Good Job 👏: सडकको बीच भागमा सवारी आवागमन नै अवरुद्ध हुने गरी असुरक्षित तरिकाले बाराम्बार टिकटक भिडिओ बनाएकी युवतीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिई सचेत गराएको छ ।
अनुभुती: स्कुलमा इतिहासको पढाइ
कुरा सन् २००५ तिरको हो।
ठूलो छोरा टोकियोको सेन्ट मेरिज इन्टरनेसनल स्कुलमा पढ्दै थियो। समर बिदापछि ऊ हाईस्कुल (कक्षा ९–१२) मा प्रवेश गर्न लागिरहेको थियो। स्कुलले IB पाठ्यक्रम अपनाएको थियो। समर बिदामा समय निकालेर छोराको आगामी कक्षाको पढाइबारे म प्रायः उसलाई गाइड गर्थें।
हाईस्कुलको स���ँढी चढ्न लाग्दा छोरामा छुट्टै उमङ्ग थियो।
यस्तैमा मैले एक दिन उसलाई सोधेँ,“हाईस्कुलका शिक्षकहरूमध्ये अलि कडा र सबैले सम्मान गर्ने शिक्षक को हुन्? थाहा छ?”
“थाहा छ बाबा, मिस्टर स्टेफी।”
“के पढाउँछन् नि?”
छोराको उत्तर थियो, “इतिहास।”
मैले प्रतिवाद गरेँ, “तिमीले हाईस्कुल सुरु नै गरेको छैनौ। इतिहासको शिक्षक पनि कहिँ नपाएर स्कुलको ‘धाँसु’ शिक्षक हुन्छ?”
उसले फेरि दोहोर्यायो, “हो बाबा, त���यस्तो टिचर मिस्टर स्टेफी नै हुन्। सिनियर दाइहरूले पनि त्यही भन्छन्।”
आफ्नो स्कुले जीवनमा साइन्स, गणित र अंग्रेजी पढाउने सरहरूको छुट्टै रवाफ, र त्यही रवाफबीच इतिहास, भूगोल, नेपाली जस्ता विषय पढाउने शिक्षकलाई विद्यार्थीले खासै “नगन्ने” परिवेशबाट आएको मेरो मनोविज्ञानले छोराको कुरालाई सजिलै पत्याएन। ‘स्कुल भिजिट’ को बेला उसले भनेजस्तो हो कि होइन भनेर बुझ्ने सोच राखेर मैले छोरासँग थप ढिपी गरिन।
स्कुलको नयाँ कक्षा सुरु भएको महिना दिनभित्रै एक दिन एउटा कार्यक्रम थियो। अभिभावकहरूले दिनभरि विद्यार्थी बनेर कक्षाकोठामा बस्नुपर्थ्यो। कार्यक्रमको उद्देश्य निकै व्यावहारिक थियो: कुनै विषयको कक्षा किन पढाइन्छ? कसरी पढाइन��छ? विद्यार्थीबाट के अपेक्षा गरिन्छ? गृहकार्य र परीक्षाको स्वरूप कस्तो हुन्छ? यस्ता कुरा अभिभावकलाई विद्यार्थीझैँ सहभागी गराएर बुझाइन्थ्यो।
पहिलो कक्षा भौतिक विज्ञानको थियो। शिक्षकले फिजिक्स किन पढ्ने, कसरी पढ्ने भनेर गज्जबले बताए। “सूत्र सम्झिनु” भन्दा “जिज्ञासु बन्ने” र “प्रकृतिको नियम बुझ्नु” महत्त्वपूर्ण छ भन्ने कुरा उनले सरल ढंग���े राखे। कक्षामा उनले फिजिक्सको एउटा पाठ नै नमुनाका रूपमा पढाए।
कक्षा सकिएपछि मैले उहाँसँग हात मिलाउँदै भनेँ,“गज्जबको कक्षा! मलाई त मेरो हाईस्कुलको फिजिक्स क्लासको याद आयो।”
उहाँले सोध्नुभयो, “ए, तपाईंलाई फिजिक्स मन पर्छ?”
