कम्युनिस्ट मान्छे बन्न सक्दैनन भनेर कस्ले भन्यो थाहा भएन तर मेरो पनि 'अनेक अध्ययन र अनेकौं अनुभव'ले भन्यो -
हो, 'कम्युनिस्ट कहिलै मान्छे बन्न सक्दैनन ।'
हो, म नि सहमत छु । 'भगौडा'हरुलाई हराऔं ।
जेन्जी बलिदानको जगमा बनेको सरकारमा चुनाब सम्पन्न गर्ने जिम्मेवारी लिएर, चुनाब नसकिंदै फेरि अर्को अवसर खोज्दै भाग्ने 'राजनीतिक भगौडा' हुन । छानीछानी हराउनुपर्छ ।
माओ, लेनिनहरुलाई देशभित्र सबैभन्दा पहिले आयात गरेर समाज ध्वस्त बनाउने नेपालका कम्युनिस्टहरु भनाउनेहरु गाउंमा बाख्राले पाठी पाउँदा नि बिदेशी षड्यन्त्र देख्छन र साम्राज्यबाद बिस्तारबाद भन्दै नारा भट्यांछन ।
जताततै षड्यन्त्र देख्छन तर न जमिनमा टेक्छन न त आफुतिर नि फर्केर हेर्छन ।
बैधानिक हस्तक्षेप पछि देशकै ठूलो र प्रजातान्त्रिक पार्टी कांग्रेसको 'कमाण्ड' युवाहरुको हातमा गयो । यो खुसीकै कुरा हो ।
अब देशकै कमाण्डपनि युवाको हातमा जानुपर्छ र जाओस ।
चक्रब्युहमा फसेको देश अब उठ्नुपर्छ र दौडनुपर्छ । पट्यारलाग्दो भुमरीबाट देशलाई निकालेर नागरिकमा आशा जगाउनैपर्छ
यो देशको दिर्घकालिन भबिष्य डेमोक्र्याट कै हातमा छ, हो र हुनुपर्छ । त्यसको लागि कांग्रेस कांग्रेस नै रहनुपर्छ, कम्युनिस्ट एजेण्डा र पुच्छर बनेर होइन । कांग्रेस नसंच्चिए डेमोक्र्याटहरुको बिकल्प 'घण्टी' बन्न सक्छ, बनोस ।
नयांले नि देश पुरानै बनाउने जोखिम बढ्यो ।
शैली त्यही, पारा त्यही, बाटो त्यही, रुचि त्यही ।
बलिया भनिएका दलहरुलाई त उडाएको 'आधी'ले तिम्लाई उडाउन कुनै आइतबार लगाउंदैन ।
लोकतान्त्रिक, क्रान्तिकारी, जनबादी, बिकासबादी आदि नाम सबै सकियो होला । दर्ता गर्न नामै भेट्न गार्हो होला । अब सांच्चिकै लोकतान्त्रिक, सांच्चिकै बिकासवादी, सांच्चिकै जनताको पार्टी राख्ने त होला नि ।
रमित छ देशमा, राम राम
हिजो समाज या मान्छेहरुमा प्रेम थ्यो, करुणा, भावना, दया, मानबता थ्यो । आज हरायो, कहाँ हरायो, किन हरायो ?
मेरो चाहिँ निष्कर्ष छ - 'राजनीतिले समाज र ब्यक्ती दुबैलाई कृमिनलाइज गर्दियो ।'
खासमा, मान्छे भएर बांच्ने र खुसी भएर जिउन सिकाउने त 'अध्यात्म'ले नै हो ।
राजनीतिले त उहि लड्ने, भिड्ने, भिडाउने, मर्ने मार्ने, चिथोर्ने कला सिकाउने त हो ।
बांकी त, आफ्नै मर्जि
भेलु बाजेले कम्तिमा नि एकछिन भएपनि रमाइलो त गराउंथे । देश, समाज र मान्छेहरुको जिन्दगी बर्बाद पारिदिने ठुला नेता भनिएका भेलुहरुलाई जति सक्दो बिदा गर्नुमै कल्याण छ ।
अबको युग जेनजी युग हो, उसले गर्छ आफ्नो भबिष्यको निर्णय र नेतृत्व ।
अब केही दिनभित्रै म पनि पोडकास्ट शुरु गर्दै छु । यो QR अथवा तल दिइएको लिन्क मार्फत youtube मा जोडिन सक्नुहुनेछ । मेरो च्यानललाई सब्स्क्राइब गरि जोडिन अनुरोध गर्दछु ।
शुरुवाती चरणमा साथ र हौसला दिन मन हुने साथिभाईहरुले subscribe गरि कमेण्ट या म्यासेन्जरमा जानकारी पनि दिनुहोला ।
धर्तीमा नेपाल मात्रै एउटा यस्तो देश बन्यो जहाँ भएका जति सबै मान्छे राजनीति गर्छन । जहाँ पार्टी खोल्ने दौड चलिरहन्छ, जहाँ एकबारको जिन्दगीमा दर्जनौं पटक पार्टी परिबर्तन गर्ने लहर चल्छ ।
राम राम 😓
देशमा भांडभैलो छ, दलहरुमा तमासा भैरहेको छ, मान्छेहरु अबिबेकी, पुर्बाग्रही, बेहोस, क्रुर बन्दै गैरहेका छन ।
त्यसैले त ध्यान गरौं, अध्यात्मतिर लागौं, जे छ खुसी भएर बांचौं भन्या मैले ।😍
पहिलेपहिले अनलाइन न्युजपोर्टल दर्ता गर्न नाम भेट्नै मुस्किल पर्थ्यो । अब पार्टी खोल्न पनि नामै नभेटिएला जस्तो छ । चलेका शब्द जति सबै प्रयोग भैसक्यो । बेलैमा, नाम बुक गरौं है, पछि नभेटिएला ।
😂🤔🤣
'ध्यान र अध्यात्म' अबको समाज र मान्छेहरुले छुटाउनै नहुने दुई मार्ग हुन । अनेकौं जटिलताका बिचमा पनि 'शान्त र खुसी' हुन सिकाउने भनेकै ध्यान र अध्यात्म हो । राजनीति त 'बेइमानी' उत्पादन गर्ने 'भट्टी' हो । जय नेपाल