सिभिल अस्पतालमा को अवस्था नाजुक भइसक्यो भन्नी सुनिन आएको छ, CPR गर्न पनि नसकिने अवस्था भन्ने सुनिन आयो । नजिकै हुने स्वास्थ्यकर्मी हरुले सहयोग गरिदिनुहुन सबैलाई अपील गरौ न। पहिला ज्यान को सुरक्षा गर्न जरुरी छ । #हेल्पपोस्ट
कति झोलेहरु फेरि भड्काउन लागि पर्या छन्। इनलाइ परिस्थिति संग कुनै मतलब छैन। सब सरकारलाइ गलत देखाएर, हिंसा भड्काएर पुरानै सत्ता आए, फेरि रोजिरोटि पाइन्छ भन्ने लाग्या छ।
राष्ट्रिय आविष्कार केन्द्रमा अपाङ्ग व्यक्तिहरुको लागि मात्र तिन पांग्रे स्कुटर बनाईन्छ । त्यसको मुल्य व्याटरीको किसिम र साईज, विद्युतिय मोटरका क्षमता आदि अवस्था हेरेर ७५ हजार देखि २ लाख ५० हजार सम्म लाग्छ। किन्न चाहनेले राजु थापालाई 9860548826 मा फोन गर्न।
World record 32 times Mount Everest climb.
विश्वको सर्वोच्च शिखर सगरमाथा केवल एउटा भौगोलिक उचाइको अवयव मात्रै होइन, नेपालको आत्मसम्मान, साहस, धैर्य र हिमाली सभ्यताको सर्वोच्च प्रतीक हो। यही गौरवशाली हिमालमाथि आज नेपाली आरोहीहरूले पुनः इतिहास लेखेका छन्।
विश्वविख्यात आरोही कामी रिता शेर्पाले आज बिहान १०:१२ बजे सगरमाथाको ३२ औं पटक सफल आरोहण गर्दै सबैभन्दा धेरैपटक आरोहण गर्ने आफ्नै विश्व कीर्तिमान पुनः नविकरण गर्नुभएको छ।
त्यसैगरी, “माउन्टेन क्विन” का रूपमा परिचित लाक्पा शेर्पाले आजै बिहान ९:३० बजे ११ औं पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान कायम गर्नुभएको छ।
निरन्तरको अदम्य साहस, कठोर आत्मअनुशासन र कर्मप्रतिको इमान्दार समर्पणले मात्रै यस्तो ऐतिहासिक सफलता प्राप्त हुन सक्दछ ।
खुसीको यो क्षणलाई सबैजनासँग साझा गर्दै दुबैजना आरोहीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
नेपालको पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण र अनुपम छ। हिमाललाई ईश्वर झैं पुजन गर्ने, जोखिमलाई जिम्मेवारीका रूपमा स्वीकार गर्ने, र विश्वभरका आरोहीलाई सुरक्षित रूपमा शिखरसम्म पुर्याउने शेर्पाहरू वास्तवमै हिमालयका अदृश्य नायक हुन्। उनीहरूको साहस, ज्ञान र श्रम बिना हिमालको गौरव अधुरो रहन्छ।
वहाँहरूको यो सर्वोच्च सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय, गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास लिएको छु।
सम्पूर्ण नेपालीको तर्फबाट कामी रिता शेर्पा, लाक्पा शेर्पा तथा सम्पूर्ण आरोही, शेर्पा समुदाय र पर्वतारोहण क्षेत्रमा समर्पित सबैप्रति हार्दिक बधाई तथा उच्च सम्मान व्यक्त गर्दछु।
पहिले–पहिले सुकुम्बासी बस्तीहरू थापाथली, बल्खु र सिनामंगल वरपर सीमित छन् जस्तो लाग्थ्यो। तर अहिले भत्काइँदै गरेको दृश्यहरूले त झन् काठमाडौँको ठूलो हिस्सा नै यस्ता बस्तीहरूले ढाकिएको रहेछ भन्ने यथार्थ उजागर गरेको छ। यो केवल संरचना भत्काउने विषय मात्र होइन, हजारौं नागरिकहरूको जीवन, आश्रय र भविष्यसँग जोडिएको संवेदनशील विषय हो।
यस परिस्थितिमा महानगर र सरकार दुबैको भूमिका अझ जिम्मेवार र संवेदनशील हुन आवश्यक छ। वास्तविक सुकुम्बासीको पहिचान गरेर उनीहरूको उचित व्यवस्थापन गर्न ढिलाइ गर्नु हुँदैन। अस्थायी रूपमा सेल्टरमा राखिएका परिवारहरूलाई गास, बास र आधारभूत आवश्यकताहरूको सुनिश्चितता तुरुन्त गरिनुपर्छ। किनकि उनीहरू कुनै पराइ होइनन्। हाम्रै देशका नागरिक हुन्, र उनीहरूको संरक्षण तथा व्यवस्थापन गर्नु राज्यको दायित्वभित्र पर्छ।
