@SuryaRAcharya पुस्तान्तरण, रूपान्तरण, त्याग जस्ता कृत्य पनि व्यक्तिगत स्वार्थ बाट प्रेरित हुने रहेछन्, मान्छेपन हराए नेता हुन्छन् भन्ने वाक्यांशमा राम्रो व्यंग्य छ
लाेकतन्त्र र जनताको अधिकार कुण्ठित गर्ने परम्परा ताेडनु पर्छ तर जुन परम्पराले लाेकतन्त्र र जनताको अधिकार लाई सबल बनाउछ त्यस्तो अभ्यास निरन्तर जारी राख्नु पर्छ । एउटा व्यक्ति विशेषलाई के लाग्छ भन्ने कुरा महत्त्वपूर्ण छैन लाेकतन्त्र मजबुत हुन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।
आफैंले बनाएको न्याय प्रणाली, कानुन र विधिको शासन माथि विश्वास छ भने कानुनी लडाइँ लडेर सधैं दाेष पाईरहनु बाट मुक्त हुनु हाेस् बाँकी शान्तिपुर्ण आन्दोलन गर्नु, प्रदर्शन गर्नु, हस्ताक्षर संकलन गर्नु लाेकतन्त्रमा जायज छ, शुभकामना ।
@RONBupdates वर्तमानको राजनीतिक तरल अवस्थामा यस्तो किसिमको अभिव्यक्तिले देश र समाजमा कस्तो प्रभाव पर्ला ? परिपक्व नेताकाे अभिव्यक्ति पनि परिपक्व हुनुपर्ने हाेइन र!!!
भाद्र 23 र 24 गते घटेका घटनाहरूको छानबिन विधिसम्मत तरिकाले गर्नुपर्छ र परिणाम सबैले स्वीकार्नु पर्छ, जेन जी र राजनीतिक दलहरू बिच कुनै किसिमको मुडभेट हुने वातावरण सिर्जना हुन दिनु भएन, मुडभेट भएमा लाेकतन्त्र नै खतरामा पर्ने सम्भावना हुन्छ कि, सबैले संयमता र सहिष्णुता कायम गराैं!!!
जनताको ईच्छा र चाहना, समयको माग तथा संविधान कार्यान्वयन गर्दा देखिएका समस्याहरूकाे समाधान गर्न संविधानकाे समीक्षा र आवश्यकता अनुसारको संशोधन गर्न सर्वदलीय र सर्वपक्षीय सहमति जुटाउनु आजको प्राथमिकता बन्दै गएको छ।