अब म फलानो पदको मालिक भएँ मैले चाहेको पद पाएँ भनेर मख्ख पर्ने आफ्नो कर्तव्य जिम्मेवारीको ख्याल नगर्ने सरसल्लाह छलफल संबाद नचाहने मान्छे छानिएर चुनिएर आयोभने खत्तम बर्बाद हुन्छ। प्रशिक्षणको भोको या प्रशिक्षित चनाखो सांगठनिक मिजासिलो पोलाइट कार्यकर्ताको खाँचो छ।
ॐ मंगल मूर्तय नम:!
आगन्तुकहरुलाई समयसारिणी ले असर पारेछ।सबैजसो बिदेशी निम्तालुहरुले आ-आफ्ना शुभ कामना सन्देश प्रवाह गर्नुभयो। आइदिएको भए मञ्चबाट सम्बोधन गरेको शोभायमान हुनेथियो।पहिले पहिलेका यस्ता महाधिवेशनमा देख्न पाएको हो तर यसपटक अल्लि केही नपुगेको हो कि झैं लाग्यो अरु सब उच्च छ।
ॐ नम: शिवाय !
उर्जावान लोकतान्त्रिक युवा शक्तिहरुको महासम्मेलन नेपाली काँग्रेस को १५औं महाधिवेशन। मान्छेलाई स्वत:रुपमा लोकतन्त्र प्रजातन्त्र भन्ने पाउने जुन नैसर्गिक जन्मसिद्ध अधिकार छ मनपर्दोरहेछ। सिद्धान्त दर्शन आदर्श मूल्य मान्यता यसै छँदैछ। रक्तबिज हो नेपाली काँग्रेस।
ॐ नेपाल जननी वन्दे !