारले विभिन्न आयोग, नियोगमा यस्तै योग्यताको मापदण्ड निर्धारण गरेको रैछ+
ब्याट्रीबाट चलाईएको १४ ईन्चको सादा टिभीमा अरुको घरमा विश्वकप फुटबल हेर्न धाउने उनी अहिले पक्की घरमा फ्यान चलाउँदै सोफामा उपरखुट्टी लगाउँदै टेलिभिजन हेर्दैछन्।अनि बेला बेला ईन्टरनेट सर्फ गरेर पुराना पार्टीलाई गाली गर्दै हरेक दिन पोस्ट गर्छन्, `३५बर्ष देश लुटेर सके।बरबाद बनाए´
हाम्रो गाउँमा एकजना बुज्रुक हुनुहुन्छ जसलाई म सानैदेखी चिन्छु।पहिले काँग्रेस हुनुहुन्थ्यो, प्रधानपञ्चको वरिपरि हिँड्ने,फुर्तीफार्ती खुब गर्ने।अनि पछि माओवादीको दबदबा बढ्न थाल्यो, गाउँ गाउँ सामन्ती, ह्यान त्यान भन्दै गाउँलेलाई थर्काउँदै हिंड्न थाले,बुढा कतिखेर माओवादी बनिसकेछन्।
जो ३० बर्ष पहिले घर अगाडीको कच्ची बाटोमा भैंसी लिएर जंगल चराउन जान्थे।अहिले त्यही बाटोमा बनेको पिच रोडमा घर अगाडीबाट गाडी चढेर सरर काठमाडौं पुग्छन्। अनलाईनबाट घरमै सामान मगाउँछन्।