मैले भनें, “एकदमै मन पर्छ। मेरा गुरु एक गज्जबका रुसी प्राध्यापक थिए। हाईस्कुलमा राम्रो फिजिक्स पढेकै कारण इन्जिनियरिङ पढ्न निकै सघायो।”
उहाँ मुस्कुराउँदै फेरि हात मिलाउनुभयो, “ए लौ, खुसी लाग्यो तपाईंसँग कुरा गर्दा। हो, रुसी शिक्षकहरू राम्रा हुन्छन्। म पनि इन्जिनियर हुँ नि! मेकानिकल इन्जिनियर।”
मलाई अचम्म लाग्यो। “इन्जिनियर भएर पनि स्कुलको शिक्षक? किन इन्जिनियरिङ पेशा मन परेन?” मैले प्रश्न तेर्स्याएँ।
उहाँले भन्नुभयो, “त्यसो होइन। ८ वर्षजति मेकानिकल इन्जिनियरका रूपमा जहाज बनाउने बोइङ कम्पनीमा काम गरेँ। मलाई टिचिङ मन पर्थ्यो। त्यसपछि १ वर्षको टिचर ट्रेनिङ लिएर शिक्षक बनेँ। अहिले शिक्षण पेशामै रमा��को छु।”
त्यो उत्तरले मलाई झनै प्रभावित बनायो। “एक जना अनुभवी इन्जिनियरले स्वेच्छाले टिचिङ रोज्नु” भन्ने कुरा सानो होइन रहेछ। त्यसले शिक्षक पेशाप्रतिको सम्मान पनि बढायो। मैले भनें, “गज्जब! तपाईंको करिअर पाथ प्रेरणादायी मात्रै होइन, शिक्षाप्रद पनि रहेछ। तपाई जस्तो शिक्षक पाउनु मेरो छोराका लागि भाग्यको कुरा हो।”
उहाँले “धन्यवाद” भन्नुभयो, र म अर्को कक्षातर्फ लागें; इतिहासको कक्षा, मिस्टर स्टेफीको।
कक्षामा अभिभावकहरू भरिँदै गए। सेन्ट मेरिज स्कुल टोकियोकै उत्कृष्ट इन्टरनेसनल स्कुल भएकाले अभिभावकमध्ये केहि देशका राजदूत, अन्य कूटनीतिज्ञ, मल्टिनेसनल कर्पोरेसनका तथा बैंकका CEO समेत थिए।
इतिहासका शिक्षक, अग्लो कदका बोकेदारी भएका मिस्टर स्टेफि “गुड मर्निङ माई बोइज्!” भन्दै कक्षामा छिर्नुभयो र “म मिस्टर स्टेफी, इतिहास विषयको टिचर” भनेर आफ्नो परिचय दिनुभयो। उहाँको आवाज, हाउभाउ र आत्मविश्वासले नै मलाई पहिलो मिनेटमै प्रभावित पार्यो। “इतिहास पढाउने शिक्षक” भन्ने मेरो पुरानो छवि पहिलो दृश्यदेखि नै भत्किन थाल्यो।
कक्षाको सुरुमै उहाँले सोध्नुभयो,
“बिहानै अखबार पढेर कतिले आजको दिन सुरु गर्नुभयो? हात उठाउनुहोस्।”
कक्षामा भएका अभिभावकमध्ये आधा जतिले हात उठाए।
“जसले अखबारबाट दिन सुरु गर्नुभयो, धेरै राम्रो। तर केही हात उठेनन्, किन?”
