पन्चायती कालमा काठमाडौंको रत्नपार्क वरपर ठाउँठाउँमा माइक बजाएर चिठ्ठा बिक्री गर्दथे। छिट्टै धनी भईन्छ भनेर त्यस्ता चिठ्ठा खुब किनियो । त्यस्तो चिठ्ठा कहिले खुले ? र क-कसलाई पर्यो ? थाहा पाइएन । पन्चायती व्यवस्था गएको ३७ वर्षपछि सरकारले फेरि चिठ्ठा खोलेर नेपालीलाई धनी बनाउन लागेछ।
बादल सार्वजनिक नहुँदै हामी सप्तरी पुगेर अन्तर्वार्ता गरेका थियौं। लम्बेतान कुराकानी पछि एउटा अन्तर्वार्ता छापेका थियौँ। माओवादीमा उकुसमुकुस खटेका उनी एमाले बनेपछि अवसरै अवसर ! पार्टीको कार्यवाहक अध्यक्ष, संसदीय दलको नेता श। अब लम्बेतान होइन थोरै बोल्नु, पदको मर्यादा राखेर बोल्नु।
-समय र राजनीति-
हिजो मैले राजनीतिको कुरा गर्दा
उसले ह्या राजनीति नगर्नु भन्थ्यो ।
आज उसले राजनीतिको कुरा गर्दा
मैले ह्या राजनीति नगर भन्छु ।
यो उसले र मैले होइन
राजनीति पनि
समयले गर्ने रहेछ ।
बद्री तिमिल्सिनको धेरै आलोचना के गर्नु ? "नाम होस् या बदनाम" उनी गुमनाम चाहिँ बस्दैनन् । नक्कली लालपुर्जा बाढ्नुअघि ख्याल गर्नुपर्ने क.रेनु दाहाल @RenuDahal1 ले थियो । उनी फसिन् कि फसाइन्, जवाफ कसले दिने ?
जेष्ठ नागरिक द्वरा श्री ५ युवराज पारस शाहलाई स्वागत गरेका छन।जनताले चाहेपछि कसैलाई मिर्ची लागेर हुन्छ?पुरा भिडियो लिङ्कमा छ।हेरेर प्रतिक्रिया दिन पनि सक्नुहुन्छ पुरा लिङ्क
https://t.co/MuL4vSKoo8👈️👇️👇️
मकुना (दारा नभएको भाले जंगली हात्ती) को गोली लागेर मृत्यु भएको छ। केही समयदेखि सौराहा वरपर रहेर आतंक फैलाउने माकुनालाई चितवन राष्ट्रिय निकुञ्ज भित्र धपाउने क्रममा नेपाली सेनाको टोलीले गोली प्रहार गरेको थियो ।
नेपाल पत्रकार महासंघको विधि विधान र संरचनालाई लत्याएर पत्रकारिता नगरेका, फारम नभरेका र शुल्क नबुझाएका चार सय बढी ब्यक्तिलाई दिईएको सदस्यता खारेज गर । अनाधिकृत कार्य गर्नेलाई कारबाही गरेर महासंघको तत्काल निर्वाचन गरौं ।