विशेषगरी वर्षायाम नजिकिँदै गर्दा बालबालिका, ज्येष्ठ नागरिक र कमजोर अवस्थाका व्यक्तिहरूले अझ बढी कठिनाइ भोग्नुपर्ने जोखिम छ। यस्तो समयमा मानवीय संवेदना, दीर्घकालीन सोच र प्रभावकारी नीति अत्यन्त आवश्यक हुन्छ। समस्या समाधानको नाममा केवल हटाउने काम मात्र नभई, सम्मानजनक पुनर्स्थापना र दीर्घकालीन समाधानतर्फ सरकार अग्रसर होस्।
@basantabasnet@mail2neeti@khanalyes जनताले पुराना दल कमजोर बनाइदिए । तर तिनै दलको कुशासनबाट मह चाटेकाहरु मिडियाहाउस, बार,अदालत,संवैधानिक निकाय,दूतावास,संस्थान, बिचौलिया राज जताततै छन् । देश सुधार्न सुध्रिनै नसक्नेगरी बिग्रिएका तिनको हैकम ढाल्नै पर्छ । ढाल्न एक पटकका लागि बञ्चरो नै हो बोक्ने । फूल बोकेर पार लाग्दैन।
“यतिबेला गृहमन्त्री सुदन गुरुङमाथि केही स्वार्थ समूहद्वारा प्रभावित मिडियाबाट समन्वित रूपमा आक्रमण भइरहेको देखिन्छ। यस्तो अवस्थामा हतारमा कुनै निर्णय लिनु उचित हुँदैन। पार्टी नेतृत्व र प्रधानमन्त्री बालेनले दबाबमा आएर उनलाई फिर्ता बोलाउने निर्णय नगरी तथ्य र प्रमाणका आधारमा मात्रै अघि बढ्नुपर्छ। यदि दबाबकै भरमा निर्णय गरियो भने त्यसले गलत सन्देश दिन सक्छ र स्वार्थ समूहहरूलाई थप हौसला मिल्न सक्छ। अहिले आवश्यक कुरा भनेको स्थिरता, पारदर्शिता र दृढता हो।@hamrorabi@SwarnimWagle@party_swatantra@ShahBalen
२४ घण्टा भन्दा बढी समयको खोजले सार्थकता पाएको छ । नाै वटा सञ्चारमाध्यममा संलग्न पत्रकारले लघुबीमाको संस्थापक सेयर पाएका रहेछन । धेरैले श्रीमतिको नाममा दिलाएको सेयरबारेको विस्तृत समाचार राति ८ बजे दैनिकीमा प्रकाशित हुने समाचार पढ्न सक्नुहुन्छ । https://t.co/LOtEtUH0wi
@SwarnimWagle@ShahBalen लाई थाह छ,
१९९० मा भारतको सेयरमार्केट चुर्लुम भएको थियो,
फोहर सबै पखाले र
त्यस पछी भारत अहिले सम्म फर्केर हेर्नु परेको छैन।
हाम्रो देश डुब्दैन, त्यो सेयरमार्केट देखायर सरसफाइ न रोकियोस।
नेपालका नायिकाहरू लाई प्रश्न 👇
बलत्कार घटनाबारे तपाईहरूको विभेद किन ?
केही समय देखि माइतीघरमा एक महिला आफ़ूमाथि एमाले नेताले बलात्कार गर्यों भनेर अनशन बसिरहेकी थिइन र उनैमाथि उल्टै एमाले कार्यकर्ताबाट कुटपिट हुदा तपाईहरू ती पीड़ित महिलाको पक्षमा कहिल्यै आवाज उठाउनु भयो ?
- के बलात्कार पीड़ित धनी हुनूपर्थ्यो ?
- कि सुदूरको नभएर अमेरिका, यूरोप बस्न पर्थ्यो ?
- कि नायिका हुन पर्थ्यो ?
- कि सामाजिक संजाल मार्फ़त म बलात्कार भए भनेर जानकारी दिनुपर्थ्यो?
नोट: बलत्कार भएको भए सत्य तथ्य प्रमाणित गरी जो कोहिलाई पनी कार्वाही होस । एदी प्रमाणित नभए आरोपीलाई कार्वाही होस !!!!
@NepalPoliceHQ
यो स्टाटस को दोस्रो लाइनमा उल्लेख भएको कुरालाई मनन गर्ने हो भने विगत १९ वर्ष देखि के गरिँदै आएका थियौं तिमीहरूको सरकारले भन्ने बुझिन्छ होला नी ।
कुरा अपराधको हो दोषीलाई सजाय हुनै पर्छ चाहे जो सुकै होस् ।
१९ दिनदेखि एउटा अपराधको यकिन गर्न नसक्ने कस्तो राज्य प्रणाली बनाएछौं हामीले ? सुर्खेतमा इनिसा बिकको शब अस्पालमै छ । हाम्रा छोरी-चेलीहरूले मारिएपछि पनि न्यायका लागि कहिलेसम्म इनिसाको शबले जस्तै अनशन बस्नुपर्ने हो ? बलात्कार हो भन्नेमा शंका छैन तर घटनाको टुंगो लाग्दैन ।
महिला प्रधानमन्त्रीज्यू, तपाईंको ध्यान तपाईंका आदर्शहरूना मात्र कति केन्द्रित गर्नुहुन्छ ? के यी नानीको भड्किरहेको आत्माको आवाज तपाईंको कानसम्म पुगेको छैन ?