हात नउठाउनेमध्ये एक जना अविभावकले रमाइलो शैलीमा भने, “अखबारका ल��गि खराब घटना नै राम्रो समाचार हुन्छ। त्यसैले मलाई अखबार मन पर्दैन।”
अर्का अभिभावकले थपे, “म त अनलाइन न्युज पढ्छु।”
मिस्टर स्टेफीले जापान टाइम्स, योमिउरी सिम्बुन (अंग्रेजी संस्करण) र न्यूयोर्क टाइम्सका अखबारका प्रति बोकेर कक्षामा पसेका थिए। उनले ती अखबार देखाउँदै भने,
“मैले भनेको न्यूजपेपर हो, ‘पेपर’! अनलाइन होइन। र न्यूजपेपर मन नपर्ने विद्यार्थी मेरो कक्षाका लागि योग्य हुँदैन। यो ए�� वर्ष म यहाँ तपाईंहरूका छोरालाई इतिहास विषय पढाउँछु। बिहानको केही मिनेट दैनिक अखबार सरसर्ती पढ्नु यो कक्षाको अनिवार्य शर्त हो। त्यसैले जस–जसले हात उठाउनुभएन, आज घर पुगेपछि पहिलो काम कुनै अंग्रेजी संस्करणको न्यूजपेपरको ग्राहक बन्नुहोस्। नत्र मेरो कक्षामा तपाईंहरूको छोरा ठगिन्छ।”
उहाँको कुरा सुनेपछि कसैले आनाकानी वा तर्क–वितर्क गरेन। आत्मविश्वाससहितको आदेशात्मक सल्लाह थियो, तर त्यसमा शिक्षण विधिको एउटा गहिरो अर्थ पनि थियो।
त्यसपछि उहाँले कक्षामा ३��४ पृष्ठको ह्यान्डआउट बाँड्नुभयो। त्यसमा सबैखाले विज्ञता, पेशा र व्यवसायका लागि इतिहासको अध्ययन र ऐतिहासिक दृष्टिकोण किन महत्त्वपूर्ण हुन्छ भन्ने कुरा छोटकरीमा, तर अत्यन्त सरल भाषामा लेखिएको थियो। उहाँले त्यसमा थप व्याख्या गर्दै कानुन, गणित, मेडिकल, इन्जिनियरिङ, अर्थशास्त्र, राजनीतिकशास्त्र, समाजशास्त्र लगायत सबै विषयको अध्ययनमा इतिहास कसरी जोडिन्छ भन्ने कुरा सजिलै बुझाइदिनुभयो��
उहाँको प्रस्तुति सुन्दै गर्दा मलाई लाग्यो, इतिहास भनेको केवल “भूत���ालको घटना सूची” होइन रहेछ; यो त “घटना र समाजलाई बुझ्ने लेन्स” रहेछ। नीतिगत निर्णय, वैज्ञानिक खोज, औद्योगिक विकास, युद्ध–शान्ति, संस्थागत विकास, सबैको पछाडि इतिहासको गहिरो सम्बन्ध हुने रहेछ। ऐतिहासिक चेतना नभएको बौद्धिकता, कति नै उच्च गणित वा विज्ञान जान्ने भए पनि, “सन्दर्भबिहीन” हुन सक्छ भन्ने कुरा मिस्टर स्टेफीले हरेक वाक्यमा प्रत्यक्ष/अप्रत्यक्ष जोड दिइरहनुभएको थियो।
इतिहासको अध��ययन र ऐतिहासिक दृष्टिकोण/चेतनाबिनाको बौद्धिकता अपुरो हुन सक्छ भन्नेमा उहाँको बिशेष जोड थियो। उहाँको व्यक्तित्व, प्रस्तुति, व्याख्या र तर्कले मेरो “इन्जिनियरिङ” दिमाग नै खलबल्यायो। छोराले मिस्टर स्टेफीलाई “धाँसु” शिक्षकको कोटीमा किन राखेको रहेछ भन्ने कुरा प्रस्ट भयो। यसमा विषयको महत्त्व, र शिक्षकको व्यक्तित्व/शैली, दुवै कारण रहेछन् भन्नेमा शङ्का रहेन।
कार्यक्रम सकिएपछि ट्रेनबा�� घर फर्कँदै गर्दा मैले पढेको स्कुलको इतिहास र छोराको स्कुलको इतिहास कक्षाको दृश्य दिमागमा फनफनी घुमिरह्यो।
��ैले पढेको सार्वजनिक स्कुलमा इतिहास, भूगोल, नेपाली जस्ता विषयलाई त्यति महत्त्व दिइँदैनथ्यो। इतिहासको पाठ्यपुस्तक र पढाइ मूलतः फुटकर घटनाको वर्णनजस्तो हुन्थ्यो। परीक्षामा तिथि–मिति र व्यक्ति–ठाउँका नाम घोक्नु पर्थ्यो। युरोपको इतिहास र विश्वयुद्धका कुरा हुन्थे, तर युरोपको कुन देश कहाँ पर्छ भन्ने प्रस्ट नक्सा न किताबमा हुन्थ्यो, न त स्कुलमा भएको ठूलो नक्सा इतिहासको कक्षामा देखाइन्��्यो।
