"खुट्टा भाँच्ने इन्टेन्सन होइन, काम गरोस् भन्ने हो!"
मानौँ प्रहरीले पनि हातमा भएको बन्दुक ताक्दै मान्छे थर्काउँद��� हिँड्न थाले। अनि प्रश्न गर्दा "गोलि हान्ने इन्टेन्सन होइन, मान्छेले अपराध नगरुन भन्ने हो" भन्दा कस्तो सुनिएला?
उहिले माओबादीले बन्धक बनाउँथ्यो , ल मानियो बिद्रोही थिए !
यो देशमा त सरकारले सबैधानिक अगका कर्मचारीलाई बन्धक ��नाउछ!
तेसै नेपाल हासेको हेर्ने रहर जागेको होइन लैतडीहरुलाई !
के सत्ताको भाषा फेरिएको हो?
टुकुचामा गाड्ने, सिंहदरबार जलाइदिने, रुखमा बाँध्ने, पाता फर्काउने, भकुर्ने, खुट्टा भाँच्ने—आहा, क्या मिठो भाषा!
हिजोका नाथेहरू उखान–टुक्का भनेर समय बर्बाद गर्थे। आज हेर्नुस् त, सिधा कुरा छ। नयाँ भनेको नयाँ नै हो। क्या स्पिड छ—झ्याप्प समाउने र ठाउँको ठाउँ बजाउने।
स्याबास, नयाँहरू! सरकारले नियम मानेर हुन्छ? विधिको शासन रे, हैट! नियम त नाथे प्रजालाई पो लागू हुन्छ। सरकारले त गर्ने नै झ्याम–झ्याम हो। पहिले बजाउने, अनि विचार गर्ने। 🤣
पूर्व विवेकशीलबाट आएकाहरूले सांसद बन्दा आफ्नो विवेक चैँ कतै मुद्दती खातामा डिपोजिट गरेर आएका रहेछन् झैँ लाग्ने...
संजाल र संसदमा तिनको प्रस्तुति र स्तुति देख्दा!
नेपालले भारतको जग्गा कहाँ मिचेको छ? प्रमाण देखाउनुपर्यो प्रम ज्यू! प्र��ाण कहाँ छ?
त्यसै हलुको टिप्पणी गरेर हुँदैन देशको प्रधानमन्त्रीले!
छिमेकीलाई के दोष दिनु आफ्नै नालायक भएपछि! 😐️
फोन गरेर घण्टीमा भोट नहाले घर आउदिन भन्ने खाडीराष्ट्र लगायतमा निम्न मजदुरी गर्नेहरुको माग बजेटले पुरा गरिदियो
- सन्तान पढ्ने स्कुलमा कर
- बिज��ली करले चामल देखी नुनतेल सम्म महंगो
- बिरामी कर
- साना किसान लक्षित शुन्य कार्यक्रम
अब परिवारको खर्च धान्न जुनिभर उतै काम गरिरहनुपर्यो !
अस्पतालमा कर बढ्यो ?
बिरामी हुने काम नगर । जे पायो त्यही नखाउ । अस्पताल जानै पर्दैन ।
बिजुलीमा कर बढ्यो ?
सबै काम दिउँसो सकेर साँझ पर्नासाथ सुत । बिजुलीको प्रयोग कम गर ।
बुझ्यौ सबैले😉😂