फेरि भन्छु- बलात्कारीलाई फासीको सजाय दिने कानुन बनाउनुपर्छ, त्यसमा पनि नाबालिकामाथि ज्यादति, सामूहिक दुष्कर्म आदिका हकमा त अनिवार्य नै ।
गौरीबहादुर आयोगको प्रतिवेदन सार्वजनिक भैसक्नु पर्ने, तेस्रो पटक पछि धकेलियो, अब चुनाव अघि सार्वजनिक हुदैन ।
अब के हुन्छ? यसले जसलाई अफ्टेरो पर्थ्यो उसलाई त हाइसञ्चो भैहाल्यो। अरु राजनीतिक दलको आक्रोश छैन? भविष्यको नेता हुनेलाई कुनै आपत्ति छैन? कि चुनाव अघि सरिहाल्यो त्यति भए पुग्यो?
Status quo मै बस्न सजिलो भएको हो? कि दोष अरूलाई थोपरेर आफू सफा बन्न पाइन्छ भन्ने सोच हो?
मल्लिक आयोग, रायमाझी आयोग, लाल आयोग - कति जनालाई सम्झना छ?
मिडिया चक्रबाट यो आन्दोलनलाई अरु खबरले विस्थापित गर्छ, हामी बिर्सन्छौँ, यसको सम्झना शहीद परिवार र घाइतेमा मात्र सीमित हुन्छ ।
ठूला कथा बनाइन्छन्, अनि हामीलाई भनिन्छ—
👉 “बितेको कुरा बिर्स।”
👉 “भविष्यतिर हेर।”
कसको भविष्य? कुन मूल्यमा?
राज्यको दण्डहीनता कहिले अन्त्य हुन्छ?
कहिलेसम्म असहमति राख्नेहरू दमन सहन्छन्?
यत्रो सब केवल चुनाव अघि सार्नको लागि मात्रै थियो?
राज्यले आन्दोलनलाई कसरी हेर्छ परिवर्तन हुन्छ कि हुन्न?
सुरक्षा निकायलाई संयमित हुने तालिम दिने कि नदिने ?
अनि चुनाव पछि यो प्रतिवेदन पूरै रूपमा प्रकाशित हुन्छ? कि काटछाँट गरेर? कि दराजभित्र थन्काएर राखिन्छ?
कि कुनै बेला कसैलाई साइजमा ल्याउन परे शान्ति निरुपण TRC, अर्कोलाई अरु फ़ाइल खोल्छु भनेर मोलमोलाई गर्नलाई मात्र प्रयोग हुन्छ ?
चुनाव अगाड़ी चुनाव बिथोलिंछ, चुनाव पछी शान्ति सुरक्ष्याको बहाना!
अब पुग्यो।
राजनीतिकर्मी जवाफदेही हुनैपर्छ।
राज्यको सुरक्षा संयन्त्र सुधार हुनैपर्छ।
न्याय बिना शान्ति हुँदैन।
बिर्सने होइन - जवाफ माग्नैपर्छ।
चुनावी घरदैलोमा आउने हरेक नेतासँग प्रतिबद्धता माग्नुस्
#JusticeForGenZRevolution
#Justice4Martyrs
#Justice4Nepal
यस्तो #ज्याद्रो मान्छे दुनियाँमा कमै जन्मन्छन् ।
जेन्जी विद्रोहले किस्तीमा दिएको प्रधानमन्त्री पद त्यागेर, जनमतबाटै प्रधानमन्त्री बन्छु भन्नु सामान्य कुरा हो र?
चुनाव जित्नकै लागि बालेनले उम्मेदवारी दर्ता मात्रै गरे पनि सजिलै जित्ने कयौं ठाउँहरू थिए, तर उनले त्यो सहज बाटो रोजेनन्।
इतिहास लेखाउनेहरू प्रायः सहज बाटो रोज्दैनन्।
#VoteForChange #BalenforPM
#BalenShah #ShahBalen For PM #Nepal #Jhapa5 #Election2082
महोदय पहिला आफ्नो अनुहारमा लागेको गु सफा गर्नुहोस अनि मात्र अरूको अनुहारको दागको बारेमा कुरा गर्नुहोस, हजुर भाको बेलामा १८ घण्टा लोडशेडिंग हामीले बिर्सिएको छैनौं, नालायक 😡🤬😡
यस्तै पत्रकारिताले जनता सधै दिग्भ्रमित मै बाच्ने भए।सबैभन्दा बढी शिक्षा र ज्ञानको जरूरत त यस्तो समाचार लेख्ने पत्रकार मित्रलाई छ।सत्यचॅाही -विगतको लोकरिझ्याईको कारण यो समस्या बल्झिरहन्छ।
कुलमान सरकारबाट बाहिरिएसँगै फेरि जान थाल्यो झ्याप्प–झ्याप्प बत्ती https://t.co/kVCOhZyWql