डण्डीमा बेरिएका यस्ता ठूलो नक्सा भूगोलका शिक्षकको हकमा हुन्थे। भूगोलको पाठमा त्यस्ता नक्सा कक्षामा देखाइन्थ्यो, जुन भूगोल कक्षाको आकर्षण हुन्थ्यो। तर इतिहासको पढाइ भने स्कुले जीवनमा कहिल्यै चाखिलो लागेन। घोकेको भरमा परीक्षामा राम्रै नम्बर आए पनि इतिहासले चेतना, दृष्टिकोण र जिज्ञासा जगाउने काम गरेन। मेरो लागि इतिहास एउटा प्राज्ञिक विधा भन्दा पनि परिक्षा पास गर्नु पर्ने सिर्फ एक विषय थियो ।
छोराको स्कुलको यो घटनापछि इतिहास विषयप्रति मेरो छुट्टै चाख जाग्यो। छोराको स्कुलमा किताब स्कुलले नै दिन्थ्यो, र विद्यार्थीले बोकेर घर लैजाँदैनथे, स्कुलमै राख्थे। मैले ��ाहिँ आफैं पढ्नका लागि छोराको स्कुलमा प्रयोग गरिने किताबको छुट्टै प्रति (फोटो तल) किनें।
मिस्टर स्टेफीले कक्षामा बाँडेको “इतिहासको अध्ययन हरेक विधा र पेशामा किन उपयोगी छ?” भन्ने सामग्री मैले दोहोर्याई–तेहर्याई पढें। खासगरी अनुसन्धानको सिलसिलामा कुनै पनि विषय–वस्तुको ऐतिहासिक विकासको पक्ष केलाउने बानी बस्यो। विश्वविद्यालयमा अध्यापन गर्दा पनि विषयको सुरुका १–२ कक्षा त्यस विषयको ऐतिहासिक पृष्ठभूमि समेट्दा शिक्षण–सिकाइ धेरै प्रभावकारी हुने अनुभव रह्यो।
खै, हाम्रा विद्यालयमा इतिहासको पढाइ हाम्रो पालाभन्दा सुध्रेको होला र? झन् अहिले त विश्वविद्यालयमा इतिहास विभागमै विद्यार्थी छैन भन्ने खबर आउँछ। मिस्टर स्टेफीले छोटो समयमै मेरो इन्जिनियरिङ् दिमाग खलबल्याइदिने गरी इतिहासको महत्त्व बुझाएजस्तै, हाम्रो समाजमा पनि इतिहासको अध्ययन र ऐतिहासिक चेतनाबारे एउटा ��भियान नै चलाउनुपर्ने हो कि? अलि गंभिरता सहित बनाएको पाठ्यक्रम, राम्ररी लेखिएका र डिजाइन गरिएका पाठ्यपुस्तक र दक्ष शिक्षक हुने हो भने विद्यालयदेखि नै इतिहास विषयको पढाई धेरै चाखिलो र ज्ञानवर्धक हुनसक्छ।
नत्र यस्तो महत्त्वपूर्ण विषय सुरुदेखि नै छायाँमा परिरहने भयो।
२१ माघ २०८२
काठमाडौं
"Social media relies on recommender systems to keep users on their platforms for as long as possible. The feeds then collapse the distinction between credible news, speculation, parody, and disinformation, especially in a politically volatile environment."
https://t.co/j5hc3ULp4b
Is AI the Future of Literature Reviews?
Here are the findings from 24 published papers ⤵
— AI is changing how we do literature reviews.
(It's fast and thorough).
— AI speeds up literature reviews.
(It can quickly search through tons of papers).
— AI helps spot patterns humans might miss
(like having a super-smart research buddy).
— Researchers and AI are working together.
(This team-up leads to better insights).
𝗖𝗵𝗮𝗹𝗹𝗲𝗻𝗴𝗲𝘀
— Some worry AI might miss nuances.
(Human insight is still crucial).
— AI needs lots of well-organized data.
(Not all fields have this yet).
— There are concerns about bias in AI tools.
(We need to keep an eye on this).
𝗪𝗵𝘆 𝗜𝘁 𝗠𝗮𝘁𝘁𝗲𝗿𝘀
— Lit reviews are getting bigger and tougher.
(AI can help manage this).
— It's not just future talk.
Researchers are using AI tools RIGHT NOW!
𝗪𝗿𝗮𝗽-𝘂𝗽
AI won't replace human researchers.
But will certainly replace those not using any AI