बयान खै के गरूँ ,कातिल नजरको तिम्रो
म लेखी रहेछु गीत कोमल अधरको तिम्रो
म प्रेममा छु बतास सँग, तिमीलाइ ढाक्ने आकाश सँग
दीवाना त्यसै बनेको हैन रंगीन शहरको तिम्रो ।।
#idiot
ये शोर कैसा दो दिलों के टकरार जैसा
अजीब एहसास है कुछ कुछ प्यार जैसा
राह राह भटकते रहें ढूंढते शुकून- ए- कल्ब
ना मिला चैन तेरे चेहरे के दीदार जैसा ...
#idiot
अभिलाषा
म चाहन्छु
एकैपल्ट भएपनि
मेरा आँखा तिमीलाई दिउँ
मेरो मुटु
तिम्रो छातीमा हालिदीउँ
उभ्याइदिउँ तिमीलाई
ऐना अगाडी
अनि थाहा पाउँथ्यौ
मेरा आँखाले
सबैभन्दा प्रिय मान्छे देख्दा
मुटुमा पठाउने अजीब तरङ्ग
बल्ल बुझ्थ्यौ
मैले ��िमीलाई देखेर
तारिफ गर्न खोज्दा
शब्दहीन हुनुको राज।
स्वच्छन्दता
मलाई
दिएर कागजको खोस्टो
किन भनियो
यही तेरो पहिचान भनेर
मलाई
किन चिनाइयो छुट्टै भगवान
किन पढाइयो बेग्लै इतिहास?
सेता कागजमा
कोरेर रंगीन रेखा
कस्ले लगाय���
सगर र सागरको भागबन्डा?
गोलो पृथ्बीमा
चेप्टा धर्का कोरेर
कोस्ले दियो अधिकार
मान्छेलाई
मान्छे कैद गर्ने?
#idiot
द्विविधा
म सक्छु लेखिदिन
तिम्रो आँखाको मात्रै
बयान गरेर
महाकाव्य
फेरि पढ्नेहरुले
त्यही पढेर तिमीलाई
देवी बनाइदिए भने
पूजा गरिदिए भने
कसरी राखौँ तिमीलाई
अंगालो बाट ���िकालेर
मन्दिर भित्र???
#idiot
अनुराग
तिमीलाई
एकोहोरो चाहँदा चाहँदा
बल्ल बुझें
जति ढुके पनि
भमराले फूल
सुगन्धलाई
आफ्नै इसारामा
नचाउँछ बतास
उनी पर गएदेखि
जिन्दगीमा छाई रहेछ
औंसी
बल्ल थाहा पाएँ
जूनले पनि
कहिलेकाहीं
���ेर्दो रहेछ आकाश ..
#idiot