राप्रपा के सदस्य,सचिवालय एवं निर्देशन,विशेष समिति सदस्य (सहायक महामंत्रि,सह महामन्त्रि,प्रवत्ता,कोषाध्यक्ष,महामन्त्रि,संयुत्त महामंत्रि,विभिन्न समयमा )
सन्दर्भ: जेठ २९ गते, राजा महेन्द्रको जन्मजयन्ती
स्वतन्त्र राष्ट्र भए तापनि व्यावहारिक रूपमा वि.सं. २००७ सालअघिसम्म नेपाल बेलायती साम्राज्य र त्यसपछि स्वतन्त्र भारतको औपनिवेशिक छायामा परेको थियो। यस्तो अवस्थामा मुलुकलाई यथार्थमै स्वतन्त्र तथा सार्वभौमसत्ता सम्पन्न राष्ट्रका रूपमा बलियो जग बसाल्ने एवं विश्व रङ्गमञ्चमा एक स्वाभिमानी राष्ट्रका रूपमा स्थापित गर्ने श्रेय राजा महेन्द्रलाई जान्छ। आज हामी जुन नेपाली राष्ट्रियताप्रति गर्व गर्दछौँ, त्यो राजा महेन्द्रकै दूरदर्शी नेतृत्वको देन हो भन्ने कुरा बिर्सनु हुँदैन। राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई भावनात्मक रूपमा एकीकृत गर्ने कार्य राजा महेन्द्रबाट भएको हो।
ऐतिहासिक योगदानको कदर गर्दै उहाँप्रति हार्दिक श्रद्धासुमन!
राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक सम्पन्न भएको छ।
बैठकले आगामी २८ र २९ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाउने,आम निर्वाचनका कारण स्थगन रहेका स्थानीय तथा जिल्ला अधिवेशनका कार्यक्रमहरूलाई निरन्तरता दिने र
आगामी महाधिवेशनको कार्यतालिका प्रस्तावित गर्न उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री धवल शमशेर राणा र सह महामन्त्री प्रकाश रिमाललाई जिम्मेवारी दिने लगायतको निर्णय भएको छ।
राप्रपाका नेता तथा जाजरकोट जिल्लाका लोकप्रिय जनप्रतिनिधि गोविन्द विक्रम शाहको निधनको खबरले अत्यन्तै स्तब्ध र दुःखी बनाएको छ। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।
आज बीरगञ्ज कृषि औजार कारखानामा आएर यहाँ भैरहेको कामको बारेमा बारेमा छलफल भयो। यहाँ कारखानामा अहिले ४२ जनाले काम गरिरहेका छन्। कारखानालाई सञ्चालन गर्न अझै ५० जना जति दक्ष जनशक्तिको आवश्यकता छ। यस्तै कारखानामा काम गरेको अनुभव भएको कोहि हुनुहुन्छ भने सम्पर्क गरे हुन्छ। 🙏🙏
निर्वाचनमा राप्रपाका तर्फबाट काठमाडौँ क्षेत्र नं. ५ को उम्मेदवार बनेको थिएँ।मतगणना अझै जारी छ,तथापि मतान्तर धेरै भएकाले म आफ्नो हार स्वीकार गर्दछु।
विजयोन्मुख रास्वपाका सस्मित पोखरेललाई हार्दिक बधाई! देशव्यापी रूपमा अभूतपूर्व जित हासिल गरेकोमा रास्वपालाई बधाई तथा शुभकामना।
'हलो' चिन्हमा मतदान गर्नुहुने सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु।
पराजयका बावजुद सशक्त चुनावी अभियान सञ्चालन गर्ने राप्रपाका सबै साथीहरूमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु।
चुनाव परिणामबाट कत्ति पनि विचलित नभई आत्मसमीक्षा गरेर राप्रपा अघि बढ्नु पर्दछ।चुनावमा हार जित हुन्छ तर हिन्दू राष्ट्र र राजसंस्थाको महत्व नेपाल रहेसम्म सदैव जीवन्त रहन्छ।
२०६३ को हुरिबतासबाट हिन्दू राष्ट्र र राजसंस्थाको एजेण्डाको दियो निभ्न दिएनौँ,अब हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापना हुन लागेको बेला खडा गर्न खोजिएको अर्को आँधिबेहरीबाट जोगाई चाँडो भन्दा चाँडो हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने संकल्प पुरा गर्न चाहन्छौँ
धादिङ बस दुर्घटनामा १७ जनाको निधन र २४ घाइते भएको खबरले मर्माहत छु। दिवंगत आत्माप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारमा समवेदना!
घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धारमा खटिएका सुरक्षाकर्मीप्रति उच्च सम्मान व्यक्त गर्दछु।
राप्रपा अध्यक्ष श्री राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि भरखरै झापा क्षेत्र नं ३ मा र पूर्व अध्यक्ष श्री कमल थापाले काठमाण्डौं क्षेत्र नं ५ मा उमेदवारी दर्ता गर्नुभएको छ।
झापा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा मनोनयन दर्ताका लागि जानुअघि भगवानको मन्दिरमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन । यो हाम्रो संस्कार र परम्पराको निरन्तरता हो।
सबैको ध्यानाकर्षण होस्, हामी पनि कमजोर छैनौं है झापा-५ मा : यतिबेलाको बहुचर्चित झापा क्षेत्र नं ५ मा राप्रपा नेता, केन्द्रीय सदस्य श्री लक्ष्मी प्रसाद संग्रौलाले प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा पार्टीको तर्फबाट भरखरै उमेदवारी दर्ता गर्नुभएको छ।
‘हलो’ जिन्दावाद ।
राप्रपा नेता, चर्चित व्यक्तित्व अधिवक्ता स्वागत नेपालले भरखरै झापा क्षेत्र नं २ मा पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उमेदवारी दर्ता गर्नुभएको छ।
'हलो' चिन्हबाहक मित्र स्वागतजीलाई शुभेच्छा, शुभकामना।